तारा एयरले गर्यो इलामको फाल्गुनन्द विमानस्थलमा परीक्षण उडान

सोमबार बिहान १० बजेर ५६ मिनेटमा काठमाडौंबाट उडेको नाइन एन एईटी ट्विनअटर जहाज फाल्गुनन्द विमानस्थलमा अवतरण गरेको तारा एयरका डेपुटी म्यानेजर पुरुषोत्तमराज महतले बताए ।

प्रदेश १ को इलाममा निर्माण गरिएको फाल्गुनन्द विमानस्थलमा तारा एयरले परीक्षण उडान गरेको छ । तारा एयरका डेपुटी म्यानेजर पुरुषोत्तमराज महतले सोमबार बिहान १० बजेर ५६ मिनेटमा काठमाडौंबाट उडेको नाइन एन एईटी ट्विनअटर जहाज फाल्गुनन्द विमानस्थलमा अवतरण गरेको बताए ।

२०७१/७२ बाट निर्माण सुरु भएको सो एयरपोर्टको लागत २० करोड रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का निर्देशक ध्रुव भोछिभयाले जानकारी दिए । सो एयरपोर्ट सञ्चालनपछि इलाम र पाँचथरका स्थानीयलाई सहज हुनेछ ।