काठमाडौं । ललितपुरको सबैभन्दा व्यस्त लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडकमा २० प्रतिशतभन्दा काम हुन नसकेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण सडक निर्माणअघि बढ्न नसकेको.....
बागलुङ । बागलुङको जैमिनी नगरपालिका—७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले राज्यबाट पाएको तलव सुविधाबाट विपन्न गाउँका जनतालाई स्टेचर वितरण गरेका छन् । रसाईलीले आफ्नो तलवभत्ताबाट टोल—टोलमा २० ओटा स्टेचर वितरण गरेका हुन् । जनप्रतिनिधि भएपछि रसाईलीले सरकारबाट खाइपाई पाएको तलवभत्ता सामाजिक क्षेत्रमा लगाउँदै.....
दमौली । प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने सरकारको घोषणाबमोजिम तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा स्थापना भएको कालीगण्डकी प्राविधिक शिक्षालयको उद्घाटन गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)मार्फत् मङ्सिर २ गतेबाट नै पढाइ सुरु भइसकेको उक्त शिक्षालयको.....
पाल्पा । युएईमा नेपालीको हितमा काम गर्ने पाल्पाली समाज युएईका महासचिव धनबहादुर क्षेत्रीले विदेशबाट फर्केर कृषिफार्म सञ्चालनमा ल्याएका छन् । युएईमा १३ वर्षसम्म काम गरेका क्षेत्रीले कृषिफार्म तथा भान्साघर सञ्चालनमा ल्याएका हुन् । सन् २००३ देखि २०१८ सम्ममा युएईमा कुकम्यान (खाना पकाउने मान्छे) का रूपमा.....
सुर्खेत । शनिबार बेलुकाको भारी असिना वर्षाले आएको बाढी र पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएको छ । दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा गएको पहिरोले दुई दिनदेखि यात्रु आवतजावतमा समस्या आएको हो । दैलेखबाट गएको जेसिबीले शनिबार दहीखोलाको पहिरो हटाउन सकेन.....
वीरगञ्ज । हावाहुरीबाट बारा र पर्सा जिल्लाका पीडितहरुलाई अव्यवस्थित रुपमा राहत वितरण भइरहेको व्यापक गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ । हावाहुरी प्रभावितलाई विभिन्न सङ्घसंस्था वा व्यक्तिहरुले राहत वितरण गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको.....
झापा । झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा सरसफाई अभियानले बिहीबार नगर क्षेत्रमा फोहर फाल्नेलाई फोहर नै ‘उपहार’ दिएको छ । नगर क्षेत्रलाई स्वच्छ बनाउने अभियानमा जुटेको युवाको समूहले जथाभावी फोहर फाल्ने दुई पसललाई फोहर उपहार प्रदान गरेको अभियानका संयोजक कमल पोखरेलले बताए । प्रत्येक सोमबार.....
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल फ्रान्सको लियोन प्रस्था गरेका छन् । फ्रान्सको लियोनमा चैत्र २६ देखि २८ गते सम्म हुने इन्टरपोलको १५ औं हेड्स अफ एनसीबी सम्मेलनमा भाग लिन महानिरीक्षक खनाल बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा इन्टरपोल सदस्य राष्ट्रका सुरक्षा प्रमुखहरुसँगको.....
काठमाडौं । आगामी तीन दिनको मौसममा फेरबदली हुनुका साथै अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी भागमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा साथै स्थानीय वायुको प्रभावले गर्दा मौसममा फेरबदल हुने भएको हो । बुधबार.....