समाज


अपहरणको नाटक : परिवारबाटै २३ लाख फिरौती माग

अपहरणको नाटक : परिवारबाटै २३ लाख फिरौती माग

१७ चैत्र २०७५, आईतवार १२:१६

काठमाडौं । अपहरणमा परेको नाटक गर्दै परिवारसँग फिरौती माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले दार्चुला नौलागाडका २६ वर्षीय अजयसिङ धामीलाई पक्राउ गरेको हो । धामी अपहरणको नाटक गर्दै गत शुक्रबाट अपहरणमा परेको भन्दै परिवारबाट सम्पर्कविहीन भएका थिए । धामीले अपहरणमा परेको नाटक.....

लागुऔषधका ६४ मुद्दा, १०९ प्रहरी नियन्त्रणमा

लागुऔषधका ६४ मुद्दा, १०९ प्रहरी नियन्त्रणमा

१७ चैत्र २०७५, आईतवार १२:०५

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महिनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ । लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष गरी १०९ लाई नियन्त्रणमा लिएर कारबाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रतिवेदन.....

काठमाडौंका ३ कलेजमा तोडफोड, नेविसंघका १५ जना पक्राउ

काठमाडौंका ३ कलेजमा तोडफोड, नेविसंघका १५ जना पक्राउ

१७ चैत्र २०७५, आईतवार ११:४५

काठमाडौं । काठमाडौंका विभिन्न तीन ओटा कलेज तोडफोड गर्ने नेपाल विद्यार्थी संघका १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा विश्वविद्यालयको शुल्कलाई लिएर नेविसंघले काठमाडौंको पुरानो बानेश्वरमा रहेको एपेक्स कलेज, राजधानी कलेज र एसएम कलेज तोडफोड गरेको छ । कलेज तोडफोडमा संलग्न नेविसंघका १५.....

ट्रकसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

ट्रकसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

१७ चैत्र २०७५, आईतवार १०:३२

चन्द्रौटा । शिवराज नगरपालिका–५ चन्द्रौटाको राजस्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका–१ भलुही निवासी २२ वर्षीय सनी थारू छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४१२६ नंको ट्रक चन्द्रौटा खसी बजारस्थित राजस्व चेकप्वाइन्टमा रोकिएको.....

पन्ध्र लाख भारु चोरेको आरोपमा एक पक्राउ

पन्ध्र लाख भारु चोरेको आरोपमा एक पक्राउ

१७ चैत्र २०७५, आईतवार १०:१७

बैतडी । भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेका एक नेपाली पक्राउ परेका छन् । भारतको राजस्थानबाट पैसा चोरेर भागेका बैतडीका नागरिकलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय नीरजबहादुर चन्दलाई गए राति उनकै घरबाट पक्राउ गरिएको.....

यौनवर्द्धक औषधिसहित चार पक्राउ

यौनवर्द्धक औषधिसहित चार पक्राउ

१७ चैत्र २०७५, आईतवार १०:१४

सुरुङ्गा । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिइएको छ । जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवर्द्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि नियन्त्रणमा लिएको जिल्ला प्रहरी.....

ढुकुटीका नाममा ठगेको पैसाले घरघडेरीदेखि गाडीसम्म

ढुकुटीका नाममा ठगेको पैसाले घरघडेरीदेखि गाडीसम्म

१५ चैत्र २०७५, शुक्रबार १५:११

काठमाडौं । श्रीमान् विदेश भएका र एकल महिलालाई ढुकुटी खेलाएर करोडाैं रुपैयाँ ठगी गर्ने र तिनै महिलालाई यौनशोषण गर्ने दाङका महेश भन्ने भुवन धिताललाई प्रहरीले पक्राउ गरेको छ । तीन वर्ष मलेसिया र २ वर्ष दुबई बसेर नेपाल फर्केका धितालको धन्दा नै एकल महिला र विदेशमा श्रीमान् भएका महिलालाई ठूलो रकमको आस देखाउँदै.....

वैदेशिक रोजगारीः नेपालभित्रै हुने ठगीका उजुरी बढी

वैदेशिक रोजगारीः नेपालभित्रै हुने ठगीका उजुरी बढी

१५ चैत्र २०७५, शुक्रबार १४:३९

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा नेपालभित्रै हुने ठगीका मुद्दा बढी पर्ने गरेको देखिएको छ । नागरिक अधिकारका लागि जनमञ्च (पिपुल फोरम) को चार महिनाको तथ्याङ्कानुसार गत मङ्सिरदेखि फागुनसम्म मात्र ५६ प्रतिशत वैदेशिक रोजगार ठगीका मुद्दा नेपालभित्रै भएको ठगीअन्तर्गत दर्ता भएका छन् । त्यसैगरी टर्कीमा भएको.....

नेपालगन्जमा भेटियो हतियार कारखाना

नेपालगन्जमा भेटियो हतियार कारखाना

१५ चैत्र २०७५, शुक्रबार १२:४६

काठमाडौं । प्रहरीले नेपालगन्जबाट घरेलु हतियार बनाउने कारखानामा छापा मारेको छ । नेपालगन्ज वडा प्रहरी कार्यालयसँगै सञ्चालित हतियार कारखानामा प्रहरीले छापा मारेको हो । प्रदेश ५ को प्रहरीको विशेष ब्युरोको टोलीले शुक्रबार बिहान कारखानामा छापा मारेको हो । प्रहरीले अवैध हतियार कारखाना चलाउने नेपालगन्जकै.....

चरेससहित ठूलो मात्रामा लागुऔषध बरामद

चरेससहित ठूलो मात्रामा लागुऔषध बरामद

१५ चैत्र २०७५, शुक्रबार ११:५१

धादिङ । दक्षिणी धादिङको गजुरी गाउँपालिका–७ पेटारेमा घरमा लुकाईछिपाई राखिएको अवस्थामा बिहीबार राति चरेस, चरेस बनाउने धुलो र गाँजा बरामद गरी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको थियो । गजुरी.....