एनटीआर्इएसका ९ वस्तुमध्ये अदुवाको निर्यात उत्कृष्ट

आर्थिक वर्ष २०७४/०७५ को पहिलो ८ महिनामा ४५ करोड ५८ लाख ३३ हजार रुपैयाँ बराबरकाे १४ करोड ७ लाख ४९ हजार ६ सय ८१ किलो अदुवा निर्यात भएको हो । त्यस्तै आर्थिक वर्ष २०७३र०७४ को सोही अवधिमा ३७ लाख ६२ हजार ६५ किलो अदुवा विदेश निर्यात भएर १६ करोढ ३७ लाख रुपैयाँ नेपाल भित्रिएको थियो ।

नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) का ९ उत्पादनमध्ये अदुवाको निर्यात उत्कृष्ट रहेको छ । कृषिमा आधारित उत्पादनहरुमध्ये अदुवाको निर्यात एक वर्षमा एक सय ७८ प्रतिशतले बढेको हो ।

व्यापार तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ को पहिलो ८ महिनामा ४५ करोड ५८ लाख ३३ हजार रुपैयाँ बराबरकाे १४ करोड ७ लाख ४९ हजार ६ सय ८१ किलो अदुवा निर्यात भएको हो । त्यस्तै आर्थिक वर्ष २०७३र०७४ को सोही अवधिमा ३७ लाख ६२ हजार ६५ किलो अदुवा विदेश निर्यात भएर १६ करोढ ३७ लाख रुपैयाँ नेपाल भित्रिएको थियो ।

त्यस्तैगरी अलैँची, लेदर, चिया र धागोजन्य वस्तुहरुको निर्यात समेत बढेको देखिन्छ । जसअनुसार अलैँचीको निर्यात आर्थिक वर्ष २०७३/०७४ मा २१ लाख ६५ हजार ९ सय ८२ किलो थियो । अलैंची निर्यातबाट २ अर्ब ६१ करोड ४२ लाख ५६ हजार रुपैँया विदेशबाट नेपालमा भित्रिएको थियो भने २०७४/०७५ मा ३८ लाख ७६ हजार ८ सय ९२ किलो अलैँची निर्यातबाट ३ अर्ब ५९ करोड ६२ लाख ४७ हजार रुपैयाँ नेपाल भित्रिएको भएको हो ।

त्यस्तैगरी लेदरको निर्यात समीक्षा अवधिमा ३० प्रतिशतले वृद्धि भएको छ । चिया निर्यात २५ प्रतिशत र १६ प्रतिशतले निर्यात बढेको छ । कृषि तथा निर्माण सामग्रीहरुमध्ये केही वस्तुको निर्यात घटेको देखिन्छ । फुटवेयरजन्य वस्तुको निर्यात १७ प्रतिशतले घटेको छ । आव २०७३/०७४ मा १० लाख ६१ हजार ७ सय ७९ रुपैयाँको निर्यात भएकोमा आव २०७४/०७५ मा ८ लाख ७८ हजार ९ सय ९ रुपैयाँको फुटवेयरजन्य वस्तुको निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्कले देखाएको छ ।

त्यस्तैगरी कार्पेटको निर्यात ९ दशमलव ८३, पश्मिनाको ७ दशमलव ४४ र मेडिसिन तथा औषधिजन्य वस्तुहरु ४ दशमलव ९३ प्रतिशतले निर्यातमा कमी आएको छ । नेपालमा उत्पादित वस्तुको निर्यात घट्नु र बढ्नुमा उत्पादन परिमाण, उत्पादन लागत र वस्तुको अन्तर्राष्ट्रिय मागमा निर्भर हुने पूर्व वणिज्य सचिव पुरुषोत्तम ओझा बताउँछन्।

उनले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवेश, भन्सार अवरोध लगायतका समस्या हटाई उत्पादन बढाउँदै निर्यातमुखी बजारको व्यवस्थामा जोड दिनुपर्ने बताए । ‘हामीले वस्तु उत्पादन कति गरेका छौ र त्यस्को लागत र बजार माग कस्तो छ भन्ने कुराले निर्यात घट्ने बढ्ने कुरा निर्धारण गर्छ’ उनले भने, ‘अदुवा, चिया, अलैँचीजन्य बस्तुहरुको माग अन्तर्राष्ट्रिय बजारमा राम्रै छ ।’ उनले नेपाली कृषिजन्य वस्तुहरुको उत्पादनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए ।