समाज


एकल महिलाको सशक्तीकरण आवश्यक

एकल महिलाको सशक्तीकरण आवश्यक

३० बैशाख २०७६, सोमबार १७:२६

घोराही । अठ्ठाइस वर्षको उमेरमा पति गुमाउनुपर्दाको पीडा भोगिरहेकी हुमा डिसीको काँधमा दुई छोरी र एक छोरा हुर्काउने जिम्मेवारी आइपरेको थियो । त्यही जिम्मेवारीलाई बहन गर्ने क्रममा उनी एउटा सहकारी संस्थामा बचत उठाउन थालिन् । विस्तारै उनले एकल महिलाको हकअधिकारका लागि ठाउँ ठाउँमा चेतना फैलाउने कार्यमा पनि.....

हटेन विभेद : दलित अगुवा

हटेन विभेद : दलित अगुवा

३० बैशाख २०७६, सोमबार १५:३४

परशुरामधाम । डडेल्धुरामा दलितहरुमाथि जातीय विभेद कायमै रहेको दलित समुदायका अगुवाहरुले गुनासो गरेका छन् । जातीय आधारमा भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि व्यवहारमा लागू नभएको भन्दै अधिकारकर्मीले गुनासो गरेका हुन् । दलित समुदायका व्यक्तिले भैंसी पालेर व्यवसाय गरौं भन्दा उसले उत्पादन.....

आगलागीमा दुई घर जल्यो

आगलागीमा दुई घर जल्यो

३० बैशाख २०७६, सोमबार १५:१८

खोटाङ । आगलागीमा दुई घर जल्दा खोटाङमा साढे नौ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । आइतबार ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुवास परियार र नरबहादुर परियारको घरमा आगलागी हुँदा सुवासको छ लाख ८५ हजार र नरबहादुरको दुई लाख ६९ हजार रूपैयाँबराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक.....

कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

३० बैशाख २०७६, सोमबार १२:०४

सुर्खेत । कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सोमबार सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् सोमबार बिहान मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णय सार्वजनिक गरेका हुन् । बैठकले.....

देशभर पानी पर्ने, राति हावाहुरीको सम्भावना

देशभर पानी पर्ने, राति हावाहुरीको सम्भावना

३० बैशाख २०७६, सोमबार १०:५६

काठमाडौं । आगामी तीन दिनको मौसम फेरबदली भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ भने केही स्थानहरुमा भने मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको तीन दिनको मौसम पूर्वानुमान यसप्रकार छ । बैशाख ३० गते (सोमबार) दिउँसोः.....

असिना पानीसँगै परेको चट्याङले ८ जना गम्भीर

असिना पानीसँगै परेको चट्याङले ८ जना गम्भीर

३० बैशाख २०७६, सोमबार ०९:४९

खोटाङ । हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते.....

दर्ज्यानी चिह्न प्रदान

दर्ज्यानी चिह्न प्रदान

२९ बैशाख २०७६, आईतवार १५:१०

काठमाडौँं । प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा वैशाख १९ गते बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई प्रहरी नायब महानिरीक्षक पदमा बढुवाका लागि सिफारिश गरेपछि उनलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको हो । प्रहरी.....

पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा गर्न मिल्दैनः पूर्वसभामुख घर्ती

पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा गर्न मिल्दैनः पूर्वसभामुख घर्ती

२९ बैशाख २०७६, आईतवार १२:०८

रुपन्देही । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश नम्बर ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको एकलौटी निर्णयमा प्रदेशको राजधानी घोषणा नगर्ने बताएकी छन् । प्रदेश राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पार्दै उनले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामकरणको टुङ्गो.....

भारतबाट उद्धार गरिएका १५ युवती परिवारको जिम्मामा

भारतबाट उद्धार गरिएका १५ युवती परिवारको जिम्मामा

२९ बैशाख २०७६, आईतवार ११:३०

भद्रपुर । भारतबाट उद्धार गरी ल्याइएका १५ महिलालाई परिवारको जिम्मा लगाइएको छ । भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट उद्धार गरिएका २३ महिलामध्ये १५ लाई शनिबार परिवारको जिम्मा लगाइएको हो । माइती नेपालका निर्देशक विश्वराम खड्काका अनुसार उनीहरूलाई वैशाख २६ गते काँकडभिट्टा हुँदै नेपाल ल्याएर माइती नेपालको.....

कनकाई पुलमा भेटिएको शंकास्पद बस्तु प्रेसर कुकर बम भएको पुष्टि, नेपाली सेनाद्वार डिस्पेज

कनकाई पुलमा भेटिएको शंकास्पद बस्तु प्रेसर कुकर बम भएको पुष्टि, नेपाली सेनाद्वार डिस्पेज

२९ बैशाख २०७६, आईतवार १०:४७

झापा । झापाको कनकाई नदीको पुलमा आइतबार बिहान भेटिएको शङ्कास्पद वस्तु प्रेसर कुकर बम भएको पुष्टि भएको छ । उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको सो पुलमा स्थानीय एक व्यक्तिले बिहान ‘मर्निङ वाक’ जाँदा सो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए.....