बारा र पर्सामा हावाहुरीमा परि घाईते हुनेहरुको थप उपचार र उद्धार गर्न प्रहरीको डाक्टर सहितको टोली त्यस तर्फ प्रस्थान गरेको छ । नेपाल प्रहरी अस्पतालको चिकित्सक र थप उद्धारको लागी केन्द्रबाट प्रहरी टोली बारा र पर्सामा प्रस्थान गरेको प्रहरी महानिरीक्षक सचिवालयका एसएसपी उमेशराज जोसीले जानकारी दिए । उनका.....
काठमाडौं । आइतबार साँझको हावाहुरीबाट ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ । बारा र पर्सामा वर्षासँगै आएको हावाहुरीले ज्यान गुमाउनेको संख्या ३१ पुगेको र बाँकी ५०० भन्दा बढी घाइतेको उपचार भईरहेको २ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिए । हावाहुरीबाट २७ जनाको मृत्यु भएको छ, भने ४ जना पर्साबाट.....
काठमाडौं । दुगड ग्रुपले सिमरा उपमहानगरपालिकामा नयाँ महिन्द्रा वर्कसप खोलेको छ । ग्रुपले चैत ११ गते एक समारोहबीच नयाँ वर्कसपको उद्घाटन गरेको हो । नवनिर्मित सो वर्कसपमा २० सर्भिस वे छन् । १६ हजार वर्गफिटको उक्त वर्कसपमा नौ हजार वर्गफिटको पार्ट्स काउन्टर र ७ हजार वर्गफिटको गोदाम छ । वर्कसपमा गाडी रिपेयरका.....
काठमाडौं । उदयपुरमा आफ्नै बुहारीलाई खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सितुमान राई छन् । घरायसी विवादमा राईले बुहारी ३० वर्षीया चन्दा राईलाई शनिबार दिउँसो खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । ससुराको खुकुरी प्रहारबाट बुहारी चन्दा गम्भीर घाइते भएकी प्रहरीले जनाएको.....
सङ्खुवासभा । सङ्खुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिकामा गए राति अज्ञात समूहले गरेको आगजनीबाट पूर्णरुपमा क्षति पुगेको छ । रातको १२ः३० बजे अज्ञात समूहले भवनमा आगजनी गर्दा गाउँपालिकाका कागजात पूर्णरूपले जलेर नष्ट भएका छन् । कार्यालयभित्र रहेको ग्यास सिलिन्डर पड्किएर ठूलो आवाज आएपछि आफ्नो.....
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महिनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ । लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष गरी १०९ लाई नियन्त्रणमा लिएर कारबाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रतिवेदन.....
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एसियाको उदाउँदो ताराका रुपमा चित्रित गरिएकामा आफूहरुलाई गौरवबोध भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री.....
काठमाडौं । काठमाडौंका विभिन्न तीन ओटा कलेज तोडफोड गर्ने नेपाल विद्यार्थी संघका १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा विश्वविद्यालयको शुल्कलाई लिएर नेविसंघले काठमाडौंको पुरानो बानेश्वरमा रहेको एपेक्स कलेज, राजधानी कलेज र एसएम कलेज तोडफोड गरेको छ । कलेज तोडफोडमा संलग्न नेविसंघका १५.....
चन्द्रौटा । शिवराज नगरपालिका–५ चन्द्रौटाको राजस्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका–१ भलुही निवासी २२ वर्षीय सनी थारू छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४१२६ नंको ट्रक चन्द्रौटा खसी बजारस्थित राजस्व चेकप्वाइन्टमा रोकिएको.....
सुरुङ्गा । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिइएको छ । जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवर्द्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि नियन्त्रणमा लिएको जिल्ला प्रहरी.....