एकाएक सडकमा उत्रिए दर्जन बढी कम्पनीका गाडी

साझा यातायातले काठमाडौं, ललितपुर र भक्तपूर र आफ्नो पहिलाको रुटमा यात्रुलाई सेवा दिएको छ । साझा अहिले बुढानिलकण्ठ चक्रपथ, टिचिङ, स्वयम्बु ,रत्नपार्क बानेश्वर, कोटेश्वरलगायत भक्तपरमा पनि सेवा दिइरहेको छ । ठूला बसमध्य सिटी मेट्रोले पनि काँडाघारीदेखि चक्रपथ बालाजु, रत्नपार्कलगायत रुटमा सेवा दिइरहेका छन् ।

आधारहीन माग राख्दै आन्दोलनमा उत्रिएर यातायात बन्द गरेका सिन्डिकेट पक्षधर व्यवसायी विरुद्ध खनिँदै एक दर्जनभन्दा बढी कम्पनीले बस सञ्चालन गरेर यात्रुलाई सेवा दिइरहेका छन् ।

साझा यातायातले काठमाडौं, ललितपुर र भक्तपूर र आफ्नो पहिलाको रुटमा यात्रुलाई सेवा दिएको छ । साझा अहिले बुढानिलकण्ठ चक्रपथ, टिचिङ, स्वयम्बु ,रत्नपार्क बानेश्वर, कोटेश्वरलगायत भक्तपरमा पनि सेवा दिइरहेको छ । ठूला बसमध्य सिटी मेट्रोले पनि काँडाघारीदेखि चक्रपथ बालाजु, रत्नपार्कलगायत रुटमा सेवा दिइरहेका छन् ।

विशेषगरी हाल उपत्यकामा ठूला बसले मुख्य भूमिका खैल्दै यात्रुलाई सेवा दिइरहेका छन् । यातायात क्षेत्रको सिन्डिकेट विरुद्ध उत्रिएको मयुर यातायातले अहिले काडमाडौंदेखि काभ्रेको जिरो किलोसम्म सेवा दिइरहेको छ ।

त्यसैगरी केहि हप्ता मात्र रुट इजाजत लिएको अन्नपूर्ण पनि यातायात व्यवसायीको अन्दोलनलाई विरोध गर्दै आएको थियो । अन्नपूर्ण यातयातले अहिले किर्तिपूर बल्खु कालिमाटी क्षेत्रमा सुविधा दिएको छ । त्यसैगरी माहानगर यातयातले चक्रपथ, वावा गोकर्णेश्वर यातायाले चाबहिल, बैद्ध , जोरपाटी रुटमा सेवा दिइरहेको छ । अन्य साना माइक्रो, टेम्पो, नेपाली सेना लगायत विभिन्न स्कुलका बसले पनि यात्रुलाई सेवा दिइरहेका छन् ।

सिन्डिकेटको पक्षधर नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घको अगुवाइमा शुत्रबार उपत्यकामा चल्ने सार्वजनिक भाडा लगायत अन्य क्षेत्रमा चल्न लामो दूरीका बसलाई अस्तव्यस्त बनाउने धोषण गरेका थिए ।