भारतबाट तत्काल साढे दुई सय मेगावाट विद्युत् ल्याउन सकिने भएको छ । दुई सय २० केभी चार्ज भइरहेको ढल्केबर सबस्टेसनबाट तत्काल थप दुई सय मेगावाट र एक सय ३२ केभीए क्षमताको टनकपुर महेन्द्रनगर प्रसारण लाइनमार्फत् थप ५० मेगावाट गरी दुई सय ५० मेगावाट बिजुली जुनसुकै बेला पनि ल्याउन सकिने नेपाल विद्युत् प्राधिकरणका.....
युरोपेली लगानी बैङ्कका उपाध्यक्ष एन्ड्रु म्याकड्वेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपालको चार दिवसीय भ्रमणमा राजधानी आइपुगेको छ । पाँच वर्षको अन्तरालमा पहिलोपटक बैङ्कको उच्चतहमा भएको यो भ्रमणले नेपालको भौतिक पूर्वाधार निर्माणका आर्थिक अभावलाई केही हदसम्म भए पनि सम्बोधन गर्ने अपेक्षा गरिएको.....
भोजपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा ध्रुवलाल श्रेष्ठ ३१० मत प्राप्त गरी निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनमा श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी रामचन्द्र श्रेष्ठलाई ४३ मतले पराजित गरेका हुन् । प्रथम उपाध्यक्षमा कर्णबहादुर मोक्क्तान, द्वितीय उपाध्यक्षमा नीरकुमार विश्वकर्मा, महासचिवमा नवीन.....
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले भारतबाट आइरहेको केराको आयात घटाउनका लागि भन्सार दर बढाउने गृहकार्य भइरहेको बताएका छन् । त्यसका लागि कसरी, कति मात्रामा बढाउने भनेर अर्थमन्त्री डा. युवराज खतिवडासँग निरन्तर छलफल भइरहेको मन्त्री खनालले बताए । दश जिल्लाबाट आएका केरा उत्पादक संघका अध्यक्षहरुको.....
नागरिक लगानी कोषले आफूकहाँ बचत गरेको पाँच लाख रुपैयाँसम्म फिर्ता भुक्तानी लिँदा कुनै पनि कर नलाग्ने उल्लेख गरेको छ । सोमबार कोषका सूचना अधिकृत उद्धव सिलवालले स्वीकृत अवकाश कोषमा ५ लाख रुपैयाँसम्म जम्मा भएको रकम फिर्ता भुक्तानी गर्दा कुनै पनि प्रकारको कर नलाग्ने बताए । कोषबाट सञ्चालित कर्मचारी वचत बृद्धि.....
सरकारको खर्च र आम्दानीको दैनिक हिसाबको तथ्याङ्कमा गडबडी देखिएको छ । महालेखा नियन्त्रक कार्यालय (मलेनिका)ले मङ्सिर ३ गते सार्वजनिक गरेको विवरणअनुसार एक साता अघिको राजस्व सङ्कलनभन्दा कम तथ्याङ्क आजको अद्यावधिक (अपडेट) विवरणमा देखिएको छ । यद्यपि खर्चको विवरण भने कात्तिक २६ गतेको भन्दा बढी नै देखिन्छ । कात्तिक.....
सोलुखुम्बु जिल्ला अदालतले एक करोड १२ लाख ६६ हजार ५१२ रूपैयाँ जरिवाना उठाउन बाँकी छ । अदालतको विवरणानुसार कात्तिक मसान्तसम्म दण्ड जरिवाना तोकिएका व्यक्ति तथा संस्थाबाट उक्त जरिवाना रकम उठ्न बाँकी भएको हो । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको जरिवाना रकमसहित एक करोड ३१ लाख छ हजार ६७२ रहेकामा.....
खेतमा गहुँ छर्ने बेला कञ्चनपुरका किसानलाई रासायनिक मल अभाव भएको छ । अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रसायनिक मल डिएपी खेतमा हाल्न बाध्य भएका छन् । अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री संस्थानको शाखा भीमदत्तनगरले माग अनुरुपको मल आपूर्ति गर्न नसक्दा किसानले.....
मुलुकभरका एक सय ४० विद्युत् महसुल सङ्कलन केन्द्रमा अनलाइन बिलिङ सिस्टम लागू भएको छ । अनलाइन बिलिङ प्रणाली सञ्चालन भएका केन्द्रमा उपभोक्ताले आफ्नो घरमै बसेर अनलाइनमार्फत् विद्युत महसुल भुक्तानी गर्न सक्नेछन् । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल पेमेन्ट अनलाइनमार्फत् गर्ने गरी सेवा विस्तार.....
सबैभन्दा बढी कर बुझाउने करदातालाई सम्मान गर्ने क्रममा सरकारले निर्माण व्यवसायलाई सम्बोधन नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले असन्तुष्टि जनाएको छ । सरकारले शनिबार राजधानीमा एक कार्यक्रमबीच गत वर्ष सबैभन्दा बढी कर बुझाउने व्यावसायिक संस्था, बैङ्क, बिमा तथा पर्यटन व्यवसायका साथै स्वास्थ्य.....