नयाँ बसपार्कभित्र अब कम्पनीका काउन्टर मात्र

यातायात व्यवस्था विभागको शुत्रबार बसेको बैठकले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको हो ।

सरकारले नयाँ बसपार्क परिसरमा रहेका विभिन्न यातायात समितिका काउन्टर बन्द गर्ने भएको छ । यातायात व्यवस्था विभागको शुत्रबार बसेको बैठकले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले नाजायज माग राखेर हड्ताल गर्दै सरकारलाई समर्थन नगरेको भन्दै विभिन्न यातायात समिति हटाउन लागेको हो ।

समितिका काउन्टर बसपार्कबाट हटाउने निर्णय भएको जनकारी दिए । अब उक्त क्षेत्रमा कम्पनीका बसहरुको मात्र काउन्टर रहने छन् । हाल नयाँ बसपार्कभित्र विभिन्न सङ्घ सङ्गठनका काउन्टर छन् । अब कम्पनीका मात्रै काउन्टर राखि काउन्टरलाई सरकारले कडाइका साथ व्यवस्थापन गर्ने योजना छ ।