पीपीएका लागि चिनी उद्योगलाई पत्राचार

नेपाल विद्युत् प्राधिकरणले एभरेस्ट सुगर मिल र इन्दुशङ्कर चिनी उद्योगलाई प्रतिकिलोवाट ६ सय रुपैयाँका दरले बैङ्क ग्यारेन्टीसहित पीपीएको अन्तिम स्वीकृतका लागि आउन पत्राचार गरेको हो ।

उखुको बगास (खोस्टा)बाट उत्पादन हुने विद्युत्का लागि विद्युत् खरिद सम्झौता (पीपीए) का लागि दुई ओटा प्रवद्र्धक चिनी उद्योगलाई पत्राचार गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले एभरेस्ट सुगर मिल र इन्दुशङ्कर चिनी उद्योगलाई प्रतिकिलोवाट ६ सय रुपैयाँका दरले बैङ्क ग्यारेन्टीसहित पीपीएको अन्तिम स्वीकृतका लागि आउन पत्राचार गरेको प्राधिकरणका प्रवक्ता तथा विद्युत् विकास विभागका प्रमुख प्रबल अधिकारीले जानकारी दिए ।

यस वर्षको हिउँदसम्ममा पीपीएको अन्तिम स्वीकृति, वित्तीय व्यवस्थापनलगायत अन्य सम्झौता फाइनल गरी उत्पादन थाल्न आग्रह गरिएको उनले बताए । आगामी हिउँदसम्ममा ती दुवै चिनी उद्योगबाट ६ मेगावाट विद्युत् गर्ने गरी पीपीए गरिने उनले जानकारी दिए ।

त्यस्तै अर्को १५ मेगावाटको रिलायन्स सुगर मिलको पीपीए ड्राफ्टसम्बन्धी प्रवद्र्धकलाई उपलब्ध गराइसकिएको छ । प्रवद्र्धकले प्रारम्भिक हस्ताक्षर गरी विद्युत् विकास विभागमा पेस गरेपछि पीपीएको स्वीकृति प्रक्रिया अघि बढ्ने उनले बताए । पीपीए ड्राफ्ट एन्ड नेगोसिएसनको बैठकले पीपीएका लागि बैङ्क ग्यारेन्टीसहित पत्राचार गर्नेछ ।

रिलायन्स सुगर मिलले मौखिक रुपले पीपीएको स्वीकृतिका लागि आउने बताए पनि ढिलाइ गरिरहेको उनको भनाइ छ । यसरी नै रिलायन्सले ढिला गर्दै गएको खण्डमा प्राधिकरणले पर्खन नसक्ने अधिकारीको तर्क छ । ‘रिलायन्स पीपीए स्वीकृतिमा जति ढिला ग¥यो । त्यति नै सबस्टेसनसम्बन्धी प्रसारण लाइन बनाउन ढिला हुन्छ,’ उनले भने, ‘त्यसका लागि प्राधिकरणले ताकेता गरिरहेको छ ।’

दुई चिनी उद्योगले बर्खायाममा प्रतियुनिट ४ रुपैयाँ ८० र हिउँदमा ८ रुपैयाँ ४० पैसाका दरले पीपीए भएको अधिकारीले बताए । उखुको खोस्टाबाट उत्पादन हुने विद्युत्का मौसम हिउँद नै भएकाले यसले हिउँदमा हुने विद्युत् लोड धान्ने र विद्युत् माग सन्तुलन कायम गर्नेछ । दूरीका आधारमा विद्युत् भोल्टेज घटबढ हुने समस्या समाधान हुनेछ ।