झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आज बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त रिजाल नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए । बिहान करिब ३ बजे प्रालिको.....
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुई अाेटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१/आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुई अाेटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी.....
तनहुँको व्यास नगरपालिका–३ मादी नदीको पुलमा आज राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । बिहान ५ बजे पुलमा फेला परेको बम नेपाली सेनाको श्री नं ३ बाहिनी खैरेनीटारबाट आएको बम निष्क्रिय टोलीले ९ बजे निष्क्रिय पारेको हो । सेनाको उक्त टोली निकै ढिला गरी त्यहाँ पुग्दा धेरै समय त्यस क्षेत्रको.....
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सवारी चालक अनुमतिपत्र नवीकरणजस्तो सहज कार्यमा सेवाग्राहीले व्यहोर्नु परेको दुःख कष्टको अब अन्त्य भएको बताएका छन् । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरबाट चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नवीकरण कार्यको आज शुभारम्भ गर्दै उनले जनताले.....
महेन्द्रनगरबाट प्युठान सदरमुकाम खलङ्गा आउँदै गरेको ना ४ ख १८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । गम्भीर घाइते पाँच जनालाई बुटवल र अन्यलाई जिल्ला अस्पताल बिजुवार लगिएको छ । मृत्यु हुनेमा बस चालक कैलाली चौमालाका वीरबहादुर थारुको मृत्यु भएको छ भने अन्य मृतकको सनाखत.....
विगत केही दिनयता देखि उदयपुर बेलका नगरपालिका क्षेत्रमा फौजीकीराको बिगबिगी बढ्दा जङ्गल चर्न जाने पशुचौपाया मर्न थालेका छन् । बेलका नगरपालिकाको बङ्गलामुखी, खयरमारा, जहडा, सिसुवा, रातापानी, गलेनी र सेतीखोलालगायत आसापासका क्षेत्रमा फौजीकीराको बिगबिगी बढ्न थालेपछि जङ्गल चर्न जाने पशुचौपाया मर्न थालेका.....
मेगा बैङ्क नेपाल लिमिटेडले इलाम, सिरहा र बर्दियामा नयाँ शाखा विस्तार गरेको छ । इलाम जिल्लाको रोङ गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकामा मेगाले नयाँ शाखा विस्तार गरेको हो । योसँगै मेगा बैङ्कका नयाँ शाखा ५२ ओटा पुगेका छन् । बैङ्किङ पहुँचभन्दा बाहिर रहेका नेपालीहरुलाई.....
नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न विवेकशील साझा पार्टीले केन्द्रीय कार्यालयमा राखेको ब्यानर प्रहरीले हटाएको छ । विवेकशील साझाले पार्टी कार्यालयमा राखेको कालो ब्यानरमा भनिएको छ ‘मोदीजी नेपालमा स्वागत छ । तर नाकाबन्दी बिर्सेका छैनौँ ।’ यही कालो ब्यानरको विषयलाई.....
प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरबाट काठमाडौंमा आइपुगेका छन् । दिल्लीबाट बिहार, जनकपुर हुँदै मोदी काठमाडौं आएका हुन् । मोदीलाई प्रदेशसभा २ सरकार, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र जनकपुर उद्योग वाणिज्य सङ्घले एक सय २१ किलोको छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् । मोदीलाई जनकपुरमा नागरिक अभनिन्दन.....
छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदि जनकपुर आइपुगेका छन् । दुई दिने धार्मिक भ्रमणका लागि प्रधानमन्त्री मोदि एयर इन्डियाको विमान बाट जनकपुर आइपुगेका हुन । प्रधानमन्त्री मोदिलाई रक्षामन्त्री इश्वर पोखरेल र दुई प्रदेशका मूख्य मन्त्री जनकपुरमा रहेको जानकी मन्दिरमा दर्शन पछि जनकपुरस्थित.....