जनतालाई सास्ती दिने १२९ सिन्डिकेटधारी यातायात व्यवसायी पक्राउ

सरकारले अझै पनि यातायात व्यवसायीलाइ खाेजी कार्य जारी राखेकाे छ । प्रहरीले खाेजी कार्यलाइ तीब्रता दिएपछि व्यवसायीहरूकाे भागाभाग भएकाे छ ।

सिन्डिकेटधारी यातायात व्यवसायीले नाजायज माग राख्दै यातायात बन्द ठप्प बनाएपछि आक्रमक बनेको सरकारले मुलुकभरबाट १ सय २९ व्यवसायी पक्राउ गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेटधारी यातायात व्यवसायीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएसँगै प्रहरी परिचालित भएको थियो । मुलुकभरबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ अन्र्तगतका विभिन्न यातायात व्यवसायी सङ्घ र समितिका पदाधिकारी गरी १ सय २९ जना पक्राउ गरेको हो ।

राष्ट्रिय यातायात व्यवसायीका तालुकदार पदाधिकारीदेखि जिल्ला÷जिल्लाका समिति तथा सङ्घका पदाधिकारीहरु पक्राउ परेका हुन् । महासङ्घका केन्द्रिय उपाध्यक्ष कृष्ण सुवेदी र महासचिव सरोज सिटौलालाई काठमाडौंबाट पक्राउ गरेको हो ।

त्यसैगरी, प्रदेश नम्वर १ का विभिन्न जिल्लाबाट ३३ जना यायायात व्यवसायी पदाधिकारी तथा सदस्यहरु पक्राउ परेका छन् । जसअन्र्तगत झापा जिल्लामा ८ जना, सुनसरीमा १० जना, खोटाङमा ५ जना, उदयपुरमा ३, भोजपुरमा ४ जना र संखुवासभामा ३ जना गरी ३३ जना व्यवसायी प्रक्राउ परेको प्रदेश—१ प्रहरी निरीक्षक दिपक पोखरेलले बताए ।

जसअन्र्तगत मेची बस व्यवसायी सङ्घका अध्यक्ष मोहनप्रसाद उप्रेती, हिमाल यातायात सङ्घका अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प्रालिका अध्यक्ष खगेन्द्र उप्रेती, निर्देशक बुद्ध तिवारी, सदस्यहरु राजकुमार पाण्डे, श्याम थापा र पूर्वी बस व्यवसायी सङ्घका अध्यक्ष केशव गिरी प्रक्राउ परेका हुन् ।

प्रदेश—२ मा १५ भन्दा बढि यातायात व्यवसायी तथा समितिका पदाधिकारी र सदस्य प्रकाउ परेको जनाइएको छ । जसअन्र्तगत बारा जिल्लामा बारा बस व्यवसायी सङ्घका कर्मचारी ओमप्रकास गुप्ता, सोही सङ्घका सदस्य विजय पटेल, वीरगन्ज कलैया सुमो प्रालिका कर्मचारी रन्जित अधिकारी, कलैया रात्री सेवाका कर्मचारी अमोद शाह प्रक्राउ परेका छन् ।

त्यस्तैगरी रौतहटमा ट्रक व्यवसायी सङ्घका अध्यक्ष धु्रव अर्याल, सोही सङ्घका उपाध्यक्ष श्याम देवकोटा, कर्मचारी सदस्य तारा बजगाई, बस व्यवसायी सङ्घका सहसचिव मनोज न्यौपाने, सोही सङ्घका सदस्य राजेश पटेल प्रक्राउ परेका छन् । त्यस्तैगरी सोही प्रदेशको सप्तरी जिल्लामा सगरमाथा यातायात समितिका सचिव दिनेश पंशेरा, सोही समितिका सदस्य दिनेश शाह, गजेन्द्र महत प्रकाउ परेका हुन् ।

त्यस्तैगरी प्रदेश ३ मा १२ जना प्रक्राउ परेका छन् । जसअन्र्तगत चितवन यातायात सेवा समितिका कृष्ण लामिछाने, छाहारी यातायात समितिका उपाध्यक्ष श्याम शर्मा, हेटौडाका टेम्पो तथा मझौला यातायात व्यवसायी सङ्घका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने पक्राउ परिसकेका छन् ।

त्यस्तैगरी काभ्रे मिनीबस व्यवसायी सङ्घका उपाध्यक्ष शान्तराम ताम्राकार, सदस्य नरेन्द्र हलवाई, हेलम्वु बस व्यवसायी समितिका पुरुषोत्तम मानन्धर, धादिङ बस व्यवसायी समितिका अध्यक्ष विनोद श्रेष्ठ, हिमशिखर यातायात समितिका उपाध्यक्ष प्रसन श्रेष्ठ, सोही समितिका सदस्य कैलाश श्रेष्ठ प्रक्राउ परेका छन । त्यस्तैगरी बिपी यातायात समितिका अध्यक्ष तर्फका केन्द्रिय सदस्य कान्छामान तामाङ प्रक्राउ परेका प्रहरीले जनाएको छ ।

त्यस्तैगरी प्रदेश ४ का जिल्लाहरुमा ३३ भन्दा बढि यातायात व्यवसायी समितिका पदाधिकारी तथा सदस्य प्रक्राउ परेको प्रहरीले जनाएको छ । जसअन्र्तगत कास्की १३ जना, बागलुङमा ३ जना, पर्वतमा १ जना, म्याग्दीमा ४ जना, लमजुङमा ५ जना, नवलपरासीमा २ र स्याङ्जा ५ जना प्रक्राउ परेका छन् । धौलागीरी यातायात व्यवसायी समितिका महासचिव खेम लमिछाने समेत पक्राउ परेका छन् । जसअन्र्तगत बागलुङबाट धौलागिरी अञ्चल बस व्यवसायी सञ्चालक समितिका अध्यक्ष उमेश केसी, धौलागिरी अञ्चल जीप व्यवसायी समितिका अध्यक्ष विष्णु अधिकारी, धौलागिरी अञ्चल ट््याक्सी व्यवसायी समितिका अध्यक्ष सन्तबहादुर प्राखिन प्रक्राउ परेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।

लमजुङमा सञ्चालनमा रहेको लमजुङ कालिका सार्वजनिक यातायात सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे र उपाध्यक्ष विश्वम्भर अर्याललाई पक्राउ गरिएको एसपी उमेशराज जोशीले जानकारी दिए ।

त्यस्तैगरी प्रदेश ५ मा सवैभन्दा बढि ३६ जना यातायात व्यवसायी समितिका पदाधिकारी तथा सदस्य प्रक्राउ परेको प्रदेश नम्वर ५ का असइ देवबहादुर शाहीले बताए । जसअन्र्तगत कपिलवस्तुमा ३ जना, प्युठानमा ५ जना, दाङमा २ जना, रोल्पामा १ जना, रुपन्देहीमा १२ जना, पाल्पा २ जना, नवलपरासीमा ३ जना, बाँकेमा ६ जना र बर्दियामा २ जना प्रक्राउ परेको शाहीले जानकारी दिए ।
यो रिपोर्ट तयार पार्दा सम्म प्रदेश ६ र ७ मा पक्राउ सम्वन्धि कुनै तथ्यांक नआएको त्यहाँका प्रहरी अधिकारीले बताएका छन् ।