समाचार


रेष्टुराँ आगलागीमा ६० लाखको क्षति

रेष्टुराँ आगलागीमा ६० लाखको क्षति

३ श्रावण २०७५, बिहीबार १०:५१

विराटनगर महानगरपालिका–१२, पञ्चालीमा सञ्चालित गीतगजल रेष्टुराँमा आज बिहान आगलागी हुँदा करीब ६० लाख रूपैयाँ बराबरको सम्पत्ति जलेर खरानी भएको छ । विराटनगर वडा प्रहरी कार्यालयका अनुसार आज बिहान करिब ४ः१५ बजे भएको आगलागी विद्युत् सर्ट भएर भएको र सो क्षतिको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । स्थानीय.....

डा केसीलाई लिन हेलिकोप्टर पठाइयो

डा केसीलाई लिन हेलिकोप्टर पठाइयो

३ श्रावण २०७५, बिहीबार १०:३९

बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौँ ल्याउन सरकारले आज बिहान हेलिकोप्टर पठाएको छ । उनको जीवनरक्षा र स्वास्थ्य उपचारका लागि काठमाडौँ ल्याउनु अत्यावश्यक भएकाले आज बिहान हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधि.....

पशुजन्य वस्तुको आयातमा ५ प्रतिशत अग्रिम आयकरले व्यापारी मारमा

पशुजन्य वस्तुको आयातमा ५ प्रतिशत अग्रिम आयकरले व्यापारी मारमा

२ श्रावण २०७५, बुधबार १७:०८

सरकारले कृषि क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुका आयातमा यस अगाडीको व्यवस्थालाई यथावत् राख्दै ५ प्रतिशत अग्रिम आयकर लिने निर्णयले व्यापारी मारमा परेका छन । सरकारले आर्थिक बर्ष २०७५÷०७६ को आर्थिक विधेयकको दफा ९५(क) को ७ मा पशु वस्तु आयात गर्दा ५ प्रतिशत अग्रिम आयकर लिने निर्णय विरूद्द व्यापारीहरूले बुधबार.....

लुम्बिनी विकास बैङ्कका सीईओ बोहराले सम्हाले पदभार

लुम्बिनी विकास बैङ्कका सीईओ बोहराले सम्हाले पदभार

२ श्रावण २०७५, बुधबार १५:३५

लुम्बिनी विकास बैङ्कका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेशसिंह बोहराले आज (बुधबार)देखि जिम्मेवारी सम्हालेका छन् । यसअघि देव: विकास बैङ्कका डेपुटी सीईओ रहेका बोहराले आगामी ४ वर्षका लागि लुम्बिनीको जिम्मेवारी समालेका हुन् । त्यसअघि उनी नेसनल फाइनान्सका सीईओ थिए । साथै, उनीसँग नेपाल बङ्गलादेश,.....

पश्चिम सेती चीनलाई दिने तयारीमा सरकार

पश्चिम सेती चीनलाई दिने तयारीमा सरकार

२ श्रावण २०७५, बुधबार १२:४६

सरकारले स्वदेशी लगानीमै बनाउने भनेर बजेट उद्घोष गरेको पश्चिम सेती आयोजना सरकारले फेरी चीनलाई दिने तयारी गरेको छ । लगानी बोर्डको ३१ औँ बैठकका अवसरमा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो संकेत देखिएको हो । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक बर्ष २०७५÷०७६ को बजेटमा पश्चिम सेती स्वदेशी लगानी निर्माण.....

नेपालगञ्जका १६ स्थानमा सीसीटीभी क्यामेरा जडान

नेपालगञ्जका १६ स्थानमा सीसीटीभी क्यामेरा जडान

२ श्रावण २०७५, बुधबार ११:५५

नेपालगञ्ज उपमहानगरपालिकाले नगरको चोकमा उच्च प्रविधिको ‘हाइमास्ट’ बत्ती जडानको काम सुरु गरेको छ । नगरको सौन्दर्यता बढाई पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरको बिपी चोक, धम्बोझी चोक र पुष्पलाल चोकको चारकुनामा सो प्रविधिको बत्ती जडान गर्न लागिएको हो । नगरका अन्य चोकमा पनि क्रमशः यसखाले बत्ती जडान गरिने.....

ग्लोबल आईएमई र नेशनल लाइफ इन्स्योरेन्सबीच बैङ्कास्योरेन्स सम्झौता

ग्लोबल आईएमई र नेशनल लाइफ इन्स्योरेन्सबीच बैङ्कास्योरेन्स सम्झौता

१ श्रावण २०७५, मंगलवार १६:३७

ग्लोबल आईएमई बैङ्क र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीच मङ्गलबार बैङ्कास्योरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता हस्ताक्षरपछि ग्लोबल आईएमई बैङ्कका एक सय ३१ ओटै शाखामार्फत नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा योजना खरिद गर्न पाइने छ । साथै जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा छिटो,.....

विद्युत् चुहावट पाँच प्रतिशत घट्यो

विद्युत् चुहावट पाँच प्रतिशत घट्यो

१ श्रावण २०७५, मंगलवार १४:३६

विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७४÷७५ मा सिरहाको लहान क्षेत्रमा पाँच प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट ३५ प्रतिशतमा झरेको हो । विगत वर्षमा करीब ४० प्रतिशत विद्युत् चुहावट हुँदै.....

मुलुकभर ६४ प्रतिशत रोपाई, गत वर्षको तुलनामा उत्पादन बढ्ने अनुमान

मुलुकभर ६४ प्रतिशत रोपाई, गत वर्षको तुलनामा उत्पादन बढ्ने अनुमान

१ श्रावण २०७५, मंगलवार १४:२०

मुलुकभर हालसम्म ६४ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । कृषि मन्त्रालय अन्र्तगत कृषि प्रसार निर्देशनालयको तथ्यांकअनुसार मुलुकका सवै क्षेत्रमा तीव्र गतिमा धान रोपाई भइरहेको छ । मौसम सक्रिय हुन थालेपछि महिनाभर आधाभन्दा बढि रोपाई सम्पन्न भएको कृषि मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी दिए । उनले.....

महाकालीमा घाट बनाउन ठेक्का सम्झौता

महाकालीमा घाट बनाउन ठेक्का सम्झौता

१ श्रावण २०७५, मंगलवार ११:१८

भीमदत्त नगरपालिका–१२ महाकाली तटीय क्षेत्र ऐरीमा दाहसंस्कारका लागि अन्त्येष्टिघाट बनाउने प्रक्रिया अगाडि बढेको छ । अन्त्येष्टि घाट बनाउनका लागि तीन करोड रूपैयाँमा ठेक्का सम्झौता गरिएको छ । शनिदेव निर्माण सेवा कम्पनीसँग घाट निर्माणका लागि ठेक्का गरिएकाले असोज महिनादेखि कार्य सुरु हुने सहरी डिभिजन.....