बैङ्कलाई उद्योगीको धम्कीपूर्ण पत्र, ‘ब्याजदर नघटाए साँवा ब्याज तिर्देनौं’

७ प्रतिशतमा लिएको ऋणको ब्याज १४ प्रतिशत पुगेको छ । यस्तो अवस्थामा बैङ्कलाई कसरी साँवा ब्याज तिर्न सकिन्छ,’ उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले भने, ‘बैङ्ककै कारण उद्योगको उत्पादन ७ देखि ८ प्रतिशत बढेको छ । धान्नै नसक्नेगरी ब्याजदर बढाएकाले साँवा ब्याज नतिर्ने भन्दै बैङ्कलाई पत्र काटेका हौं ।’

काठमाडौं । उद्योगी व्यवसायीले ऋणको ब्याजदर तत्काल नघटाए नतिर्ने धम्की बैङ्क तथा वित्तीय संस्थालाई दिएका छन् । ब्याजदर नघटाए बढेको ब्याज नतिर्ने भन्दै उनीहरुले विभिन्न बैङ्कलाई पत्र काटेका छन् । बैङ्कले कर्जाको ब्याज अस्वाभाविक रुपमा बढाउँदा त्यसको प्रत्यक्ष असर उद्योगमा परेपछि उद्योगी ब्याजदर नघटाएर साँवा ब्याज नतिर्ने भन्दै पत्र काटेका हुन् ।

उद्योगीले विभिन्न बैङ्कलाई पत्र काटेका छन् । पत्रमा तत्काल ब्याजदर नघटाए बैङ्कलाई तिर्नुपर्ने चैत्र मसान्तभित्रसम्मको ब्याज र साँवा कुनै पनि भुक्तानी नगर्ने उल्लेख छ । ७ प्रतिशतमा लिएको ऋणको ब्याज १४ प्रतिशत पुगेको छ । यस्तो अवस्थामा बैङ्कलाई कसरी साँवा ब्याज तिर्न सकिन्छ,’ उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले भने, ‘बैङ्ककै कारण उद्योगको उत्पादन ७ देखि ८ प्रतिशत बढेको छ । धान्नै नसक्नेगरी ब्याजदर बढाएकाले साँवा ब्याज नतिर्ने भन्दै बैङ्कलाई पत्र काटेका हौं ।’

नेपाल बैङ्कर एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले उद्योगीहरु जहिले पनि ६/७ प्रतिशत मै ब्याज पाउनुपर्ने भन्छन् । उनले ब्याजदर तत्काल घट्ने सम्भावना नरहेको बताए । ‘कुनै समय ६/७ प्रतिशत ब्याजमा ऋण दिएको हो, आज निक्षेपको ब्याज नै ७÷८ प्रतिशत पुग्यो । भनेपछि कसरी पुरानो दरमा ब्याज पाउन सकिन्छ,’ उनले भने, ‘तर, पनि बैङ्कले विस्तारै स्प्रेडदर घटाउँदै लगेका छन् ।’ नेपाल राष्ट्र बैंकले स्प्रेडदर घटाएर ४ प्रतिशतमा झार्ने तयारी गरिरहेको छ ।

अहिले धेरै बैङ्कले ब्याजदर घटाइसकेका छन् । केही बैङ्कले घटाउने तयारी पनि गरेका छन् । यसलाई धेरै विवाद बनाउन नहुने ढुङ्गानाले जानकारी दिए । केही दिन अघि अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगीलाई मारेर बैङ्क सफल हुन नसक्ने बताएका थिए । त्यसलगतै उद्योगीले पत्रै काटेर तत्काल बढेको ब्याज घटाउन दबाब दिएका हुन् ।

अहिले बैङ्कर र उद्योगीबीच ब्याजको विषयलाई लिएर विवाद बढेको छ । उद्योगीले अर्थमन्त्रीको ढोकासम्म ढक्ढक्याउन पुगिसकेका छन् । बैङ्ककै कारण देशभित्र लगानीको वातावरण बिग्रिएको भन्दै तत्काल बैङ्कमाथि हस्तक्षेप गर्नुपर्ने उद्योगीले बताएका छन् । अधिकाँश बैङ्कको स्वामित्व उद्योगीको छ । कतिपय बैङ्ककको अध्यक्ष तथा सञ्चालक उद्योगी नै छन् । उनीहरु नै सडकमा उत्रिएपछि अर्थमन्त्री खतिवडाले दोहोरो चरित्र देखाएको भन्दै असन्तुष्ठि जनाएका छन् । उनल उद्योगी र बैङ्कर छुट्टिन आवश्यक रहेको बताएका छन् ।

बैङ्क र उद्योगी एकअर्काका परिपूरक हुन् । घरभित्रको झगडा घरभित्रै मिलाउनुपर्ने बैङ्करहरु बताउँछन् । सानातिना विवादमा सरकारलाई बीचमाा ल्यायौ भने, पछि ठूलो समस्या आउने बैङ्कहरु बताउँछन् । अर्थमन्त्री खतिवडाले उद्योगी र बैङ्करबीच देखिएको विवाद आफै सुल्झाउन आग्रह गरिरहेका छन् ।‘यदि मिलाउन सक्नु भएन भने सरकारले हस्तक्षेप गर्छ,’ उनले भन्दै आएका छन्, ‘त्यो राम्रो होइन ।’

राष्ट्र बैङ्क बैङ्क निरीह भएर बस्दा उद्योगी मरेको उनीहरुको भनाइ छ । देशभित्र लगानीको वातावरण बनाउने हो भने, बैङ्क तथा वित्तीय क्षेत्रलाई अराजक हुनबाट रोक्नुपर्ने उद्योगीको भनाइ छ ।

बैङ्कले अत्यधिक ब्याज लिएको भन्दै पूर्व तथा पश्चिमका उद्योगी÷व्यवसायी सडकमै ओर्लिएका छन् । ‘उद्योग लगाउँदा ७/८ प्रतिशतमा लिएको ब्याज अहिले एकाएक १४/१५ प्रतिशत पुगेको छ । कसरी उद्योग लगाउन सकिन्छ,’ मोरङ उद्योग सङ्गठनका अध्यक्ष भीम घिमिरेले भने, ‘सरकारले तत्काल बैङ्कमाथि हस्तक्षेप गर्न आवश्यक छ ।’

बैङ्कको चर्को ब्याजको विरोधमा विराटनगर, बुटवल र सुर्खेतको उद्योग वाणिज्य संघको अगुवाइमा सडकमा उत्रिएका छन् । पछिले ३ वर्षयता बैंकसंग लगानीयोग्य पुँजीको अभाव भएपछि निक्षेपको ब्याजदर माथि पुगेको छ । बैङ्कहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएर ९.५० प्रितिशतमा झारे पनि कर्जाको ब्याजदर भने बढेको आरोप व्यवसायीको छ ।

बैङ्कहरुले सार्वजनि गरेको वित्तीय विवरणमा पुँजी, निक्षेप र कर्जाको अनुपात ८० प्रतिशत हारहारीमा छ । यसबाट अधिकाँश बैङ्क ऋण लगानी गर्न सक्ने अवस्थामा पुगेका छन् । निक्षेप लागत बढेपछि बैङ्कको आधार दर बढेर औसत १०.३० प्रतिशत पुगेको राष्ट्र बैङ्कले जनाएको छ ।