नारायणगढ–मुग्लिन सडकको बाटो विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिम रहेका ठाउँमा काम थालिएको छ । सो सडकको ३३।२ किलोमिटर सडकमध्ये १७.१ किलोमिटरमा सडक विस्तारका लागि भित्तो काटिएको छ । ती ठाउँमा चट्टान, साना ढुंगा, माटोको ढिस्को, गेग्रान खस्न सक्ने उच्च जोखिम रहेको छ । त्यस्तो जोखिम कम गर्न.....
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा गाउँ ब्लक जग्गाको जग्गा धनी पुर्जा वितरण गरिएको छ । वषैंदेखि जोतभोग गर्दैआएका भूमिहीनलाई नापी कार्यालय पश्चिम नवलपरासीले गाउँ ब्लक जग्गाको जग्गा धनी पुर्जा वितरण गरेको हो । नापी कार्यालयले गाउँपालिकाको करिब ६० गाउँ ब्लकमा जोतभोग गरिरहेका नौ सय ११ घरपरिवारलाई.....
स्थानीय एक सेवाग्राहीको जग्गाको नक्सा परिवर्तन गरिदिने भन्ने शर्तमा सेवाग्राहीबाट घुस लिएलगत्तै जिल्ला नापी शाखा कार्यालय उदयपुरका प्रमुख श्यामबाबुप्रसाद साह अख्तियारको टोलीबाट रंगेहात पक्राउ परेका छन् । आज बिहान जिल्ला नापी कार्यालयस्थित कार्यालयका हाकिम साहको क्वाटरबाटै अख्तियार दुरुपयोग अनुसन्धान.....
ललितपुरस्थित नेपाल विधि विज्ञान प्रतिष्ठान (नास्ट) ले नेपालमा पाइने ६० प्रजातिका बोटविरुवाको कोडिङ गरेको छ । कुनै पनि प्रजातिको विरुवाको सम्पूर्ण जानकारी व्यवस्थित रुपमा इन्टरनेटमा राख्ने काम कोडिङ हो । विश्वका अधिकांश मुलुकले आफ्नो देशमा पाइने विरुवा सबैले हेर्न र जानकारी पाउन सक्ने गरी इन्टरनेटमा.....
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली उद्योगीले थोत्रा मेसिनबाट उत्पादन गर्नुभन्दा आधुनिक प्रविधिको प्रयोगद्वारा उत्पादन गर्न सुझाएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५२ औं साधारणसभा एवम् उद्योग वाणिज्य दिवस २०७४ को उद्घाटन गर्दै ओलीले विदेशबाट थोत्रा मेसिन ल्याउनु भन्दा आधुनिक प्रविधिको प्रयोग.....
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थानको प्रशासक छनौट गर्न अर्थ मन्त्रालयले राष्ट्रिय बीमा संस्थानको प्रशासक छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०७४ लागू गरेको छ । कार्यविधिअनुसार शैक्षिक योग्यतामा प्राप्त उपाधीअनुसार फरक फरक अङ्क दिइने उल्लेख छ । विद्यावारिधि (पीएचडी) गरेका आवेदकलाई.....
प्रदेश २ को सरकारले राजस्व र अनुदान बाँडफाँट गर्दा जनसङ्ख्या र मानव विकास सूचकाङ्क (एचडीआई)लाई आधारमा बनाउन माग गरेको छ । प्रदेश २ मा चालू आर्थिक वर्षको बाँकी अवधिका लागि नीति कार्यक्रम प्रस्तुत गर्दै केन्द्रीय सरकारसमक्ष यस्तो माग राखेको हो । सरकारले स्रोतसाधनको अभावमा जनअपेक्षाअनुसार काम गर्न नसकिएको.....
नेपाल टेलिकमको तारमा क्षति हुँदा जिल्ला अस्पताल त्रिशूलीसहित आसपासका क्षेत्रमा २८० ग्राहकको फोन सेवा बन्द भएको छ । तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनामार्फत पाइपलाइन विस्तारका क्रममा नेपाल टेलिकमको तारमा क्षति हुँदा विगत तीन सातादेखि सो क्षेत्रका फोन सेवा अवरुद्ध भएपछि उपभोक्ता समस्यामा.....
एसियाली विकास बैङ्क (एडीबी)ले नेपालको आर्थिक वृद्धिदरको आकलनलाई बढाएर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यसअघि एडीबीले गत सेप्टेम्बरमा सार्वजनिक म्याक्रोइकोनोमिक अपडेटमा ४.७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमानलाई बुधबार सार्वजनिक ‘एसियन डेभलपमेन्ट आउटलुक २०१८’ मा सच्याइएको हो । गत आर्थिक वर्षमा.....
तनहुँमा तल्लो सेती जलविद्युत् आयोजना बन्ने भएको छ । तनहुँ जलविद्युत् आयोजनाको क्यास्केटमा निर्माण हुने आयोजनाको प्रारम्भिक सर्भे भइसकेको छ । तनहुँ जलविद्युत् आयोजनाभन्दा २० किलोमिटर तल निर्माण हुने उक्त आयोजनाको डिटेल सर्भे, भौतिक अध्ययन र डिजाइन पनि छिट्टै हुने तनहुँ हाइड्रोपावर लिमिटेडका इन्चार्ज.....