अब खुला प्रतिस्पर्धाबाट निगमको नेतृत्व

उनले राजीनामा दिने वित्तिकै मन्त्रीले खुला प्रतिस्पर्धाबाट नयाँ नेतृत्व छान्न आफू लागि पर्ने बताए । तत्नकालीन प्रवन्ध निर्देशक गोपाल खड्का निलम्बनमा परेपछि निगमलाई निमित्तले चलाउँदै आएका थिए । ‘निमित्तका भरमा निगम चलाउँदा ठूला तथा महत्वपूर्ण निर्णयहरु हुन नसक्दा निगमले राम्रोसँग काम गर्न सकेको छैन’ मन्त्री यादवले भने, ‘निगमलाई थप बलियो बनाउन नयाँ प्रवन्ध निर्देशक ल्याउँछौ ।’

नेपाल आयल निगमको प्रबन्ध निर्देशकको रुपमा कार्यरत रहेर चार वर्षसम्म हालिमुहाली गरेका गोपाल खड्काले विभागीय मन्त्री मात्रिका यादवलाई राजीनामा बुझाएसँगै खुला प्रतिस्पर्धाबाट नयाँ नेतृत्व छाने प्रक्रिया पनि अघि बढेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादवलाई खड्काले राजीनामा दिने वित्तिकै उनले अब निगममा खुला प्रतिस्पर्धाबाट नयाँ नेतृत्व छान्ने बताए । खड्काले पदीय दुरुपयोग गर्दै व्यापक अनियमिता गरेपछि उनी मन्त्रालय तानिएका थिए । मन्त्रालय तानिएको झण्डै एक वर्ष पछि खड्काले राजीनामा दिएका हुन् ।

उनले राजीनामा दिने वित्तिकै मन्त्रीले खुला प्रतिस्पर्धाबाट नयाँ नेतृत्व छान्न आफू लागि पर्ने बताए । तत्नकालीन प्रवन्ध निर्देशक गोपाल खड्का निलम्बनमा परेपछि निगमलाई निमित्तले चलाउँदै आएका थिए । ‘निमित्तका भरमा निगम चलाउँदा ठूला तथा महत्वपूर्ण निर्णयहरु हुन नसक्दा निगमले राम्रोसँग काम गर्न सकेको छैन’ मन्त्री यादवले भने, ‘निगमलाई थप बलियो बनाउन नयाँ प्रवन्ध निर्देशक ल्याउँछौ ।’

खड्काको नेतृत्व कार्यकाल राजनीतिक चलखेल हुने गरेकाले अवको नेतृत्व निगमलाई सुधार गर्ने गरी चयन गर्ने उनले बताए । अहिले निगमका हरेक गतिविधिमा अख्तियारले छानविन गरिरहेको उनको भनाई छ ।