बैङ्किङ


कुमारीको नाफामा झन्डै दोब्बरको वृद्धि

कुमारीको नाफामा झन्डै दोब्बरको वृद्धि

१४ बैशाख २०७५, शुक्रबार १२:२४

कुमारी बैङ्कले पछिल्लो ९ महिनामा आफ्नो नाफालाई झन्डै दोब्बरले बढाएको छ । बैङ्कले चालू आर्थिक वर्षको ९ महिनामा ७० करोड ५६ लाख ७६ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यही अवधिको ३७ करोड ५८ लाख ९७ हजार रुपैयाँको तुलनामा ८७.७ प्रतिशतले बढी हो । यस अवधिमा खुद ब्याज आम्दानी १ अर्ब ३४ करोड १६ लाख ९२ हजार.....

आईएमई लाइफ इन्स्योरेन्स र सेन्चुरी कमर्सियल बैङ्कबीच बैङ्कास्योरेन्स सम्झौता

आईएमई लाइफ इन्स्योरेन्स र सेन्चुरी कमर्सियल बैङ्कबीच बैङ्कास्योरेन्स सम्झौता

१३ बैशाख २०७५, बिहीबार १७:४९

आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सेन्चुरी बैङ्क लिमिटेडबीच बैङ्कास्योरेन्स सम्झौता भएको छ । उक्त बैङ्कास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सेन्चुरी बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले हस्ताक्षर गरेका छन् । सो बैङ्कास्योरेन्स.....

भोटखोलावासीलाई बैङ्किङ कारोबार गर्न पाँच दिन पैदल

भोटखोलावासीलाई बैङ्किङ कारोबार गर्न पाँच दिन पैदल

१३ बैशाख २०७५, बिहीबार १४:४१

भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे बैङ्किङ कारोबार गर्न पाँच दिन हिँडेर सदरमुकाम खाँदबारी झरे । गाउँपालिकाले छनोट गरेको योजनाको सम्झौता र बैङ्क खाता खोल्न उपभोक्ता समितिसहित तेम्बा खाँदबारी आएका हुन् । नजिकमा बैङ्क नहुँदा भोटखोलावासी पाँच दिन पैदल हिँडेर सदरमुकाम झर्छन् । बैङ्क अभावकारण यहाँका.....

आइजीआई र मेडिसिटी मेडिकलबीच सम्झौता

आइजीआई र मेडिसिटी मेडिकलबीच सम्झौता

१३ बैशाख २०७५, बिहीबार ०९:२५

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका थिए । यस सम्झौता पश्चात इन्स्योरेन्सबाट.....

बनेपाको देउरालीमा एनआईसीको शाखारहित बैङ्किङ

बनेपाको देउरालीमा एनआईसीको शाखारहित बैङ्किङ

१२ बैशाख २०७५, बुधबार ११:४८

एनआईसी एसिया बैङ्क लिमिटेडले बनेपा नगरपालिकास्थित महेन्द्र ज्योति देउरालीमा शाखारहित बैङ्किङ सेवा सञ्चालनमा ल्याएको छ । गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणका लागि शाखारहित बैङ्किङ सेवा प्रदान गर्दै आएको एनआईसी शाखारहित बैङ्किङ सेवाको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले उद्घाटन.....

बैङ्कमा कर्मचारी खोसाखोस, जुनियरदेखि सिनियरसम्मको बैङ्किङ म्याराथन

बैङ्कमा कर्मचारी खोसाखोस, जुनियरदेखि सिनियरसम्मको बैङ्किङ म्याराथन

१२ बैशाख २०७५, बुधबार ११:२६

मेगा बैङ्कका सहायक प्रबन्धक (असिस्टेन्ट म्यानेजर–एएम) समित शिलाकार हालै मात्र जनता बैङ्कको उपप्रबन्धक डेपुटी म्यानेजर)मा गए । – प्रभु बैङ्कबाट अनन्तराज काफ्ले जनता बैङ्कको ट्रेजरी र करेस्पोन्डिङ बैङ्किङ प्रमुखका रुपमा भित्रिए । प्रभुका वरिष्ठ अधिकृत एएमका रुपमा जनतामा गए । केही समययता एउटा बैङ्क.....

सेन्चुरीको नाफामा शतप्रतिशतभन्दा बढी वृद्धि

सेन्चुरीको नाफामा शतप्रतिशतभन्दा बढी वृद्धि

११ बैशाख २०७५, मंगलवार १६:५९

सेन्चुरी कमर्सियल बैङ्कले चालू आर्थिक वर्षको ९ महिनामा ६३ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्ष चैतभन्दा १ सय ३ प्रतिशतले बढी वृद्धि हो । बैङ्कले यसअवधिमा ५२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ५० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले.....

राष्ट्र बैङ्क सञ्चालकमा कर्ण

राष्ट्र बैङ्क सञ्चालकमा कर्ण

११ बैशाख २०७५, मंगलवार १४:२४

सरकारले नेपाल राष्ट्र बैङ्कको सञ्चालक समितिमा चार्टर्ड एकाउन्टेन्ट सुबोधकुमार कर्णलाई नियुक्त गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी पाँच वर्षका लागि कर्णलाई सञ्चालन मनोनयन गरेको हो । राष्ट्र बैङ्कमा चार्टर्ड एकाउन्टेन्ट बालकृष्णमान सिंहको कार्यकाल सकिएपछि एक सञ्चालक खाली थियो । कर्ण.....

साना किसान बिकास बैङ्क ६८ जिल्लामा

साना किसान बिकास बैङ्क ६८ जिल्लामा

११ बैशाख २०७५, मंगलवार १०:४१

साना किसान बिकास बैङ्क लिमिटेडले अहिलेसम्म देशका ६८ जिल्लामा सञ्जाल विस्तार गरेको छ । विसं २०५८ असार २२ गते स्थापना भएको लघु वित्त बैङ्कले अहिलेसम्म १६ अर्ब रूपैयाँ लगानी गरी करीब सात लाख घर परिवार किसानलाई कृषिसँग सम्बन्धित विभिन्न परियोजनामा ऋण उपलब्ध गराएको बैङ्कले जनाएको छ । प्रत्येक इलाका कार्यालयमा.....

सेवाग्राहीसँग कमिसन लिने क्रममा सहायक प्रबन्धक काफ्ले पक्राउ

सेवाग्राहीसँग कमिसन लिने क्रममा सहायक प्रबन्धक काफ्ले पक्राउ

१० बैशाख २०७५, सोमबार १७:१८

सेवाग्राहीसँग कमिसनबापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैङ्क बर्दिवास शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन् । आज मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले बैङ्कका सहायक प्रबन्धक काफ्लेलाई ५० हजार रूपैयाँसहित पक्राउ गरेका हुन्.....