उद्दण्ड वीरगन्ज, सभ्य भैरहवा

उद्योग स्थापना गर्न सबैभन्दा पहिला जग्गा चाहिन्छ । भैरहवा जग्गाको कुनै समस्या छैन । जुन ठाउँमा जस्तो जग्गा चाहिए पनि पाइन्छ, त्यही भएर उद्योगी वीरगन्जबाट भैरहवा सरेको उद्योगीहरु बताउँछन् ।

भैरहवा । आजभन्दा १२ वर्षअघिसम्म उद्योगीको पहिलो रोजाईमा पर्ने गर्थ्याे – वीरगन्ज । नयाँ उद्योग खोल्न होस् वा उद्योगीलाई उद्योग सञ्चालनका लागि प्रोत्साहन नै किन नहोस्, हरेक उद्योगीले ‘रिकमेन्ड’ गर्ने क्षेत्र हो, वीरगन्ज । ठूलो क्षेत्रफल, उद्योग सञ्चालनका लागि पर्याप्त मात्रामा सुविधा भएकै कारण उद्योगीको रोजाईमा वीरगन्ज परेको थियो । नाकासँगको सहज ‘एक्सेस’ र सरकारले आवश्यक पूर्वाधार पनि त्यसैगरी बनाएकाले हालको २ नम्बर प्रदेश तथा वीरगन्ज सबैको लोकप्रिय बनेको थियो । तर, समयको अन्तरालसँगै वीरगन्जले आफ्नो लोकप्रियता आफैँले गुमाउँदै गएको छ । ससाना ‘इस्यू’ भड्किलो बन्ने वीरगन्जको शैलीले उसैलाई ठूलो नोक्सान हुँदै छ ।

सामान्य विवाद आउँदा पनि वीरगन्जबासीको सबैभन्दा पहिलो ‘टार्गेट’ उद्योगधन्दा तथा कलकारखाना पर्छन् । अर्बौ रुपैयाँ लगानी गरेर स्थापना गरेको उद्योग, वीरगन्ज सन्किँदा छिनभरमा खत्तम हुन्छ । वीरगन्जको अराजकता सहन नसकेर चिन्तित बनेका उद्योगीहरु यतिखेर भैरहवा क्षेत्रमा प्रवेश गरेका छन् । सरकारले पूर्वाधारको विकास गर्नु, अन्तर्राष्ट्रिय विमानस्थाल बन्न थाल्नु, तथा सामान्य विवादमा जसरी वीरगन्ज तात्छ, त्यसैगरी भैरहवा नतात्नुलगायत कारणले पछिल्लो समय सबै उद्योगीको रोजाइ भैरहवा पर्न थालेको हो ।

‘वीरगन्जको तुलनामा भैरहवा धेरै शान्त छ । उद्योगमैत्री वातावरण पनि असाध्यै राम्रो छ,’ नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले क्यापिटल नेपालसँग कुराकानी गर्दै भने, ‘उद्योगीले खोजेको हरेक चिज भैरहवाले प्रदान गरेको छ । त्यही भएर पनि उद्योगीको नयाँ गन्तव्यको रुपमा भैरहवा उदाउँदै गएको छ ।’

‘वीरगन्जको तुलनामा भैरहवा धेरै शान्त छ । उद्योगमैत्री वातावरण पनि असाध्यै राम्रो छ,’ नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले क्यापिटल नेपालसँग कुराकानी गर्दै भने, ‘उद्योगीले खोजेको हरेक चिज भैरहवाले प्रदान गरेको छ । त्यही भएर पनि उद्योगीको नयाँ गन्तव्यको रुपमा भैरहवा उदाउँदै गएको छ ।’ खासगरी मधेश आन्दोलनपछि उद्योगीले वीरगन्जप्रतिको धारणा परिवर्तन गरेका हुन् । त्यसअघिसम्म उद्योगीले वीरगन्जलाई राम्रो रुपमा हेर्ने गरेको उद्योगी गोल्छा बताउँछन् ।

उद्योग स्थापना गर्न सबैभन्दा पहिला जग्गा चाहिन्छ । भैरहवा जग्गाको कुनै समस्या छैन । जुन ठाउँमा जस्तो जग्गा चाहिए पनि पाइन्छ, त्यही भएर उद्योगी वीरगन्जबाट भैरहवा सरेको उद्योगीहरु बताउँछन् । ‘भैरहवामा जग्गा, सडक, बिजुली र भन्सारसँग पनि पहुँच सहज छ, अर्घाखााँची सिमेन्ट प्रालिका अध्यक्ष पशुपति मुरारकाले भने, ‘भैरहवाले उद्योगीलाई आवश्यक पर्ने हरेक सुविधा दिएको छ । उद्योगीले सबैभन्दा पहिला शान्ति खोज्ने हो, त्यो भैरहवाले उपलब्ध गराएको छ ।’

मधेश आन्दोलन, त्यसपछि भएका विभिन्न आन्दोलन र नाकाबन्दपछि भैरहवा मिराकल नै भएको अम्बे ग्रुपका प्रवन्ध निर्देशक हरि न्यौपाने बताउँछन् । ‘भैरहवाले आफूलाई ठूलो परिवर्तन गरेको छ, त्यसको रिजल्ट नयाँ उद्योग लाग्नु हो,’ उनले भने, ‘एयर कनेक्टिभीटी, रोड कनेक्टिभीटी पनि धेरै राम्रो छ ।

मधेश आन्दोलन र त्यसपछिका जे/जे घटना भए, त्यसबाट उद्योगीहरु आजित बनेका हुन् । हुन त भैरहवा पनि यसरी अघि बढेको थिएन, जसरी आज अघि बढेको छ । एकातिर वीरगन्ज उद्दण्ड बन्दै जानु र अर्कोतिर भैरहवाले आफूलाई परिवर्तन गर्दै ल्याएकाले उद्योगीहरु वीरगन्जबाट भैरहवा ‘सिफ्ट’ भएका हुन् । अहिले भैरहवामा कुनै कुराको अभाव छैन, उद्योगीलाई चाहिने हरेक सुविधा भैरहवाले दिएको छ । वीरगन्जको तुलनामा भैरहवामा जग्गा पनि सस्तो छ । पछिल्लो १० वर्षभित्र भैरहवामा झण्डै एक खर्ब रुपैयाँ लगानी भइसकेको छ । बहुराष्ट्रिय कम्पनीदेखि स्वदेशी उद्योगीले झण्डै एक दर्जन उद्योग सञ्चालन गरिसकेका छन् । नयाँ सिमेन्ट उद्योग, बियर उद्योग, खाद्य उद्योग, स्टिल उद्योग, बाइकको एसेम्बल्ड प्लान्टलगायतका ठूला उद्योग स्थापना भइसकेका छन् ।

मधेश आन्दोलन, त्यसपछि भएका विभिन्न आन्दोलन र नाकाबन्दपछि भैरहवा मिराकल नै भएको अम्बे ग्रुपका प्रवन्ध निर्देशक हरि न्यौपाने बताउँछन् । ‘भैरहवाले आफूलाई ठूलो परिवर्तन गरेको छ, त्यसको रिजल्ट नयाँ उद्योग लाग्नु हो,’ उनले भने, ‘एयर कनेक्टिभीटी, रोड कनेक्टिभीटी पनि धेरै राम्रो छ । बिहान काठमाडौंबाट गएर आफ्नो काम सकेर बेलुका काठमाडौंमै फर्किन कुनै समस्या छैन ।’

सशस्त्र भूमिगत मधेसी मोर्चाको आन्दोलनले तराई क्षेत्र आक्रान्त बनेपछि तुलनात्मक रुपमा कम प्रभाव परेको भैरहवा आसपासमा उद्योग स्थापनाका लागि गोल्छाले त्यही ठाउँ उपयुक्त देखे र भैरहवा नाका नजिकैको नवलपरासीको भुमहीमा ‘हुलास अटो क्राफ्ट’ स्थापना गरे । परासी–बुटवल–भैरहवा क्षेत्रमा केही समयअघि बजाजको एसेम्बल्ड प्लान्टसमेत राखेर पल्सर बाइक उत्पादन गरिरहेका गोल्छाले अन्य उद्योगीलाई पनि भैरहवा क्षेत्रमै उद्योग खोल्न सुझाइरहेका छन् ।

नयाँ उद्योग लगाउन भैरहवामै जग्गा खोज्दै गरेका उद्योगीले वीरगन्जमा उद्योग राख्ने सोच बनाइसकेका उद्योगीले पनि आफ्नो मनस्थिति परिवर्तन गरेका मात्रै छैनन्, जग्गा हेर्नका लागि भैरहवा वरिपरी घुमिरहेका छन् । ‘जग्गा सहज उपलब्ध हुनु, वातावरण शान्त भएका कारण भैरहवामा उद्योग राख्ने सोचसहित जग्गा बुझ्न आएको हो, ज्योति ग्रुपका प्रवन्ध निर्देशक शौरभ ज्योतिले भने, ‘सुरुमा वीरगन्जमा उद्योग स्थापना गर्ने सोच बनाएको थिएँ । साथीहरुले वीरगन्जको तुलनामा भैरहवा हरेक हिसाबबाट उपयुक्त भएको सुझाएपछि सोँचमा परिवर्तन गर्न लागेको हो ।’