काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै व्यक्ति विशेषको अनशन सर्वोपरि हुने तर संविधान, कानून, राष्ट्रिय आवश्यकताले काम नगर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगन थापाले डा गोविन्द केसी र सरकारबीच चिकित्सा शिक्षा सुधारका सम्बन्धमा भएको सम्झौता कार्यान्वयनबारे.....
चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा आठ दिनअघि आमरण अनशन थालेका विजय थापालाई आज बिहान थप उपचारका लागि झापाबाट काठमाडौँ लगिएको छ । नेपाली सेनाको एनए ००५५ कलसाइन भएको हेलिकप्टर आज बिहान १० बजे अनशनकारी थापालाई लिएर चन्द्रगढी विमानस्थलबाट काठमाडौँ.....
इस्लामाबाद । संयुक्तराज्य अमेरिकाका शान्ति विशेषदूत जाल्मे खलिलजाद अफगानिस्तानमा जारी १७ वर्षे सशस्त्र युद्ध अन्त्यको उपाय खोजी गर्ने उद्देश्यले पुनः पाकिस्तान आइपुगेका छन् । अफगानिस्तानमा युद्धरत पक्षसँग सम्झौता भएमा अफगानिस्तानमा अमेरिकाको सबैभन्दा लामो सैनिक सहकार्य अन्त्य हुनेछ । इस्लामाबादस्थित.....
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित थियो । नेपालका लागि नयाँ राजदूतका रुपमा कार्यभार सम्हालेकोमा मेनलाई कार्यकाल.....
काठमाडाैं : नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन नसकेको बताएका छन् । घोराहीमा दाङका पत्रकारसँगको कुरकानीमा नेता महतले विगतको सरकारले शुरु गरेका अधिकांश आयोजना अहिले अलपत्र अवस्थामा रहेको बताए । “विगतको सरकारले देशभर १२/१३ हजार सानाठूला आयोजना शुरु गरेको.....
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सो प्रस्ताव पेश.....
लन्डन । युरोपेली युनियनबाट बाहिरिने सम्बन्धी सम्झौता (ब्रेक्जिट) का बारेमा बेलायती संसदमा सोमबार अबेरसम्म चर्को बहस भएको छ । सांसदहरु ब्रेक्जिटका बारेमा पक्ष र विपक्षमा बाँडिएका छन् । सत्तारुढ दल र विपक्षी दलभित्रै पनि ब्रेक्जिटको समर्थन र विरोधमा छलफल भइरहेका छन् । संसदमा मङ्गलबारका दिन मतदान गर्नेगरी.....
सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई हटाएको छ । रेग्मीको कार्यकाल सकिनु अघि नै सरकाले उनलाई हटाएको हो । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई हटाएर नयाँ प्रमुखमा विभागकै एआईजी गणेश अधिकारीलाई नियुक्त गरेको छ । नवनियुक्त प्रमुख अधिकारीले सोमवार साँझ नै पदभार ग्रहण गरेका.....
मानव बेचबिखनको आरोप लागेपछि विवादमा परेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो । पूर्वचालक वाङ्छु शेर्पाले लक्कीलाई एकमहिनाअघि मानव बेचबिखनको आरोप लगाएका थिए । त्यसपछि उनी विवादमा.....
काठमाडौंं : सार्वजनिक लेखासमितिले बनाएको उपसमितिले रिपोर्टबाट गृहसचिव प्रेम राईको नाम हटाएको छ । सोमबार बसेको समिति बैठकले बदनियत भन्ने शब्द परिमार्जन गरी मन्त्रीहरुलाई कानुनबमोजिम कारबाहीको सिफारिस गरेको छ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले राईको विषयमा गलत सूचना दिएको प्रमाण.....