समाज


चिठ्ठाकोे एक किलो सुनबाट एम्बुलेन्स

चिठ्ठाकोे एक किलो सुनबाट एम्बुलेन्स

१२ चैत्र २०७५, मंगलवार १६:५६

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कारवापत प्राप्त एक किलो सुनबाट एम्बुलेन्स खरीद गर्ने भएकाे छ । समितिको वीरगञ्ज शाखा कार्यालयलाई कान्तिपुर पब्लिकेसन्स प्रालिको ‘कान्तिपुरको स्वर्णपुर २’ ग्राहक योजनामा बम्पर पुरस्कारअन्तर्गत एक किलो सुन प्राप्त भएको छ । उक्त सुनको रकमबाट समितिले.....

मेलम्चीको छानबिन गर्न अख्तियारमा उजुरी

मेलम्चीको छानबिन गर्न अख्तियारमा उजुरी

१२ चैत्र २०७५, मंगलवार १५:१९

काठमाडौं । मेलम्ची खानेपानीमा भ्रष्टाचार र ढीला सुस्तीको अनुसन्धानको माग गर्दै विवेकशील साझा पार्टीले अख्तियारमा उजुरी दिएको छ । आयोजनामा भएको ढिलासुस्ती र भ्रष्टाचारको अनुसन्धान गर्न भन्दै विवेकशील दलकी नेतृ रञ्जु दर्शनासहितको टोलीले मङ्गलबार आयोगमा उजुरी गरेको हो । अख्तियारका प्रवक्ता प्रदीपकुमार.....

नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्ता पक्राउ

१२ चैत्र २०७५, मंगलवार १४:४०

दमौली । नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, ब्यास नगरपालिका–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा छन् । पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँको अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी.....

समुदाय प्रहरी साझेदारी : ७५१ तहसँग सम्झौता

समुदाय प्रहरी साझेदारी : ७५१ तहसँग सम्झौता

१२ चैत्र २०७५, मंगलवार १४:३०

काठमाडौँ । नेपाल प्रहरीले अवलम्बन गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत अहिलेसम्म ७५१ स्थानीय तहसँग सम्झौता भएको छ । सम्झौता भएकामध्ये ७४० स्थानीयतहमा पालिका समिति समेत गठन भइसकेको छ । समाजमा हुने अपराध नियन्त्रण तथा रोकथाम गरी शान्ति सुरक्षा कायम गर्ने मूलभूत उद्देश्यले स्थानीय तहसँग.....

बलात्कार गरेको आरोपमा पक्राउ

बलात्कार गरेको आरोपमा पक्राउ

१२ चैत्र २०७५, मंगलवार १४:२५

नुवाकोट । न्यूनदृष्टियुक्तलाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–२ अम्बोटेका ३७ वर्षीय हरिबहादुर तामाङलाई प्रहरीले प्रक्राउ गरेको छ । अभियुक्त तामाङले युवतीलाई आइतबार बलात्कार गरेको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोमबार नै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भीमलाल.....

लुम्बिनीमा सुरू भयाे अन्तर्राष्ट्रिय सम्मेलन

लुम्बिनीमा सुरू भयाे अन्तर्राष्ट्रिय सम्मेलन

१२ चैत्र २०७५, मंगलवार १३:५८

रुपन्देही । लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले ‘दक्षिण एशियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि लुम्बिनीमा शुरु भएको छ । नेपाल सरकार, लुम्बिनी विकास कोष, र विनचेस्टर विश्वविद्यालय बेलायतको संयुक्त.....

ठमेल र टोखाबाट १९ जुवाडे पक्राउ

ठमेल र टोखाबाट १९ जुवाडे पक्राउ

१२ चैत्र २०७५, मंगलवार १२:३७

काठमाडौं । प्रहरीले काठमाडौंको ठमेल र टोखाबाट १९ जुवाडेलाई पक्राउ गरको छ । सोमबार ठमेलस्थित सगरमाथा ट्रेकिङ पसलमा जुवा खेल्दै गरेका पसल सञ्चालक हस्तबहादुर परियारसहित ५ जनालाई ४५ हजार ५० रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले काठमाडौंको टोखा नगरपालिका ६ भरतपाटीबाट पनि १४ जुवाडेलाई.....

भलिबल खेल्ने क्रममा एक युवकको हत्या

भलिबल खेल्ने क्रममा एक युवकको हत्या

१२ चैत्र २०७५, मंगलवार १२:३२

काठमाडौं । भलिबल खेल्ने क्रममा भएको विवादपछि कुटपिट हुँदा बझाङमा एक युवकको मृत्यु भएको छ । बझाङको सुर्मा गाउँपालिका ५ स्थित सौनगाउँका १४ वर्षीय आनन्द विकको कुटपिटबाट मृत्यु भएको हो । भलिबल खेल्ने क्रममा विदाद हुँदा सोही ठाँउका १८ वर्षीय जीवन बोहरा र रनु बोहराको कुटाइबाट विकको मृत्यु भएको जिल्ला प्रहरी.....

नेप्सेमा धर्ना दिने ११ सेयर लगानीकर्ता पक्राउ

नेप्सेमा धर्ना दिने ११ सेयर लगानीकर्ता पक्राउ

१२ चैत्र २०७५, मंगलवार १२:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको कार्यालयमा धर्ना बसेका ११ जना सेयर लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेप्से कार्यालयमा धर्ना दिन आइतबार बिहानै गएका नौ जना पुरुष र दुई जना महिला गरी ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए । उनका.....

हुल्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा

हुल्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा

१२ चैत्र २०७५, मंगलवार ०८:१९

हुम्ला । यहाँ चैतको दोस्रो साता पुनः हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या बनाएको छ । हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका.....