विसं २०७२ को विनाशकारी महाभूकम्पले काठमाडौँको कोटेश्वरमा आफू बस्दै आएको घर भत्किएपछि गाउँ फर्किएका म्याग्दीका एक युवा कृषिमार्फत पर्यटन प्रवर्द्धनको अभियान सञ्चालन गरेर उदाहरणीय बनेका छन् । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमलचौरका युवा अशोक शर्माले साढे दुई वर्षअघि अर्ग्यानिक कृषि उपजहरूको.....
पर्यटकीय क्षेत्रको विकास, विस्तार तथा संरक्षणका लागि प्रदेश नं ३ ले पर्यटन विकास आयोजना स्थापना गरिएको छ । आयोजनाको कार्यालय प्रदेशको अस्थायी राजधानी हेटौँडामा राखिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको सो आयोजनामा १५ जना कर्मचारीको व्यवस्था भए पनि हाल चार जना कर्मचारी मात्र.....
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ । पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण हुन लागेको हो । दुई हजार ५१७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका.....
आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन विकासमा नीजि क्षेत्रले सदैव सहयोग र सहकार्य गर्ने बताएका छन् । चाइना एडभेन्चर टुरिजम फोरमद्वारा आयोजित ‘हिमालयन समीट’ मा मुख्य वक्ताको रुपमा बोल्दै ढकालले निजी क्षेत्रले पर्यटनमा लगानी बढाउँदै.....
मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा पर्ने ऐतिहासिक तथा पर्यटकीय गाउँ ठिनीदेखि संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ । जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)को सहयोगमा स्थानीयवासीले ठिनीदेखि नमखुलेक हुँदै नीलगिरि हिमालको फेदीमा पाँच हजार १२० मिटरको उचाइमा.....
सरकारले हेलिकप्टर कम्पनीहरुका लागि भाडादर निर्धारण गरेको छ । निश्चित मापदण्ड नभएकै कारण हेलिकप्टर कम्पनीहरुले मनलागी भाडा उठाएको आरोप लागिरहेका बेला सरकारले नयाँ दर निर्धारण गरेको हो । विषेश गरी पर्यटक खोज तथा उद्धारमा प्रयोग हुने हेलिकप्टरहरुले मनलागी भाडा उठाएको भन्दै सरकारले केही महिनाअघि केही.....
हिमाल आरोहणका लागि अफ सिजन मानिएको भदौदेखि कात्तिकसम्म एक हजार दुई सय ७१ जनाले हिमाल आरोहण गरेका छन् । नेपाल पर्यटन विभागको तथ्याङ्कअनुसार यी आरोहीहरुले सात हजारभन्दा कम उचाइ भएका ५३ ओटा हिमाल आरोहण गरेका हुन् । यी हिमाल एक सय ६१ ओटा टिमबाट आरोहण भएको हो । विभागका अनुसार तीन महिनाको अवधिमा सबैभन्दा बढी.....
तिहार मनाउन घर जान पुरानो बसपार्क टिकट काट्न आएका दोलखाका प्रशन्न काफ्ले टिकट नपाई फर्किन बाध्य भए । दुई दिनदेखि टिकटका लागि बसपार्क धाइरहे पनि काउन्टरका कर्मचारी भोलि भोलि भन्दै टारिरहेका छन् । उनका अनुसार टिकट काउन्टरका कर्मचारीले ‘भोलि दिउँसो आउनुस् बसको टिकट पाउनुहुन्छ’ भन्दै आश देखाए पनि दुख मात्र.....
गण्डकी प्रदेशस्थित स्याङ्जा जिल्लाको पर्यटकीयस्थल स्वरेकमा प्याराग्लाइडिङको विश्वकप सञ्चालनले यहाँका स्थानीयवासीमा आशा जगाएको छ । वरपरका रमणीय हिमाली एवं पहाडी दृश्यको एकसाथ अवलोकन गर्न सकिने थुम्कै थुम्कायुक्त स्वरेकले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गरेको छ । प्याराग्लाइडिङको विश्वकप सञ्चालन.....
नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा अबको ६ महिनाभित्र ४ ओटा ठूला जहाज अट्ने क्षमताको पार्किङ बे थपिने भएको छ । ठूला जहाज राख्ने पर्याप्त पार्किङ बे नहुँदा विमानस्थलमा लामो समयसम्म जहाज राख्न समस्या भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले निर्माणाधीन.....