‘ओल्ड दरबार’काे रजगज

साइलेन्ट रुपमा बजारमा आएको ओल्ड दरबारले चार वर्षमा नेपाली बजार मात्र पिटेको छैन, नेपाली जिब्रोमा अन्तर्राष्ट्रिय स्तरको स्वदेशी स्वाद चखाइरहेको छ । नयाँ ब्रान्ड बिक्रीका लागि बजार च्यानल थिएन । तर पनि माग आउन थालेपछि कम्पनीले उत्पादन बढायो र नेपालभर आफ्नो नेटवर्क विस्तार ग¥यो । अहिले महिनाको १५ हजारभन्दा बढी केस ओल्ड दरबार बजारमा जाने गरेको छ ।

चार वर्षअघि स्वदेशी बजारमा एउटा मदिरा ब्रान्ड देखापर्यो— ओल्ड दरबार । गुपचुप रुपमा बजारमा उतारिएको यो ब्रान्ड त्यतिखेर आएको थियो, जतिखेर ठूला विदेशी ब्रान्डको नेपाली बजारमा दबदबा थियो । न कुनै प्रवद्र्धन, न कुनै लन्चिङ इभेन्ट्स । साइलेन्ट रुपमा बजारमा आएको ओल्ड दरबारले चार वर्षमा नेपाली बजार मात्र पिटेको छैन, नेपाली जिब्रोमा अन्तर्राष्ट्रिय स्तरको स्वदेशी स्वाद चखाइरहेको छ ।

४० वर्षअघि चितवनमा स्थापना भएको एउटा मदिरा उद्योग, जुन १० वर्षपछि यती डिस्टिलरीको रुपमा आयो । त्यो बेला केही समय उत्पादन गरेर बन्द भएको उद्योगलाई ४ वर्षअघि रवि केसी र अभिषेक श्रेष्ठले नयाँ प्रविधि, माल्ट र स्वादमा ओल्ड दरबारलाई बजारमा उतारे । बजारमा परीक्षणको क्रममा पठाइएको ओल्ड दरबारको माग ह्वात्तै बढ्यो ।

ओल्ड दरबार ह्विस्की डेढ वर्षको तयारीपछि नेपाली बजारमा उतारिएको यती डिस्टिलरीका अध्यक्ष रवि केसीले बताए । ‘हामीले नेपाली मदिरा पारखीलाई अन्तर्राष्ट्रियस्तरको स्वाद दिन कुनै पनि सम्झौता गरेका छैनौं,’ उनले भने । यसको प्याकेजिङ, बोत्तल र माल्ट नै यसको पहिचान भएको उनले बताए । ‘नेपाली बजारमा स्थापित नेपाली ब्रान्ड रुस्लान हो । ४० वर्षपछि अर्काे ब्रान्ड स्थापित भएको ओल्ड दरबार नै हो,’ केसीले भने ।

बजारमा मध्यम वर्गका लागि म्याकडोनाल्ड्स, सिग्नेचर, रोयल स्टेग थियो, जुन नेपालमा उत्पादन भए पनि रोयल्टी विदेशीलाई तिर्नुपथ्र्याे । उच्चवर्गका लागि रेडलेभल, ब्ल्याक लेभल, चिभास र त्यसमाथिका मदिरा थिए । स्वदेशी बजारमा सस्तो मूल्यका मदिरा थिए । अलि महँगो ब्रान्ड विदेशी थियो । मध्यम–उच्चवर्गका लागि नेपाली ब्रान्डको ‘खाली ठाउँ’ भर्यो, ओल्ड दरबारले । अहिले नेपाली बजारमा २५ यूपी मदिरामा स्थापित अर्काे ब्रान्ड छैन ।

फस्ट र सेकेन्ड ब्यारेल माल्ट रहेको ह्विस्कीमा आठ वर्ष पुरानो माल्ट प्रयोग गरिएको छ । ओल्ड दरबारमा माल्ट र बोतल विदेशबाट आयात गरिएको छ भने हिमालयको देश नेपालको पानी प्रयोग गरिएको छ । त्यसैले यसको स्वाद उत्कृष्ट रहेको केसी बताउँछन् । ओल्ड दरबारको रातो रङले बजार पिटिरहेकै थियो । यती डिस्टिलरीले बजारमा ८८४८ भोड्का र त्यसको केही समयपछि ओल्ड दरबारले ब्ल्याक चिम्नी बजारमा उतार्यो ।

ओल्ड दरबारको ‘माउथ पब्लिसिटी’ सहरदेखि ग्रामीण भेगका भित्री कुनासम्म फैलिरहेको थियो । कम्पनीले थप दुई ब्रान्ड बजारमा उतार्दा पहिलाको नेटवर्क र ब्रान्ड भ्यालूले काम ग¥यो । थपिएका दुई ब्रान्ड पनि सजिलै बजारमा स्थापित भए ।

४ वर्षअघि ओल्ड दरबार उत्पादन भएपछि २५ केस मात्र बजारमा लगिएको थियो । नयाँ रक्सी, बजारमा चलिरहेको भन्दा केहि महँगो । कम्पनीले साह्रै दोधार मन गरेर परीक्षणका लागि बजारमा पठाएको २५ केस त एक सातामै सकियो । काठमाडौंको बजारमा मात्र पठाएको ओल्ड दरबारको माग देशका विभिन्न भागबाट माग आउन थालेपछि कम्पनीलाई कसरी बजार प्रवेश गराउने भन्ने चिन्ता थपियो ।

 

‘हामीले उत्पादन गरेर काठमाडौंको बजारमा मात्र पठाएका थियौं । तर एक साताभित्रमै पोखरा, भैरहवा, विराटनगर, नारायणगढ, हेटौंडा, नेपालगन्जलगायत विभिन्न भागबाट माग भयो,’ केसीले भने । माग आउन थालेपछि कम्पनीले बजार रणनीति परिवर्तन गरेको उनी बताउँछन् ।
नयाँ ब्रान्ड बिक्रीका लागि बजार च्यानल थिएन । तर पनि माग आउन थालेपछि कम्पनीले उत्पादन बढायो र नेपालभर आफ्नो नेटवर्क विस्तार गर्यो । अहिले महिनाको १५ हजारभन्दा बढी केस ओल्ड दरबार बजारमा जाने गरेको कम्पनीले जनाएको छ । ‘प्रतिमहिना १२ हजार केस त बिक्री हुने गरेको छ । बजारमा १५ हजार केस गइरहेको छ,’ केसीले भने ।

नेपाली ब्रान्डमा ह्विस्कीको पहिचान फरक बनाइसकेपछि भोड्का प्रवेश गरेको कम्पनी ८८४८ लाई उतार्दा अनुभवी भइसकेको थियो । ८८४८ लाई बजार परीक्षण नगरी सीधा बिक्रीका लागि पठायो । ८८४८ भोड्कालाई पनि नेपाली उपभोक्ताले सहजै स्थापित गराइदिए ।

‘८८४८ भोड्का सबैभन्दा बढी वृद्धि भएको छ । अहिले २५ हजार केसभन्दा बढी बिक्री हुन्छ,’ केसीले भने । ओल्ड दरबार र ८८४८ भोड्कापछि कम्पनीले ओल्ड दरबार ब्ल्याक चिम्नी बजारमा पठायो । नेपाली ब्रान्डमा पहिला ओल्ड दरबार सबैभन्दा महँगो थियो । ओल्ड दरबार एक लिटरको २ हजार ७ सय र ७ सय ५० एमएलको २ हजार १ सय रुपैयाँ मूल्य थियो । कम्पनी आफंैले त्योभन्दा महँगो ब्ल्याक चिम्नी उत्पादन ग¥यो— एक लिटरको ३ हजार ७ र ७ सय ५० एमएलको २ हजार ८ सय ५० मूल्यको । यो मूल्यमा बजारमा स्थापित विदेशी ब्रान्ड आउँथ्यो । तर कम्पनीले जोखिम मोल्यो र उत्पादन गरेर बजार पठायो ।

महिनाको एक हजार केस मात्र बिक्री गर्ने लक्ष्यले बजारमा पठाएको ब्ल्याक चिम्नीको बिक्री अहिले महिनाको ६ हजार केस भइरहेको केसीको भनाइ छ । यती डिस्टिलरीले लगातार बजारमा पठाएको तीन ब्रान्ड ह्याट्रिक रुपमा सफल भए— ओल्ड दरबार, ८८४८ र ओल्ड दरबार ब्ल्याक चिम्नी । कम्पनीले यी तीन ब्रान्डपछि थप दुई ब्रान्डलाई पनि बजारमा उतारेको छ । थपिएका स्नोमान जिन र ओल्ड फरेस्टर हिवस्की पनि बजारमा स्थापित हुने क्रममा छन् ।
ओल्ड दरबार सजिलै स्थापित हुनुमा ‘टिमअप’ पनि एउटा कारण हो । ओल्ड दरबारका दुई पिलरमध्ये एक रवि केसीले बजार अध्ययन र नेटवर्क हेरिरहेका छन् भने अर्का पिलर प्रबन्ध निर्देशक अभिशेष श्रेष्ठले उत्पादन, कच्चापदार्थ र गुणस्तर हेरिरहेका छन् ।

‘हामी बिहान आठ बजेदेखि रातिसम्म बसेर गुणस्तर चाख्ने गथ्र्याैं,’ केसीले भने, ‘दुई जना बसेर ब्लेन्डको काम पनि ग¥यौं, बजारमा निस्केर थाहा नपाउने गरी चाखेर प्रतिक्रिया पनि लियौं ।’ अल्कोहलसम्बन्धी विषयमै मास्टर्स गरेका श्रेष्ठ प्रत्येक महिना नयाँ स्वाद र गुणस्तरका लागि अध्ययन गर्न विदेश पुगिरहेका हुन्छन् । युरोपमा बढी जाने श्रेष्ठले नेपाली बजारमा नेपाली उपभोक्ताले खोजेको अन्तर्राष्ट्रिय स्वाद दिन नयाँनयाँ रणनीति बनाउने गरेका छन् । श्रेष्ठकै बुबाले स्थापना गरेको मदिरा उद्योगलाई उनले केसीसँग मिलेर नयाँ प्राण दिएका हुन् ।

‘ओल्ड दरबार एउटा सफल टिमको प्रडक्ट हो, हामीले अझ धेरै गर्नु छ,’ श्रेष्ठ भन्छन्, ‘मदिरापारखीको स्वादमा सम्झौता नगर्ने भएकै कारण हाम्रा उत्पादन उपभोक्ताले मनपराइदिएका हुन् ।’ ओल्ड दरबारको सफलताको उदाहरण पाँचतारे होटलमा समेत देखिन्छ । रेस्टुरेन्ट र पार्टी प्यालेसमा यसको अत्यधिक माग छ । पाँचतारे होटलका पार्टीमा समेत यसले केही विदेशी ब्रान्डलाई रिप्लेस गरेको छ । क्यापिटल म्यागजिन