पूर्वाधार


कोरियाली राजदूत र ऊर्जामन्त्री पुनबीच भेटवार्ता, माथिल्लो त्रिशुली १ बनाउने तयारीमा कोरियाली कम्पनी

कोरियाली राजदूत र ऊर्जामन्त्री पुनबीच भेटवार्ता, माथिल्लो त्रिशुली १ बनाउने तयारीमा कोरियाली कम्पनी

१० आश्विन २०७५, बुधबार १६:४२

दक्षिण कोरियाली राजदूत योङग सिक पाक र ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनबीच भेटवार्ता भएको छ । दुइ देशीय हितका साथै उर्जा क्षेत्रको विकासमा गर्न सकिने सहयोगको विषयमा छलफल भएको हो । कोरियाले नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानप्रती सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका.....

तीन अाेटा आकाशे पुल बन्दै

तीन अाेटा आकाशे पुल बन्दै

१० आश्विन २०७५, बुधबार १५:१२

गण्डकी प्रदेशका तीन जिल्लामा तीन करोड रूपैयाँको लागतमा तीन आकाशे पुल निर्माण सुरु गरिएको छ । मानिसको बढी आवातजावत हुने बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाका ठूला खोंच र नदीमाथि आकाशे पुल निर्माणको काम सुरु गरिएको हो । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले ठेक्का प्रक्रियामार्फत तीन अाेटै पुल निर्माणका लागि.....

क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको उपचार केन्द्र बनाउनुपर्छ : सभामुख

क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको उपचार केन्द्र बनाउनुपर्छ : सभामुख

१० आश्विन २०७५, बुधबार १४:३६

सभामुख कृष्णबहादुर महराले चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको उपचार केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् । अस्पतालको १९ औंँ वार्षिकोत्सव तथा १४ औँं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको मात्र नभएर यस अस्पताललाई.....

गाउँपालिकाद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

गाउँपालिकाद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

१० आश्विन २०७५, बुधबार १३:३३

दाङको विकट क्षेत्रको एक विद्यालयमा कम्प्युटर र सोलार जडान गरिएको छ । राजपुर गाउँपालिकाको गौरीशङ्कर आधारभूत विद्यालयलाई गाउँपालिकाले सीमा विकास कार्यक्रमअन्तर्गत नौ लाख रूपैयाँबराबरको दुई किलोवाटको सौर्य ऊर्जा, चार अाेटा कम्प्युटर, दुई अाेटा ल्यापटप, एउटा प्रिन्टरलगायतका सामान विद्यालयलाई उपलब्ध.....

कालीगण्डकी जलविद्युत केन्द्रको मर्मत सुरु, तोकिएको समय अगाडी नै सक्न कुलमानको निर्देशन

कालीगण्डकी जलविद्युत केन्द्रको मर्मत सुरु, तोकिएको समय अगाडी नै सक्न कुलमानको निर्देशन

९ आश्विन २०७५, मंगलवार २२:०२

नेपाल विद्युत प्राधिकरणको स्वामित्वको १ सय ४४ मेगावाटको कालीगण्डकी ए जलविद्युत केन्द्रको विद्युत गृहमा रहेको इन्लेट भल्ब तथा युनिट २ को बृहत मर्मत सुरु भएको छ । आयोजना निर्माणका वेला डिजाइन त्रुटीका कारण भल्बमा समस्या देखिएपछि प्राधिकरणले आइतबारबाट विद्युत गृह पूर्ण रुपमा बन्द गरी मर्मत सुरु गरेको.....

पप्पु कन्सट्रक्सनका प्रमुख रौनियालाई पक्राउ पूर्जी जारी

पप्पु कन्सट्रक्सनका प्रमुख रौनियालाई पक्राउ पूर्जी जारी

९ आश्विन २०७५, मंगलवार १८:०३

पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । जिल्ला अदालत रौतहटले रौनियारलाई पक्राउन गर्न पूर्जी जारी गरेको हो । लालबकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुखलाई बोलाइएपनि रौनियार उपस्थित नभएपछि.....

पुनर्निर्माणसम्बन्धी छलफल गर्न ज्ञवाली शुक्रबार अमेरिका जाँदै

पुनर्निर्माणसम्बन्धी छलफल गर्न ज्ञवाली शुक्रबार अमेरिका जाँदै

९ आश्विन २०७५, मंगलवार १६:५५

नेपालको पुनर्निर्माणसम्बन्धी छलफल गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली आगामी शुक्रबार अमेरिका जाँदैछन् । नेपालको पुनर्निर्माणसम्बन्धी भावी कार्ययोजना र अमेरिकाले गर्न सक्ने सहयोगका विषयमा राष्ट्रसङ्घमा छलफल हुनेछ । अहिलेसम्म पुनर्निर्माणको प्रगति र.....

रङ्गशालाका लागि पचास रोपनी जग्गा निःशुल्क

रङ्गशालाका लागि पचास रोपनी जग्गा निःशुल्क

९ आश्विन २०७५, मंगलवार १३:४८

पाँचथरको फिदिम नगरपालिका–५ मा रङ्गशाला निर्माणको लागि स्थानीय १० जनाले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । सरसिउला भन्ने ठाउँमा रङ्गशाला निर्माणका लागि ५० लाखभन्दा बढी मूल्य पर्ने जग्गा स्थानीयवासीले फिदिम नगरपालिकालाई निःशुल्क प्रदान गरेका हुन् । रङ्गशाला निर्माणको लागि सामान्यतः नौदेखि.....

सबै नेपालीलाई सेयरः तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्दै सरकार

सबै नेपालीलाई सेयरः तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्दै सरकार

९ आश्विन २०७५, मंगलवार १०:४२

सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउने लक्ष्यका साथ तीन हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु गर्ने भएको छ । ‘नेपालको पानी, जनताको लगानी’ मूल नाराका साथ सबै नेपालीलाई लगानीकर्ता बनाउने र दीर्घकालीन रूपमा आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यका.....

कालिञ्चोक केबलकार : प्रारम्भिक परीक्षण पास, तिहारअघि सञ्चालन

कालिञ्चोक केबलकार : प्रारम्भिक परीक्षण पास, तिहारअघि सञ्चालन

८ आश्विन २०७५, सोमबार १६:३१

मुलुकको तेस्रो केबलकारको रुपमा स्थापना भएको कालिञ्चोक केबलकार प्रारम्भिक परीक्षणमा सफल भएको छ । कालिञ्चोक दर्शन लिमिटेडले दुई वर्षअघिदेखि निर्माण सुरु गरेको केबलकारले पहिलो चरणको टेस्ट पास गरेको हो । दोलखाको कालिञ्चोक गाउँपालिका १ कालिञ्चोकमा निर्माण भइरहेको केबलकारको काम अन्तिम चरणमा पुगेको छ.....