ग्यास विक्रेता भन्छन, ‘कमिसन नबढाए व्यवसाय बन्द गर्छौ’

ग्यास विक्रेता महासङ्घले तत्काल कमिसन नबढाए व्यवसाय बन्द गर्ने चेतावनी दिएका छन् । अहिले उपलब्ध गराएको कमिसनले व्यवसाय सञ्चालन गर्न नसकिने अवस्था नआएकाले तत्काल कमिसन बढाउन सरकारसँग माग गरेको हुन् ।  उनीहरुले कमिसन बढाउनका लागि आपूर्ति मन्त्रालय र नेपाल आयल निगम र अर्थमन्त्रीलाई पटक–पटक पत्र बुझाइसेका छन् । ‘अब पनि कमिसन बढेन भने, व्यवसाय बन्द गर्नुको विकल्प छैन्,’ ग्यास विक्रेता महासङ्घका महासचिव चन्द्र थापाले भने, ‘अहिले उपलब्ध गराएको कमिसनले व्यवसाय सञ्चालन गर्न सकिन्न ।’

बैङ्कको व्याज, व्यवसायीको लगानी, घरभाडा र दैनिक खर्च बढेर धेरै माथि पुगिसक्दा पनि सरकारले ग्यासको कमिसन अहिलेसम्म नबढाएको थापाले जानकारी दिए ।  विगत लामो समय देखि ग्यासको कमिसन बढाउन माग गरे पनि सम्वन्धित निकायले कुनै चासो नदेखाएको महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए । ‘६ बर्ष अगाडि भारतमा ६४ रुपँैया थियो । तर, नेपालमा विगत ५÷७ बर्षसम्म बढ्न सकिरहेको छैन । फलस्वरुप, ग्यास बिक्रेताहरु धराशायी हुने अवस्था पुगेका छन्,’ अर्यालले क्यापिटल नेपालसँग भने ।

कमिसन नबढ्दा बिक्रेताले व्यवसाय सञ्चालन गर्न नसकिने थापाले बताए । ‘विक्रेताका माग पूरा नहुँदा अहिले ग्यास बिक्रेताले व्यवसाय बन्द गर्नुपर्ने अवस्था छ’ उनले भने, ‘कमिसन नबढी अहिले कै अवस्था कायम रहे ४ हजार रोजगारी गुम्ने स्थिति सिर्जना हुन सक्छ ।’
कमिसन बढाउने सम्वन्धमा छलफल भएको र छिटो भन्दा छिटो कमिसन बढाउन आयल निगमसँग आवश्यक गृहकार्य भइरहेको आपूर्ति मन्त्रालय सचिव अनिल कुमार ठाकुर बताए । ‘कमिसन बढाउन मन्त्रालयले चासोका साथ हेरेको छ’ ठाकुरले भने, ‘त्यसका लागि निगमले तत्परता देखाउनु पर्छ ।’

प्रतिसिलिन्डर ग्यासको मूल्य बिक्रेताले १३ सय ४३ थोक मूल्यमा खरिद गरी उपभोक्ताहरुलाई १३ सय ७५ मा बिक्री गर्दछन । हाल प्रति सिलिन्डर ग्यास बिक्रीमा बिक्रेतालाई ३२ रुपैया आउँछ । त्यसमध्ये ४ रुपैयाँ अनिवार्य रुपमा सरकारलाई कर तिनुपर्छ । बिक्रेता प्रति सिलिन्डर ग्यास बिक्री गर्दा २८ रुपैया नाफा कमाउँछ । हाल नेपालमा १४ हजार ग्यास डिलरहरु छन ।