नेपालमा छोटो समयमै ठूलो कम्पनीको रुपमा चर्चित कम्पनीमध्ये एक हो— एनसेल । टेलिकमको तुलनामा एनसेलले एक महिनामा दोब्बर प्रयोगकर्ता बढाएको छ ।
एक महिनामा नेपालका ६ दूरसञ्चार सेवाप्रदायक कम्पनीका प्रयोगकर्ता चार लाख ८० हजार बढेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पुसदेखि माघ मसान्तसम्म उक्त सङ्ख्यामा दूरसञ्चार सेवाग्राहीको सङ््ख्या बढेको हो ।
माघमा मात्र विभिन्न सेवाप्रदायक कम्पनी गरी कुल तीन करोड ८२ लाख ६८ हजार १८ पुगेका छन् । पुस महिनासम्म विभिन्न सेवाप्रदायक कम्पनीहरुका महिनामा तीन करोड ७७ लाख ८७ आठ सय ८३ प्रयोगकर्ता थिए । यो सङ्ख्या पुस महिनासँग तुलनामा चार लाख ८० हजार एक सय ३५ जनाले बढी हो ।
प्राधिकरणका अनुसार एक महिनामा नेपाल टेलिकमद्वारा सेवा लिनेको सेवाग्राहीको सङ्ख्या भने ह््वात्तै बढेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार नेपाल सरकारको स्वमित्वमा रहेको नेपाल टेलिकमले अहिलेसम्म एक करोड ८९ लाख ४३ हजार ५४ जना सेवाग्राही बनाइसकेको छ । गत महिनाको तुलनामा टेलिकमका एक लाख ९८ हजार ६ सय ६० प्रयोगकर्ता बढेका छन् । पुससम्म टेलिकमका एक करोड ८७ लाख ४४ हजार तीन सय ९४ सेवाग्राही थिए ।
त्यस्तै एक महिनामा फिक्स्ड लाइन प्रयोगकर्ता भने क्रमिक रुपमा घट्दै गएका छन् । गत महिना फिक्सडलाइन प्रयोग गर्ने आठ लाख ६१ हजार दुई सय २९ रहेका थिए भने माघमा यो सङ्ख्या केही सङ्ख्या घटी आठ लाख ६० हजार पाँच सय ७१ झरेको छ । यो सङ्ख्या गत महिनाको भन्दा ६ सय ९८ जनाले कमी हो । नेपाल दूरसञ्चार प्रधिकरण प्रवक्ता मीनप्रसाद अर्यालले अहिले फिक्स्ड लाइनमार्फत सेवा लिनेभन्दा पनि आफ्नै प्राइभेट मोबाइल फोन बोक्ने प्रचलनले गर्दा पनि सो सेवा लिने प्रयोगकर्ता यो गतिमा फिक्स्डलाइन प्रयोग गर्न सङ्ख्या घटेको बताए । त्यस्तै उक्त सेवामार्फत इन्टरनेट प्रयोग गर्ने भने बढेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । अहिले फिक्स्ड लाइनभन्दा मोबाइलमार्फत सेवा लिनेको सङ्ख्या तीन करोड ७४ लाख ५८ हजार ६० पुगिसकेका छन् ।
त्यस्तै नेपाल टेलिकमभन्दा पछि सञ्चालनमा आएको निजी स्वामित्वको एनसेलले धेरै सेवा सुविधा दिएर छोटो समयमै ग्राहक बनाइसकेको छ । प्राधिकरणको माघसम्म एनसेलका एक करोड ६७ लाख चार हजार सात सय ८८ सेवाग्राही पुर्याइसकेको छ । जसमा गत महिना एनसेलका एक करोड ६४ लाख ३३ हजार तीन सय ६७ जना प्रयोगकर्ता थिए ।
गत पुसको तुलनामा माघमा दुई लाख ७१ हजार चार सय २१ को सङ्ख्यामा प्रयोगकर्ता बढाएको छ । नेपालमा छोटो समयमै ठूलो कम्पनीको रुपमा चर्चित कम्पनीमध्ये एक हो— एनसेल । टेलिकमको तुलनामा एनसेलले एक महिनामा दोब्बर प्रयोगकर्ता बढाएको छ ।
त्यस्तै युनाइटेड टेलिकमले ५ लाख २६ हजार आठ सय ७३, एनएसटीपीएलका तीन लाख २८ हजार पाँच सय ३८ प्रयोगकर्ता पुगेका छन् । एसटीपीएलका एक लाख ७६ हजार २३ र अन्य एक हजार सात सय प्रयोगकर्ता पुगेका छन् ।