निजी सवारीसाधनले पनि दिन थाले ‘लिफ्ट’

उपत्यकामा केही सार्वजनिक ठूला यातयातले सेवा दिइरहेका बेला निजी सवारीले पनि यात्रुहरुलाई सेवा दिएका हुन् । निजी मोटरसाइकल चालकदेखि नेपाली सेनाका ठूला निजी सवारीले पनि सेवा दिएका छन् ।

यातयात व्यवसायीको सिन्डिकेट विरुद्ध निजी सवारी साधन पनि उत्रिएका छन् । उनीहरुले सडक किनारमा उभिएका यात्रुलाई आफ्नो सवारी साधानमा लिफ्ट दिएर सिन्डिकेट विरुद्ध उभिएका हुन् ।

उपत्यकामा केही सार्वजनिक ठूला यातयातले सेवा दिइरहेका बेला निजी सवारीले पनि यात्रुहरुलाई सेवा दिएका हुन् । निजी मोटरसाइकल चालकदेखि नेपाली सेनाका ठूला निजी सवारीले पनि सेवा दिएका छन् ।

हाल चलेका सार्वजनिक यातायातले मात्र यात्रुको भार खेप्न नसक्ने भए पछि साना देखि ठूला सवारीसाधनले सो सेवा सुरु गरेका हुन् ।
अहिले सिन्डिकेट विरुद्धमा उत्रिएर नेपाली सेना, विभिन्न स्कुल बस , मोटरसाइकल ,हरियो तथा कालो नम्बर प्लेट भएका सवारीसाधनले उपत्यकामा यात्रुहरुलाई सेवा दिइरहेका छन ।