ऊन निर्यात ४१ प्रतिशत घट्यो

नेपालमा उत्पादित ऊन तथा धागोजन्य वस्तुहरु विशेषगरी चीन, भारत, अमेरीका, जर्मनी, क्यानडा, बेलायत दुवइ, बेल्जियम लगायत अन्य मुलुकमा समेत निर्यात हुँदै आएको छ ।

नेपालबाट अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने ऊन तथा धागोजन्य वस्तुहरुमा यस वर्ष ४१ प्रतिशतले कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष स्वदेशमा उत्पादित ऊन विश्वका जुनसुकै देशमा निर्यात निकासीमा कमी आएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कले देखाएको छ ।
गत वर्ष १३ करोड ५९ लाख ९५ हजार ७ सय ७० को ऊन निर्यात भएकोमा यस वर्ष भने ७ करोड ९३ लाख १३ हजार ४ सय ३० रुपैयाँको विदेश निर्यात भएको छ । यस वर्ष गत वर्षको तुलनामा ५ करोड ६६ लाख ८२ हजार ३ सय ४० ले निर्यातमा कमी आएको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै सन् २०१५ को तुलनामा भने २०१६ मा निर्यात बढेको देखिन्छ । सन् २०१५ मा १ करोड ५१ लाख ३ हजार ८ सय ३७ रुपैयाँको ऊन निर्यात भएकोमा २०१६ मा भने १३ करोड ५९ लाख ९५ हजार ७ सय ७० रुपैयाको निर्यात भएको थियो । उक्त समीक्षा अवधिमा निर्यात ८ सय प्रतिशतले बढेको देखिएको छ । तर, सन् २०१७ मा आइपुग्दा भने ऊनको निर्यात ह्वात्तै घटेको तथ्याङ्कले देखाएको छ । बर्सेनि भेडा तथा पशुजन्य जनावरको रौं, भुवा, ऊलन, कपडा बुन्ने धगो तथा रेसादार वस्तु विदेशमा निर्यात हुँदै आएको छ ।

भारतीय तथा चिनिँया वस्तुहरुसँग विश्वबजारमा प्रतिस्पर्धा गर्न नसक्दा ऊन निर्यातमा कमी आएको तथ्याङ्कले देखाएको छ । त्यस्तैगरी भारतले लगाएको नाकाबन्दीका कारण पनि निर्यात घटेको देखिन्छ । नेपाली ऊन, धाँगो तथा कपासजन्य वस्तुहरुको माग विश्व बजारमा बढेको छ । वर्षेनी मागअनुसार विश्वबजारमा निर्यात गर्न नसक्दा नेपालको वैदेशिक आम्दानी गुमेको छ । नेपालमा उत्पादित ऊन तथा धागोजन्य वस्तुहरु विशेषगरी चीन, भारत, अमेरीका, जर्मनी, क्यानडा, बेलायत दुवइ, बेल्जियम लगायत अन्य मुलुकमा समेत निर्यात हुँदै आएको छ ।

गलैंचा, टोपी, कपडा, सिरक लगायत अन्य वस्तु निर्माणका लागि ऊनी आवश्यक छ । विदेशी वस्तुका तुलनामा नेपालमा त्यस्ता वस्तु निर्माणमा लागत बढी हुने गर्छ । फलस्वरुप ऊन जन्य वस्तु निर्यात गरी विदेशी सस्तो सामान आयात गर्ने संस्कार छ । अन्र्तराष्ट्रिय बजारमा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली वस्तुको माग दिनानुदिन घट्दै गएको छ ।