नेपाल वायुसेवा निगमले श्वेतपत्र जारी गर्ने भएको छ । निगमले वर्तमान अवस्था र भावी कार्ययोजनालाई समेटेर श्वेतपत्र जारी गर्न लागेको हो । डेढ महिनाअघि निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका मदन खरेलले आज ३ बजे कार्यालयमै पत्रकार सम्मेलन गरी श्वेतपत्र जारी गर्न लागेको प्रवक्ता अशोक सिग्देलले जानकारी.....
बाँकेमा आज बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण बिहानीपख हुने हवाई उडान हुनसकेको छैन । हुस्सुका कारण नेपालगञ्जबाट बिहानपख हुने सम्पूर्ण हवाई उडान हुनसकेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका प्रमुख रबिना पाण्डेले जानकारी दिइन् । उनका अनुसार साना र ठूला हवाई जहाजका लागि पर्याप्त.....
चिनियाँ फेस्टिबलमा सहभागी हुन काठमाडौं आएका चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगाङले बसन्तपुर दरबारको अवलोकन गरेका छन् । भूकम्पले क्षतिग्रस्त दरबारको पूनर्निर्माण भइरहेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत सो दरबारक्षेत्रको पुनर्निर्माण पुरातत्त्व विभागले गरिरहेको छ । चीनका पर्यटनमन्त्रीसँगै.....
होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष अमरमान शाक्यले हालको पूर्वाधारले २० लाख पर्यटक भित्र्याउन सम्भव नरहेको बताएका छन् । भ्रमण वर्ष २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखे पनि निजी क्षेत्रले भने त्यो सम्भव नभएको बताउँदै आएको छ । सरकारले कुनै प्रभावकारी कार्यक्रमबिनै महत्त्वाकाङ्क्षी.....
तोकिएको अवधिमा ठेकेदार कम्पनीले काम पूरा नगरेपछि बुङ्गमतिस्थित रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माणमा ढिलाइ भएको छ । विसं २०७२ को भूकम्पले मन्दिर क्षतिग्रस्त बनेको थियो । त्यही वर्ष माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको शुरुआत यहीँबाट गरेका थिए । मन्दिरको पुनर्निर्माण भने ठेकेदार.....
चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगाङले भ्रमण वर्ष २०२० लाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । चीनबाट नेपालमा पर्यटक पठाउनका लागि मन्त्रालयले आवश्यक पहल गर्ने उनको भनाइ छ । चिनियाँ फेस्टिबलमा सहभागी हुन नेपाल आएका पर्यटनमन्त्रीले नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन.....
पर्यटकीय नगरी सौराहालाई केन्द्रविन्दु मानेर जिल्लाको समग्र पर्यटकीय क्षेत्र जोड्ने गरी थालिएको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी २० वर्षमा सौराहासहित जिल्लाका पर्यटकीय गन्तव्यस्थलहरूको विकास कार्यलाई गुरुयोजनामा समावेश गरिएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन.....
नेपालीका प्रमुख चाडपर्व दशैँ तिहार सकिनाका साथै जाडो याम पनि शुरु भइसकेको छ । तिहारमा देउसी–भैलो खेलेर मनोरञ्जनसँगै आर्थिक सङ्कलन गर्नेमध्ये कसैले सामाजिक काममा ती रकम सदुपयोग गर्दै आएका छन् भने कसैले वनभोजमा खर्च गरिरहेका पाइन्छ । तिहार सकिएलगत्तै वनभोज जाने लहर शुरु भएको छ । बाँके जिल्लाका विभिन्न.....
नेपालगञ्जस्थित राँझा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विस्तार गर्न स्थानीयस्तरबाट पहल सुरु भएको छ । विमानस्थललाई आवश्यक पूर्वाधारसहितको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थल स्वीकृत गराउन र यहाँबाट भारतको नयाँदिल्ली हवाई उडान अनुमतिका लागि पहल गर्न आइतबार स्थानीयस्तरमा.....
यातायात व्यवस्था विभागले तिहार र छठका अवसरमा उपत्यकाबाट बाहिरिने तथा भित्रिने सार्वजनिक यातायातका साधनको अनुगमन नगर्दा यात्रु बढी भाडा तिर्न बाध्य भएका छन् । दसैँमा विभागले बढी भाडा असुल्ने सवारीसाधनलाई न्यूनतम एक हजार मात्र जरिवाना गरेकाले व्यवसायीमा स्वेच्छाचारिता बढेको यातायात क्षेत्रको सुधार.....