सिन्डिकेटधारी यातायात व्यवसायी पक्राउ गर्न विना बर्दीमा प्रहरी खटिए

बर्दीमा रहँदा प्रहरी चिन्ने र व्यवसायी भाग्न सक्ने भएकाले प्रहरीले नयाँ उपाय अवलम्वन गरेको हो । मुलुकभरबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्र्तगतका विभिन्न यातायात व्यवसायी सङ्घ र समितिका पदाधिकारी पक्राउ गर्ने क्रमलाई तीव्रता दिएको छ ।

सिन्डिकेट पक्षधर यातायात व्यवसायीलाई पक्राउ गर्न बिना बर्दीमा प्रहरी परिचालित भएका छन । गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेटधारी यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएसँगै बिना बर्दीमा प्रहरी परिचालित भएका हुन् ।

बर्दीमा रहँदा प्रहरी चिन्ने र व्यवसायी भाग्न सक्ने भएकाले प्रहरीले नयाँ उपाय अवलम्वन गरेको हो । मुलुकभरबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्र्तगतका विभिन्न यातायात व्यवसायी सङ्घ र समितिका पदाधिकारी पक्राउ गर्ने क्रमलाई तीव्रता दिएको छ । यसअघिनै महासङ्घका केन्द्रिय उपाध्यक्ष कृष्ण सुवेदी र महासचिव सरोज सिटौलालाई पक्राउ गरिसकेको छ । सुवेदी काङ्ग्रेस निकट व्यवसायी हुन भने सिटौला माओबादी निकट हुन ।

सिटौलालाई भृकृटी मण्डपमा आयोजित रिपोर्टर्स क्लवको कार्यक्रम जाँदै गर्दा विना बर्दीमा आएका प्रहरीले प्रक्राउ गरेको हुन् ।
त्यसैगरी मेची बस व्यवसायी सङ्का अध्यक्ष मोहनप्रसाद उप्रेती, हिमाल यातायात सङ्घका अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प्रालिका अध्यक्ष खगेन्द्र उप्रेती, निर्देशक बुद्ध तिवारी, सदस्यहरु राजकुमार पाण्डे, श्याम थापा र पूर्वी बस व्यवसायी सङ्घका अध्यक्ष केशव गिरी पनि प्रक्राउ परेका छन ।

त्यस्तैगरी पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष जीवनकुमार बन्जाडे, महासचिव पदमराज गाहा, हेटौडाका टेम्पो तथा मझौला यातायात व्यवसायी सङ्घका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ठ न्यौपाने पक्राउ परिसकेका छन् । त्यसैगरी बेसीशहर सार्वजनिक सवारीसाधन बन्द गर्ने यातायात व्यवसायी समितिका दुई पदाधिकारीलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ।
लमजुङमा सञ्चालनमा रहेको लमजुङ कालिका सार्वजनिक यातायात सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे र उपाध्यक्ष विश्वम्भर अर्याललाई पक्राउ गरिएको एसपी उमेशराज जोशीले जानकारी दिए । अन्य पदाधिकारीहरुको खोजी भइहेको उनले जानकारी दिए ।

तुलसीपुर जिप तथा मिनिबस, बस व्यवसयायी समितिका कार्यबहाक अध्यक्ष डिल्ली भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक सवारी साधन बन्द गराएको अभियोगमा प्रहरीले नेपाल संयुक्त बस व्यवसायी सङ्घका अध्यक्ष नरेन्द्र पोमु, सप्तकोसी बस व्यवसायी सङ्घका सचिव हरि थापा, व्यवसायी राजन कट्टेल, राम परियार लगायतलाई पक्राउ गरिएको छ ।

पूर्वाञ्चल यातायात सङ्घका अध्यक्ष सरोज श्रेष्ठ, धौलागीरी यातायात व्यवसायी समितिका महासचिव खेम लमिछाने समेत पक्राउ परेका छन् । त्यस्तैगरी बागलुङबाट धौलागिरी अञ्चल बस व्यवसायी सञ्चालक समितिका अध्यक्ष उमेश केसी, धौलागिरी अञ्चल जीप व्यवसायी समितिका अध्यक्ष विष्णु अधिकारी, धौलागिरी अञ्चल ट््याक्सी व्यवसायी समितिका अध्यक्ष सन्तबहादुर प्राखिन प्रक्राउ परेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।

पर्वतबाट धाैलागिरी यातायात व्यवसायी समितिका महासचिव खेम लामिछाने पक्राउ परिसकेका छन् ।