राजनीतिक रुपमा लोकतन्त्र सजिलोसँग आउँछ । राजनीतिक आन्दोलनले सत्ता परिवर्तन हुन्छ । संविधान, कानुन नयाँ लेखिन्छ । आरक्षण पाउनेले पाउँछन् । नपाउने प्रतिस्पर्धा गर्छन् । राजनीतिक परिवर्तनले नै राजनीतिक संरचनामा ४० प्रतिशत महिला माथिदेखि तलसम्म आए । तर, आर्थिक लोकतन्त्र फरक विषय हो । राजनीतिक रुपमा नागरिकले.....
आउँदो वैशाखदेखि भक्तपुरमा पहिलो पटक आर्थिक गणना २०७५ सुरु हुने भएको छ । सरकारले देशभर नेपालको प्रथम राष्ट्रिय आर्थिक गणना सञ्चालन गर्ने भएपछि त्यसलाई सफल पार्न भक्तपुर जिल्लाले वैशाखदेखि नै गणना सुरु गर्ने भएको हो । यसको तयारी जिल्लामा पनि तीव्र रुपमा भइरहेको छ । आर्थिक गणनाका लागि आवश्यक जनशक्ति तयार.....
प्रदेश ७ को प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०७४ लाई पारित गरेको छ । विधायन तथा प्रदेश मामिला समितिले दिएका सुझावलाई समावेश गरेर उक्त विधेयक पारित गरिएको हो । प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले विधायन तथा प्रदेश.....
बाजुरामा स्वास्थ्य बिमा दर्ता कार्यक्रम आइतबारबाट शुभारम्भ गरिएको छ । देशकै ३२औँ जिल्लाका रुपमा बाजुरामा स्वास्थ्य बीमा सदस्य दर्ता शुभारम्भ गरिएको हो । दर्ता कार्यक्रमको प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले औपचारिक शुभारम्भ गरे । प्रतिनिधि सभा सदस्य लालबहादुर थापा.....
सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा गए राति आगलागी हुँदा २० लााख मूल्य बराबरको क्षति भएको छ । बलान बिहुल गाउँपालिका मौवहा चौकस्थित चौधरी यादवको घरमा सञ्चालन गरेको सियाराम शर्माको फर्निचर उद्योगमा विद्युत् (सर्ट) चुहिएर आगलागी हुँदा निजको फर्निचर उद्योग पूर्ण.....
अहिले भइरहेको पर्यटकीय संरचनाबाट सन् २०२० सम्म १५ लाख पर्यटक नेपाल भित्र्याउन असम्भव देखिएको छ । सरकारले आवश्यक पूर्वाधार निर्माण नगरी महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको पर्यटन व्यवसायीहरुको भनाइ छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने नारायणगढ–मुग्लिन सडक तीन वर्षमा पनि पूरा नभएको, त्रिभुवन.....
चैते वर्षाका कारण रुपन्देहीका इँट्टा उद्योगले ठूलो नोक्सानी बेहोरेका छन् । चैते वर्षाका कारण उद्योगमा तयार पारिएका दुई करोडभन्दा बढी काँचो इँट्टा नष्ट भएको छ । लुम्बिनी इँट्टा व्यवसायी सङ्घ भैरहवाका अनुसार चार दिनअघि आएको बर्सातले रुपन्देहीका ५२ ओटा इँट्टा उद्योगका दुई करोड ६० लाख गोटाभन्दा बढी पोल्न.....
स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहामा शीत भण्डार निर्माण गरिएको छ । आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा) अन्तर्गत जलस्रोत व्यवस्थापन आयोजनाको सहयोग र जिल्ला कृषि विकास कार्यालय स्याङ्जाको समन्वयमा राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्र खुमलटारको व्यवस्थापनमा झन्डै एक महिनापछि शीत.....
स्थानीय स्तरमा सडक तथा पुल निर्माण गर्दै आएको जिल्ला प्राविधिक कार्यालय खारेज हुने भएपछि योजना निर्माणको कार्यान्वयनमा अन्योल देखिएको छ । चैत २८ पछि जिल्ला प्राविधिका कार्यालय खारेजको सूचीमा रहेकाले उक्त कार्यालयले गर्ने काम कसले गर्ने भन्ने अन्योल देखिएको हो । स्थानीय स्तरको विकासमा जिल्ला प्राविधिक.....
सुनचाँदी कारोबारबाट मुलुकको राजश्वमा वार्षिक आठ अर्ब योगदान हुने गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले पाँचौँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिक रु ५० अर्बको कारोबार हुने र रु आठ अर्ब राजस्व संकलन हुने जानकारी दिइयो । महासंघका अध्यक्ष मोहनकुमार.....