समाचार


बस र टेम्पु ठोक्किँदा एकको मृत्यु

बस र टेम्पु ठोक्किँदा एकको मृत्यु

१ फाल्गुन २०७५, बुधबार १३:२४

लहान : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–५ स्थित सडकमा आज बिहान स्कूल बस र टेम्पु एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गएको ना ४ ख ४९०४ नम्बरको स्कूल बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३ च ३४२० नम्बरको टेम्पु एकापसमा ठोक्किँदा.....

बलात्कार आरोपीमाथि गोली प्रहार

बलात्कार आरोपीमाथि गोली प्रहार

१ फाल्गुन २०७५, बुधबार १२:१८

काठमाडौं : बलात्कार आरोप लागेका दिल्प दमाईमाथि प्रहरीले गोली प्रहार गरेको छ । उनी कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार थिए । बलात्कारको अभियोगमा गत सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दमाईलाई म्याद थपका लागि जिल्ला अदालत ल्याइएको बेला हत्कडीसहित फरार भएका थिए । दमाईमाथि बालिका.....

महायज्ञमा ९० लाख दान सङ्कलन

महायज्ञमा ९० लाख दान सङ्कलन

१ फाल्गुन २०७५, बुधबार १२:१८

घोराही । घोराही उपमहानगरपालिकास्थित जयशेर माध्यमिक विद्यालय रावतगाउँमा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरिएको श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञमा ९० लाख रुपैयाँभन्दा बढी दान सङ्कलन भएको छ । महायज्ञको अन्तिम दिनसम्म ९० लाख रुपैयाँ दान सङ्कलन भएको आर्थिक समितिले जानकारी दिएको.....

प्रहरी प्रधान कार्यालयले निकाल्यो १२ एसपीको काज सरुवा, कहाँ को परे ?

प्रहरी प्रधान कार्यालयले निकाल्यो १२ एसपीको काज सरुवा, कहाँ को परे ?

१ फाल्गुन २०७५, बुधबार ११:४५

नेपाल प्रहरीले १२ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार महानगरीय अपराध महाशाखामा एसपी केदार ढकाललाई काज सरुवा गरेको छ । एसपी ढकाल यसअघि रौतहट जिल्ला प्रहरी कार्यालयको प्रमुखका रुपमा कार्यरत थिए । त्यसैगरी जिल्ला प्रहरी कार्यालय झापामा एसपी दिनेश मैनालीलाई.....

चीन र रूसबीचको सम्बन्ध थप घनिष्ठ

चीन र रूसबीचको सम्बन्ध थप घनिष्ठ

१ फाल्गुन २०७५, बुधबार ११:०४

बेइजिङ । चीनले रूससँगको आफ्नो सम्बन्ध सन् २०१९ मा नयाँ उचाइमा पु¥याउन चाहेको रूसका लागि चिनियाँ राजदूत ली हुईले बताएका छन् । मङ्गलबार आफ्नो हस्ताक्षरमा पिपल्स डेलीमा एक लेख प्रकाशित गर्दै सन् २०१९ मा चीन–रूसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० बर्ष मनाउँदै गर्दा दुई मुलुकले सम्बन्धलाई थप प्रगाढ पार्नेछ.....

प्रदेश नम्वर १ सरकारले निजी क्षेत्रको सहकार्यमा बार्षिक कार्यक्रम पीपीपी मोडेलमा कार्यान्वयन गर्ने

प्रदेश नम्वर १ सरकारले निजी क्षेत्रको सहकार्यमा बार्षिक कार्यक्रम पीपीपी मोडेलमा कार्यान्वयन गर्ने

२९ माघ २०७५, मंगलवार १६:१६

काठमाडौं । प्रदेश नम्वर १ सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच सार्वजनिक निजी साझेदारी कार्यक्रम सञ्चालन गर्ने गरी सहमति भएको छ । निजी क्षेत्रसँगको सहकार्यमा प्रदेश नम्वर १ सरकारले चालू आर्थिक बर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममार्फत प्राथमिकताका साथ सम्वोधन गर्ने भएको हो । प्रदेश सरकारको बार्षिक.....

पोखरामा घाँटी रेटेर एक बालकको हत्या

पोखरामा घाँटी रेटेर एक बालकको हत्या

२९ माघ २०७५, मंगलवार १५:१२

काठमाडौं । कास्कीको पोखरामा एक बालकको घाँटी रेटेर हत्या गरिएको छ । पोखराको लेकसाइडमा निर्माणाधीन घरभित्र पाल्पाका १४ वर्षीय सचिन सिञ्जालीको घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ । सोमबार राति सिञ्जालीको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाका बारेमा प्रहरीले.....

फोहोर प्लाष्टिक किन्दै इलाम नगरपालिका

फोहोर प्लाष्टिक किन्दै इलाम नगरपालिका

२९ माघ २०७५, मंगलवार १४:०३

फिक्कल : इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लाष्टिक खरीद गर्न थालेको छ । वातावरण स्वच्छता कायम गर्नका लागि प्लाष्टिकजन्य फोहर खरीद गर्न थालेको नगरपालिकाले जनाएको छ । गत माघ १ गतेबाट प्रतिकिलो रु १५ का दरले प्लाष्टिकजन्य फोहर खरीद गर्ने व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए.....

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

२९ माघ २०७५, मंगलवार १३:५४

काठमाडौँ महानगरपालिका–७ गौरीघाटको मैंजुबहालस्थित सडकमा आज बिहान मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–७ गौरीघाट मैंजुबहालका २४ वर्षीय पारस थपलिया रहेको छ । बा ६८ प १०७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटनामा भई गम्भीर घाइते भएका थपलियाको.....

बालिका अपहरण गर्ने पक्राउ

बालिका अपहरण गर्ने पक्राउ

२८ माघ २०७५, सोमबार १७:४५

काठमाडौं । प्रहरीले तीन वर्षीय बालिका अपहरण गर्ने एक जनलाई पक्राउ गरेको छ। प्रहरीले अपहरणको अभियोगमा सोमबार दिउँसो घोराही उपमहानगरपालिका ९ ढिकपुर बस्ने २८ वर्षीय प्रयास चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए। चौधरीले सोमवार दिउँसो घोराही उप(महानगरपालिका.....