हेटौँडा । प्रदेश नं ३ सरकार र गैरआवासीय नेपाली सङ्घबीच प्रशोधन सुविधासहितको आधुनिक कृषि बजार परियोजना सञ्चालन गर्ने गरी सहमति भएको छ । परियोजना अवधिभर झण्डै दुई अर्ब लगानी हुने परियोजनामा गैरआवासीय नेपालीले निवृत्त समय बिताउन मिल्ने गरी काम गरिने गैरआवासीय नेपाली सङ्घका कृषि प्रवद्र्धन समितिका प्रमुख.....
काठमाडौं । नेपालको विविध पर्यटकीय उत्पादन र वस्तुहरुलाई एउटै स्थलमा प्रर्दशन गरी पर्यटकलाई जानकारी गराउने उदेश्यले राजधानीमा शुक्रबारदेखि ‘डोमेस्टीक टुरिजम मार्ट’ आन्तरिक पर्यटन मेलाको आयोजना गर्न लागिएको छ । गन्तव्य नेपाल ग्रुपअन्तर्गत गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले समग्र निजी क्षेत्रको.....
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गाउँवासीलाई खानेपानी उपलब्ध गराउन ‘एक घर एक धारा’ आयोजना अघि बढाइएको छ । गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा सो आयोजना अघि बढाइएको हो । चालू आर्थिक वर्षका लागि वडा कार्यालयले गौरवको आयोजनाको रुपमा छनोट गरेको ‘एक घर एक धारा’ अभियानमा रघुगङ्गा.....
सियान । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन गरेकी छिन् । अवलोकनका क्रममा राष्ट्रपति भण्डारीलाई मन्दिरका विषयमा मन्दिर प्रमुख चेन किङले जानकारी दिएका थिए । चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक मन्दिर हो । यो शहरबाट करीब.....
विराटनगर । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द ‘बिप्लव’ समूहलाई राजनीतिक मुलधारमा ल्याउने प्रयास भइरहेको बताएका छन् ।प्रदेश नम्बर १ को सुरक्षा गोष्ठीमा सहभागी हुन मोरङ पुगेका गृहमन्त्री थापाले बिहीबार विराटनगरमा सञ्चारकर्मीसंग कुरागर्दै बिप्लवलगायत सबै असन्तुष्ट पक्षलाई राजनीतिक मुलधारमा.....
काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा बढाइएको शुल्क खारेज गरेको छ । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको शिक्षा समितिको बैठकले यसअघि (२०७५ फागुन २६ गते) ‘बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समिति’ले वृद्धि गरेको शुल्क खारेज गरेको हो । काठमाडौं महानगरले बिद्यालय.....
काठमडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर जबराले वर्तमान सरकार देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न असफल भएको आरोप लगाएका छन् । राप्रपा संयुक्तले बुधबार काठमाडौंमा आयोजना गरेको प्रदेश नम्बर–३ स्तरीय कार्यकर्ता भेलामा अध्यक्ष राणाले भ्रष्टाचारका धरै घटनाहरू.....
बुटवल । प्रदेश नम्बर ५ को सरकारले आगामी जेठ ४ गते बुद्ध जयन्तीका दिनदेखि लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउने भएको छ । लुम्बिनी भ्रमण वर्ष प्रचार प्रसार उपसमितिले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी यस वर्षको बुद्ध पूर्णिमादेखि अर्को वर्षको चैत्र शुक्ल पूर्णिमासम्म लुम्बिनी भ्रमण वर्ष मनाउने निणर्य प्रदेश.....
काठमाडौं । भूकम्पले क्षतिग्रस्त पाँच ग्रामीण सडकको ६१.९ किमी पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)ले जनाएको छ । निर्माण सम्पन्न भएका सडकमा भक्तपुरको तेलकोट–घट्टेडाँडा ७.६ किमी, ललितपुरको ठैब–गोदामचौर २.६ किमी, काभ्रेपलाञ्चोकको खोपासी–ढुँगखर्क.....
सियान । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् । राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा बुधबार सान्सी प्रान्तको केन्द्र सियान.....