किसान र उपभोक्ता ठग्ने बिचौलिया विरुद्ध आक्रामक बन्दै सरकार

बिना बिलबीजक कारोबार गर्ने तरकारी पसल हटाउने समेत निर्णय गरेको हो । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालिमाटी फलफूल तथा तरकारी बजारमा गरेको अनुगमनका क्रममा बिनाबिलबीजक कारोबार गरी उपभोक्ता ठगेको भन्दै बिचौलियाको अन्त्य गर्न यस्तो निर्णय गरेको हो ।

सरकारले किसान र उपभोक्ता ठग्ने बिचौलिया अन्त्य गर्न आक्रामक बनेको छ । लामो समयदेखि कालिमाटी फलफूलतथा तरकारी बजारमा देखिएको बेथिति अन्त्यका लागि सरकारले नयाँ एक्सन सुरु गरेको हो ।

बिना बिलबीजक कारोबार गर्ने तरकारी पसल हटाउने समेत निर्णय गरेको हो । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालिमाटी फलफूल तथा तरकारी बजारमा गरेको अनुगमनका क्रममा बिनाबिलबीजक कारोबार गरी उपभोक्ता ठगेको भन्दै बिचौलियाको अन्त्य गर्न यस्तो निर्णय गरेको हो ।

आम किसानबाट सस्तोमा तरकारी खरिद गरी बिनाबिलबीजक महँगोमा बेची उपभोक्ता ठग्दै आएका बिचौलियाको अन्त्य हुनुपर्ने कृषि विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए ।

नियम सङ्गत रुपमा कम्तीमा पनि कति मूल्यमा किसानबाट खरिद गरेर र कति मूल्यमा बिक्री गरिएको बिल हुनुपर्ने उनको तर्क छ । उनले बिनाबिलबीजक कारोबार गर्ने व्यवसायीले सरकारको नियम पालना गर्नुपर्ने दायित्व रहेको उल्लेख गरे ।

‘कम्तीमा पनि किसानबाट कति मूल्यमा खरिद गरेको र कतिमा बिक्री गरियो भन्ने लेखा राखियोस् भन्ने हो,’ उनले भने, ‘व्यवसाय दर्ता गरी नियम सङ्गत व्यापार हुनुपर्छ ।’ उनले यस विषयमा सरकार आफ्नो निर्णयबाट पछि नहट्ने गरी अगाडि बढेको बताए । ‘सरकारको निर्णय सबै व्यवसायीले पालना गर्नुपर्छ’ उनले भने, ‘अब सरकार पछाडि हट्दैन ।’

साेमबार कृषि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको टोलीले गरेको अनुगमनमा बिनाबिल बीजक बिक्री गर्ने उद्देश्यले ल्याइएका दुई तरकारी ट्रक नियन्त्रणमा लिइएको थियो । गत असारमा कृषिमन्त्री चक्रपाणि खनालले कालिमाटी तरकारी बजारको अनुगमन समेत गरेका थिए । उनले त्यतिबेला निश्चित कार्य विधि बनाइने र त्यसको पालना गर्नेलाई मात्र बस्न दिइने अन्यलाई हटाइने बताएका थिए । मन्त्री खनालले दुई/चार महिनाको अवधिमा पनि आफ्नो व्यापार नसुधारे कालिमाटीको विकल्प समेत खोजिने बताएका छन् ।

यता व्यवसायीले आफ्नो व्यापार र उद्योग गर्न नदिने नियत राखेको बताएका छन् । महासङ्घले महासचिवलगायत आफ्ना व्यवसायीलाई गिरफ्तारको दुष्प्रयास गरिएको कदमप्रति आन्दोलनस्वरुप मुलुकभरका तरकारी पसललाई बेचबिखन रोकेका छन् । उपभोक्ता सर्वसुलभ रुपमा तरकारी तथा फलफूल उपलव्ध गराउँदै आएका व्यवसायीलाई धराशायी बनाउन सरकार उद्दत रहेको महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेको आरोप छ ।