कालिमाटीका ५१ स्टल खारेज

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय र कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति सम्मिलित छानबिन समितिले मङ्गलबार ती स्टल खारेज गरेको हो ।

कालिमाटीमा रहेका ५१ ओटा स्टल खारेज गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय र कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति सम्मिलित छानबिन समितिले मङ्गलबार ती स्टल खारेज गरेको हो ।

यसअघि ती स्टललाई सचेत गराइएको थियो । साथै जसको नाममा स्टल दर्ता गरिएको हो, उसैले नै व्यवसाय गर्नुपर्ने व्यवस्थासमेत लागू गरिएको थियो । तर निर्देशन अटेरी गर्ने र अरुलाई नै भाडामा लगाउने बिचौलियाका स्टल खारेज गरिएको हो । उद्योग मन्त्रालयका सहसचिव नवराज ढकाल संयोजकत्वको छानबिन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले बैठकले कालिमाटीकै १६ ओटा स्टललाई सुधार गर्न निर्देशनसमेत दिएको छ । यहाँ रहेका अन्य २५ ओटा स्टललाई भने सफाइ दिएको छ ।