खसीबोका भन्दै मासिक साढे ९ करोडको बाख्राको मासु बिक्री

पशु बधशाला तथा मासु जाँच एेन २०५५का अनुसार बाख्राको मासु बेच्न प्रतिबन्ध छ । त्यही भएर व्यापारीले खसीबोकाको मासु पाइन्छ भन्ने बोर्ड राखेको सरकारी अधिकारीको भनाइ छ । त्यसैगरी, उपभोक्ता संरक्षण ऐनअनुसार भुक्याएर मासु बेच्न नपाउने प्रावधान छ । यदि यसरी झुक्याएर मासु बेचेको थाहा पाए बेच्नेलाई कानुन अनुसार कारबाही गरिने प्रस्ट व्यवस्था छ ।

काठमाडौं उपत्यकाभित्र खसीबोका भन्दै मासिक ९ करोड रुपैयाँबराबरको बाख्राको मासु बिक्री हुने गरेको पाइएको छ । उपत्यकामा मासिक रुपमा ९ हजार ओटा बाख्रा भित्रिने गरेको चौपाया खरिदबिक्री सङ्घका सदस्य दीपक थापाले जानकारी दिए ।

उनका अनुसार एउटा बाख्राको तौल औसत १३ केजी हुन्छ । अहिले व्यापारीले खसीबोकाकै मूल्यमा बाख्राको मासु बेचिरहेका छन्। अहिले बजारमा खसीबोकाको मासुको मूल्य प्रतिकेजी ८ सय रुपैयाँ छ । यसलाइ आधार मान्दा मासिक रुपमा ९ करोड ३६ लाख मूल्यबराबरको बाख्राको बिक्री हुने गरेको पाइएको हो ।

अहिले व्यापारीले उपभोक्तालाई झुक्याएर धमाधाम बाख्राको मासु बिक्री गरिरहेका छन् । यत्रो परिमाणमा बाख्रा काठमाडौं भित्रिए पनि कुनै पनि मासु पसलेले यहाँ बाख्राको मासु पाइन्छ भन्ने बोर्ड नराखेको थापाले जानकारी दिए । हाल उपत्यका मात्रै दैनिक तीन हजार खसीबोका भित्रिने गरेका छन् । त्यसमध्ये १० प्रतिशत बाख्राको सङ्ख्या रहेको थापाले जानकारी दिए । तर, व्यापारीले हरेक आफ्नो बोर्डमा खसीको मासु मात्रै पाउने भनेर राखेका छन् ।

पशु बधशाला तथा मासु जाँच एेन २०५५ अनुसार बाख्राको मासु बेच्न प्रतिबन्ध छ । त्यही भएर व्यापारीले खसीबोकाको मासु पाइन्छ भन्ने बोर्ड राखेको सरकारी अधिकारीको भनाइ छ । त्यसैगरी, उपभोक्ता संरक्षण ऐनअनुसार भुक्याएर मासु बेच्न नपाउने प्रावधान छ । यदि यसरी झुक्याएर मासु बेचेको थाहा पाए बेच्नेलाई कानुनअनुसार कारबाही गरिने प्रस्ट व्यवस्था छ ।

तर, काठमाडौंका व्यापारीहरुले खसीबोकाको मासुमा बाख्राको मासुमा मिसाएर मासु बिक्री गर्छन । बाख्राको मासु पनि खसीकै मूल्यमा बेच्दा पनि अनुगमन गर्ने निकाय मौन बसेको छ । व्यापारीले प्रतिकेजी ४ सय रुपैयाँका दरले बाख्रा किनेर ल्याउने र त्यो मासु खसीमा मिसाएर ८ सय रुपैयाँ प्रतिकेजीमा बेच्ने गरेको थापाको भनाइ छ ।

व्यापारीहरुले न्यूनतम प्रतिकेजी ४ सय रुपैयाँमा खरिद गर्दा मासिक ४ करोड ६८ लाख रुपैयाँमा बाख्रा तथा पाठापाठी खरिद हुन्छ । अहिले उपत्यकाभित्र दैनिक ३ हजार ९ सय केजी बाख्राको मासु खपत हुने गरेको छ । यता, मासु पसलेहरुले दोब्बर नाफा खाएर बाख्राको मासु बिक्री गर्दा पनि सरकार मौन बसेको छ । ढुवानीकर्ता व्यापारीसँग मासु पसलेहरुले ४ सय रुपैयाँ प्रतिकेजीमा खरिद गरि खसीबोकाको मासु भनेर ८ देखि ९ सय रुपैयाँसम्म बेच्ने गरेका छन् ।

के भन्छन् उपभोक्ता अधिकारकर्मी ?

खसीबोका मासु भन्दै झुक्याएर बाख्राको मासु बेच्न नपाइने भए पनि निम्छरिलो अनुगमनले अहिलेको बजार बिग्रँदै गएको उपभोक्ता अधिकार अनुसन्धान मन्चका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए । कानुनी व्यवस्थाको पालना नहुनु र आम उपभोक्ताको गुणस्तरप्रति सरकारको कुनै चासो नदेखिएको उनको तर्क छ । ‘खसीबोका भन्दै झुक्याएर या खसीबोका मासुमा बाख्राको मासु मिसाएर बिक्री गर्न पाइदैन भनेर स्पष्ट व्यवस्था छ,’ उनले भने, ‘तर, कानुनी व्यवस्था कार्यान्वयन र पालना नहुनु र अनुगमन नभएपछि बजार बिग्रेको छ । यसमा हामी पनि चिन्तित छौँ ।’

त्यस्तै, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पनि बाख्री तथा पाठापाठीको बध गरी खसीबोका भनी झुक्याएर मासु बिक्री गर्न कानुनले निषेध गरेको बताए ।

‘खसीबोका मासु भनेर झुक्याएर बाख्राको मासु बिक्री गर्नु सरासर अपराध हो,’ उनले भने, ‘पशु बधशाला तथा मासु जाँच एेन २०५५ ले पनि स्पष्ट रुपमा बाख्रा तथा पाठापाठीको मासु बेच्न नपाइने भनेको छ ।’ उनले विभिन्न भन्सार तथा नाकाहरुमा घुस दिएर स्वतः उपत्यका भित्र्याइने गरेको बताए ।

खुलेआम बाख्राको मासु बिक्री हुँदा पनि अहिलेसम्म अनुगमन भएको छैन् । कृषि विकास विभागका महानिर्देशक डा. विमलकुमार निर्मलले उद्योग, वाणिज्य तथा आपूर्ति विभागले यसबारे चासो दिनुपर्ने भन्दै तर्किए । उनले विगतका बर्षमा अनुगमन भएको कुरालाई नकारेनन् । आगामी दिन यसबारे अनुगमन गर्ने तयारीमा रहेको बताए ।