मोबाइल फोनलाई व्यवस्थित गर्न साथै आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न दूरसञ्चार प्राधिकरणले वैशाख १ देखि आईएमईआई नम्बर दर्ता कडाइसाथ लागू गरेको थियो । यसलाई अझ प्रभावकारी र प्रयोगमैत्री बनाउनका लागि प्राधिकरणले अनलाइन सेवा पनि प्रदान गर्ने जनाएको थियो । तर, अनलाइन प्रक्रियामा केही ढिलाइ भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालको भनाइ छ ।
नेपाल दूरसञ्चार प्राधिकरणमा मोबाइल दर्ता नियम सुरु भएको दुई वर्षमा दुई करोड नौ लाख ४३ हजार तीन सय ६७ मोबाइल दर्ता भएका छन् । मोबाइलको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी ९आईएमईआई० दर्ता सुरु गरेको झन्डै दुई वर्षमा उक्त सङ्ख्यामा मोबाइल दर्ता भएको हो ।
प्राधिकरणमा २०७३ वैशाखदेखि सुरु भएको उक्त मोबाइल दर्ता सेवामा व्यक्तिगत र व्यवसायीले दुई करोड ६ लाख ९२ हजार पाँच सय ८९ आईएमईआई दर्ता गरेको प्राधिकरणका सहायक निर्देशक दिनेश गौतमले जानकारी दिए । आईएमईआई सुरु भएको वर्षमा व्यवसायीले प्रधिकरणमा ९९ लाख ९४ हजार सात सय ६४ मोबाइल दर्ता गराएका छन् भने व्यक्तिगततर्फ चार हजार ६२ जनाले मात्र मोबाइल दर्ता भएको उनको भनाइ छ । २०७४ को चैतसम्म व्यवसायीले एक करोड ६ लाख ९२ हजार सात सय ९९ र व्यक्तिगतमा नौ सय ६४ ले मोबाइल दर्ता गराएको उनले बताए ।
इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आईएमईआई) नम्बर दर्ता प्रक्रिया सुरु गरेको चार महिनामा २५ लाखभन्दा बढी मोबाइल फोन प्राधिकरणमा दर्ता भएको प्राधिकरणको तथ्याङ्क छ । धेरैजसो मोबाइल सेटमा दुईओटा आईएमईआई नम्बर हुने भएकाले दर्ता भएको आईएमईआई नम्बरभन्दा आधा सङ्ख्यामा मोबाइल आयात भएको गौतमले जानकारी दिए । दर्ता भएको आईएमईआई नम्बरका आधारमा ७० लाख मोबाइल व्यावसायिक र दुई हजार दुई सय मोबाइल व्यक्तिगत रूपमा १३ महिनामा नेपालमा भित्रिएको छ । आईएमईआई दर्ता प्रणालीमा अनलाइनबाट मोबाइल दर्ता गर्ने सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।
मोबाइल फोनलाई व्यवस्थित गर्न साथै आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न दूरसञ्चार प्राधिकरणले वैशाख १ देखि आईएमईआई नम्बर दर्ता कडाइसाथ लागू गरेको थियो । यसलाई अझ प्रभावकारी र प्रयोगमैत्री बनाउनका लागि प्राधिकरणले अनलाइन सेवा पनि प्रदान गर्ने जनाएको थियो । तर, अनलाइन प्रक्रियामा केही ढिलाइ भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालको भनाइ छ । पछिल्लो समय मोबाइलको प्रयोग आर्थिकदेखि शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा प्रयोग भएको उनले बताए । जुन रूपले यसको प्रयोग भएको हो, त्यहीअनुरूप समस्या पनि सिर्जना हुँदै गएको छ ।
यसले चोरी, ह्याकिङजस्ता समस्या देखा परेका छन् । यसले गर्दा पनि आईएमईआई दर्ता प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउने काम भएको हो । आईएमईआई दर्ताले भन्सार छलेर मोबाइल आयात हुने क्रम रोकिनुका साथै आईएमईआई दर्ता हुँदा मोबाइल हरायो भने खोज्न सजिलो हुने समेत बताए ।
तर नेपालमा विभिन्न भन्सारबाट चोरीका मोबाइल फोन भित्रिने क्रम भने रोकिएको छैन । नेपालमा ग्रे मार्केटका बारेमा प्रधिकरणमा धेरै गुनासो तथा उजुरीसमेत पर्ने गरेको उनले जानकारी दिए ।