समाचार


पाटा नेपाल स्टुडेन्ट च्याप्टरमा नयाँ  कार्यसमिति

पाटा नेपाल स्टुडेन्ट च्याप्टरमा नयाँ  कार्यसमिति

२० चैत्र २०७५, बुधबार १४:१०

पाटा नेपाल स्टुडेन्ट च्याप्टरले पब्लिक युथ क्याम्पसमा बीटीटीएम अध्ययनरत छात्र सुरेन्द्र न्यौपानेको अध्यक्षतामा नयाँ  कार्य समिति चयन गरेको छ । यसैगरी प्रथम उपाध्यक्ष- पुकार भण्डारी (क्याथ), द्वितीय उपाध्यक्ष- जुबी छुस्याबागा (एनसीटीटीएम), सचिव- जिग्मे लामा (मिड भ्याली), सहसचिव- श्रध्दा केसी (क्याथ), कोषाध्यक्ष-.....

दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न आधार प्रस्ट हुनुपर्छः अर्थमन्त्री खतिवडा

दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न आधार प्रस्ट हुनुपर्छः अर्थमन्त्री खतिवडा

२० चैत्र २०७५, बुधबार १३:५९

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालको आर्थिक वृद्धिदरको आधार प्रस्ट हुनुपर्ने बताएका छन् । काठमाडौंमा सुरु भएको विकास परिषदको बैठकमा अर्थमन्त्री खतिवडाले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने आधारहरुका बारेमा छलफल जरुरी रहेको बताए । समृद्ध नेपालको परिकल्पना पूरा गर्नका लागि नागरिकको.....

वर्तमान सरकारले लगानी गर्ने वातावरण बनाउन सकेनः सभापति देउवा

वर्तमान सरकारले लगानी गर्ने वातावरण बनाउन सकेनः सभापति देउवा

२० चैत्र २०७५, बुधबार १३:२१

दाङ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले हालै सम्पन्न लगानी सम्मेलनले दाताहरुलाई आकार्षण गर्न नसकेको बताएका छन् ।नेपाल प्रेस युनियन दाङले बुधबार लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले वर्तमान सरकारले दाताहरुलाई ढुक्क भएर लगानी गर्ने लगानीको वातावरण बनाउन नसकेको बताए । पूर्व.....

शहरी क्षेत्र सुधारका लागि विश्व बैंकले १० करोड अमेरिकी डलर दिने

शहरी क्षेत्र सुधारका लागि विश्व बैंकले १० करोड अमेरिकी डलर दिने

२० चैत्र २०७५, बुधबार ११:४८

ढाका । बङ्गलादेशको राजधानी ढाका शहर र वरपरका शहरी क्षेत्र सुधारका लागि विश्व बैंकले १० करोड अमेरिकी डलर दिने भएको छ । ढाका साउथ सीटी कर्पोरेसन अन्तर्गत राजधानी र चार ठूला शहरी क्षेत्रमा सार्वजनिकस्थल तथा शहरी सेवा सुधारका लागि विश्व बैंकले आयोजना स्वीकृत गरेको हो। उक्त आयोजनाबाट करिब १० लाख नागरिकले.....

ब्रुनाईमा समलिङ्गीलाई ढुङ्गाले हानेर मारिने कानुन् लागु, चोरीको सजाय हातखुट्टा काटिने

ब्रुनाईमा समलिङ्गीलाई ढुङ्गाले हानेर मारिने कानुन् लागु, चोरीको सजाय हातखुट्टा काटिने

२० चैत्र २०७५, बुधबार ११:१५

एजेन्सी । दक्षिण पूर्वी एशियाली मुलुक ब्रुनाईले समलिङ्गीलाई ढुङ्गाले हिर्काएर मारिने सजाय भएको नयाँ इस्लामिक कानुन बुधवारदेखि लागु गरेको छ। नयाँ कानुनमा चोरीको सजाय हातखुट्टा काटिने जस्ता व्यवस्थाहरू रहेका छन्। अन्तर्राष्ट्रिय समुदायमा धेरैले यो कानुनको विरोध गरेका छन्। ब्रुनाईको समलिङ्गी समुदायले.....

बारा र पर्सामा हावाहुरीले घाइते भएकाहरुको उपचार खर्च सरकारले ब्यहोर्ने

बारा र पर्सामा हावाहुरीले घाइते भएकाहरुको उपचार खर्च सरकारले ब्यहोर्ने

२० चैत्र २०७५, बुधबार १०:२४

काठमाडौं । सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र उपचारमा कुनै कमी कमजोरी हुन नदिने निर्णय गरेको.....

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका प्रमुखमाथि भ्रष्टाचार मुद्दा दायर, ३५ हजार बिगो मागदाबी

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका प्रमुखमाथि भ्रष्टाचार मुद्दा दायर, ३५ हजार बिगो मागदाबी

१९ चैत्र २०७५, मंगलवार १७:०२

काठमाडौं । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्जका प्रमुख विनोदकुमार श्रीवास्तवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीवास्तवमाथि मङ्गलबार विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । श्रीवास्तवले नेपालगन्ज भन्सारबाट आयात हुने चामललगायत.....

एनआईसी एसियाले गर्यो महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सम्झौता

एनआईसी एसियाले गर्यो महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सम्झौता

१९ चैत्र २०७५, मंगलवार ११:३५

काठमाडौं । एनआईसी एसिया बैङ्कले महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीसँग बैङ्कास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार एनआईसी एसिया बैङ्कका ग्राहकले देशभरि फैलिएका बैङ्कका २८१ ओटै शाखाबाट महालक्ष्मीको जीवन बिमा पोलिसी खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैङ्कका तर्फबाट कार्यकारी अधिकृत रोशनकुमार.....

काठमाडौंको बाफल पुलमा एक युवकको शव फेला

काठमाडौंको बाफल पुलमा एक युवकको शव फेला

१९ चैत्र २०७५, मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको बाफल पुलनजिकै एक युवकको शव फेला परेको छ । मङ्गलबार बिहान करिब ८ बजे फेला परेको शवको सनाखत हुन नसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । मानसिक सन्तुलन ठिक नभएका युवक भएको र उनको पेटमा सिसा प्रहार गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको.....

पर्सा र बारा पीडितलाई रोजगारीमा प्राथमिकता दिन संघको आग्रह

पर्सा र बारा पीडितलाई रोजगारीमा प्राथमिकता दिन संघको आग्रह

१८ चैत्र २०७५, सोमबार २१:०५

काठमाडौं । नेपाल वैदेशिक रोजगार संघले पर्सा र बाराका पीडितलाई रोजगारीमा प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ । आइतबार साझको हावाहुरी र बर्षाको कारण त्यस क्षेत्रमा ठूलो मानविय क्षति हुनुको साथै ठूलो मात्रामा धनको क्षति भएको घटना प्रति संघले दुख व्यक्त गर्दै पीडित परिवारलाई सरकारले विषेश रोजगारको व्यवस्था.....