भारतीय बजारमा एकछत्र राज गरेको अमूललाई नेपाल भित्र्याउन राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय भएको पाइएको छ । अमूलले उनकी छोरीलाई लोकल पार्टनर बनाउने वचन दिएपछि भण्डारीको सक्रियता बढेको हो । भण्डारी राष्ट्रपति भएपछि पहिलो पटक २०७४ साल बैसाख ४ गते औपचारिक भारत भ्रमण गएका बेला अमूलका अध्यक्षसँग संवाद.....
सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा सङ्कलनमा वैशाख १६ गते रोक लगाएको थियो । तर वैशाखको अन्तिममा यार्सा सङ्कलन गर्न खुला गरेपछि यहाँका स्थानीयबासिन्दा खुसी भएका छन र यार्सागुम्बा सङ्कलन गर्ने क्रममा जिल्लाका दर्जनाैं विद्यालय बन्द भएका छन् । यार्सा सङ्कलन गर्दा सबैजसो घरबाट.....
नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाई ‘लोकल पार्टनर’ बनाएर भारतको सबैभन्दा ठूलो डेरी उद्योग अमूल नेपाल भित्रिँदै छ । वार्षिक ४० हजार करोडको कारोबार गर्दै आएको अमूलमा नेपाली पार्टनर कोइरालाको ५१ र अमूलको ४९ प्रतिशत सेयर रहने गरी नेपाल प्रवेश गर्न लागेको हो । काङ्ग्रेसका प्रभावशाली नेता कोइरालाकाे.....
राष्ट्रियसभामा आव २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा जारी छ । आजको बैठकमा उक्त प्रस्तावमाथिको छलफलमा पहिलो वक्ताका रुपमा भाग लिँदै सांसद खिमलाल भट्टराईले सार्वजनिक क्षेत्रलाई व्यवस्थित रुपले अघि बढाउने र स्वाधीन अर्थतन्त्रको विकासमा.....
नेपाल टेलिकमको नाफा चालू आर्थिक वर्षको नौ महिनामा ५३ करोड रुपैँयाले बढेको छ । कम्पनीले चालू आव २०७४/०७५ को चैत मसान्तसम्म ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ नाफा गरेको छ । टेलिकमले गत आवको सोही अवधिमा ११ अर्ब ३२ करोड १८ लाख १९ हजार रुपैयाँ नाफा गरेको थियो । यो अवधिमा कम्पनीले ४.७२ प्रतिशत बढी नाफा आर्जन गर्न.....
कुनै समयमा घरवास र जग्गा राप्ती नदीले कटान गरेर बगाएपछि चिन्तित भएका राप्ती नदीको देउखुरी क्षेत्रका हजाराँै किसान अहिले भने बगरमा गरिएको तरकारीखेतीबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानका दुई हजारभन्दा बढी किसान बगरमा गरिएको तरकारी तथा.....
त्रिभुवन विश्वविद्यालयका दर्जनौं निकायमा थुप्रै वर्षअघिदेखि लेखापरीक्षण हुन नसकेको तथ्य बाहिर आएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदनमा ‘त्रिविअन्तर्गत रहेका २ सय ७३ इकाइले आव २०३३/३४ देखि लेखापरीक्षण नगराएको औँल्याइएको हो । प्रतिवेदनमा विश्वविद्यालय.....
जनताको विकास र चाहनाप्रतिको आशा र चाहनालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा धारणा राख्ने अधिकांश सांसदले जिम्मेवारी बहन गर्नुपर्ने निकायलाई जिम्मेवार.....
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा गण्डक नदीको समस्याबारे छलफल नभएको जनाउँदै पश्चिम नवलपरासीका गण्डक पीडितले गुनासो गरेका छन् । नवलपरासीको त्रिवेणीमा बाँध बनाएर भारतको विहार उत्तर प्रदेशमा सिँचाइका लागि लगिएको पानीबाट वर्षेनी नेपालका साविकका १३ गाविस डुबानमा पर्दैआएका छन्.....
विगत केही दिनयता देखि उदयपुर बेलका नगरपालिका क्षेत्रमा फौजीकीराको बिगबिगी बढ्दा जङ्गल चर्न जाने पशुचौपाया मर्न थालेका छन् । बेलका नगरपालिकाको बङ्गलामुखी, खयरमारा, जहडा, सिसुवा, रातापानी, गलेनी र सेतीखोलालगायत आसापासका क्षेत्रमा फौजीकीराको बिगबिगी बढ्न थालेपछि जङ्गल चर्न जाने पशुचौपाया मर्न थालेका.....