आकाशमा चम्किँदै हेलिकोप्टर व्यवसाय

नेपालमा हाल श्री एयरलाइन्स, सिम्रिक एयर, फिस्टेल एयर, एयर डाइनेस्टी हेली सर्भिस, माउन्टेन हेलिकोप्टर्स, मनाङ एयर, प्रभु हेलिकोप्टर, अल्ट्रिच्युट एयर, हेली एभरेस्ट र कैलाश हेलिकोप्टर सञ्चालनमा छन् । यी कम्पनीले आफ्नो सेवाका लागि ९ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको व्यवसायीको भनाइ छ ।

सौखिनहरुले चार्टर गरेर घुम्न जानेदेखि लिएर उद्धारमा समेत हेलिकोप्टर प्रयोग बढ्न थालेपछि नेपाली आकाशमा हेलिकोप्टरको सङ्ख्या पनि बढ्दै जान थालेको छ । नेपाल आउने विदेशी पर्यटक मात्र होइन, नेपालीहरुले पनि हेलिकोप्टरको प्रयोग बढाउन थालेपछि हेलिकोप्टर कम्पनीहरुले पनि आफ्नो सेवाको दायरालाई फराकिलो बनाएका छन् ।

महँगो सेवा भए पनि माग बढ्न थालेपछि हेलिकोप्टर सेवा दिनका लागि झन्डै एक दर्जन कम्पनीहरु स्थापना भएका छन् । अहिले उद्धार, पर्यटकीय क्षेत्रमा घुमफिर, कामविशेषले चार्टर हुन थालेपछि हेलिकोप्टरका पङ्खा आकाशमै बढी घुम्न थालेको छ । नेपालमा अहिले १० कम्पनीका ३० हेलिकोप्टरहरुले सेवा दिइरहेका छन् । तीन वर्षको अवधिमा पहिला र तीन नयाँ कम्पनीका गरेर १२ ओटा हेलिकोप्टर थपिसकेका छन् ।

नेपालमा हाल श्री एयरलाइन्स, सिम्रिक एयर, फिस्टेल एयर, एयर डाइनेस्टी हेली सर्भिस, माउन्टेन हेलिकोप्टर्स, मनाङ एयर, प्रभु हेलिकोप्टर, अल्ट्रिच्युट एयर, हेली एभरेस्ट र कैलाश हेलिकोप्टर सञ्चालनमा छन् । यी कम्पनीले आफ्नो सेवाका लागि ९ अर्बभन्दा बढी लगानी गरेको व्यवसायीहरुको भनाइ छ ।

नेपालमा बाह्य पर्यटक बढ्नु तथा नेपालीहरु पनि घुम्नलाई विभिन्न ठाउँमा निस्कने गरेकाले यस क्षेत्रमा लगानी बढेको हो । अहिले नेपालका पर्यटकीय स्थलहरुमा विदेशी मात्र नभई स्वदेशी पर्यटकको पनि भीड लाग्ने गरेको छ । र, ती पर्यटकीय स्थलमा पुग्न हेलिकोप्टर प्रयोग गर्ने गरेका छन् । छिटो र छरितो यात्राका लागि धेरैले हेलिकोप्टर प्रयोग हुने भएकाले पनि हेलिकोप्टरमा लगानी बढ्दै गएको व्यवसायीको भनाइ छ । पछिल्लो पटक थपिने अधिकांश हेलिकोप्टर कम्पनी पर्यटन व्यवसायीले सञ्चालनमा ल्याएका छन् ।

अल्टिच्युड एयरलाइन्सका सञ्चालक निमानुरु शेर्पाले नेपालमा अहिले कार्यक्रममा जान वा घुमफिर गर्न पनि बिस्तारै हेलिकोप्टरको माग हुन थालेपछि यसमा लगानी बढ्न थालेको बताए । ‘खोज तथा उद्धारका लागि हेलिकोप्टर पहिलादेखि नै प्रयोग भइरहेको छ, नयाँनयाँ क्षेत्रमा पनि हेलिकोप्टर सेवाको माग भएकाले नयाँ कम्पनी बढ्दै गएको हो,’ उनले भने ।

शेर्पासहितको टोलीले ६० करोड रुपैयाँ लगानी गरेर दुई ओटा हेलिकोप्टर सञ्चालनमा ल्याएका छन् । सुरुमा खोज तथा उद्धारका लागि प्रयोग हुँदै आएको हेलिकोप्टर पछिल्लो समय माउन्टेन फ्लाइट, कार्गाे ढुवानीलगायतमा पनि प्रयोग गर्न लागिएको शेर्पाले बताए । ‘माउन्टेन फ्लाइट गर्नेमा सुरुसुरुमा विदेशी पर्यटक मात्र थिए । तर अहिले नेपाली पनि धेरै छन्,’ शेर्पाले भने । पहाडी क्षेत्र धेरै भएको र सबै ठाउँमा एयरपोर्ट नभएकै कारण हेलिकोप्टरको माग बढेको शेर्पाको भनाइ छ ।

पहाडी इलाकामा विकास निर्माणका गतिविधि बढिरहेका छन् । सडक नपुगेको ठाउँमा ठूलाठूला मेसिन पु¥याउनसमेत सहयोग भइरहेकाले विकासको सारथिका रुपमा हेलिकोप्टरलाई लिनुपर्ने शेर्पाको भनाइ छ ।

हाल श्री एयरका १०, एयर डाइनेस्टीका ४, माउन्टेनका २, फिस्टेलका ४, मनाङ एयर हेलिकोप्टरका ३, सिम्रिकका ३, प्रभुका ३, अल्टिच्युट हेलिकोप्टरका २ र कैलाशका २  हेलिकोप्टरले सेवा दिइरहेका छन् । हेलिकोप्टर सेवा महँगो भएपनि हवाइशुल्क एकदशकदेखि बढ्न नसकेको व्यवसायीहरुको भनाइ छ । मनाङ एयरका कर्पोरेट चिफ, सेफ्टी एन्ड अपरेसन म्यानेजर राजु न्यौपाने २००९ मा कर्णाली एयरले लिने भाडा जति पनि अहिले आफूहरुले नलिएको बताउँछन् । ‘प्रतिस्पर्धा छ पनि छैन पनि । त्यही भएर होला, भाडा दशकअघि जति थियो, अहिले पनि उस्तै छ,’ उनले भने ।

सिजनमा हेलिकोप्टरहरुले राम्रै व्यापार गरिरहेको छन् । तर अफ सिजनमा काम पुग्दैन । हेलिकोप्टरको सङ्ख्या थपिएसँगै भाडादर पनि घटेको उनले जानकारी दिए । मनाङले ८० करोड रुपैयाँ लगानीमा तीन ओटा हेलिकोप्टर सञ्चालन गरेको छ । मनाङले धार्मिक, पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण, पर्वतीय दृश्यावलोकनलगायत क्षेत्रमा हेलिकोप्टर उडान गर्दै आएको बताइएको छ ।

नेपालमा हाल श्री एयरलाइन्स, सिम्रिक एयर, फिस्टेल एयर, एयर डाइनेस्टी हेली सर्भिस, माउन्टेन हेलिकोप्टर्स, मनाङ एयर, प्रभु हेलिकोप्टर, अल्ट्रिच्युट एयर, हेली एभरेस्ट र कैलाश हेलिकोप्टर सञ्चालनमा छन् । यी कम्पनीले आफ्नो सेवाका लागि ९ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको व्यवसायीको भनाइ छ । हाल श्री एयरका १०, एयर डाइनेस्टीका ४, माउन्टेनका २, फिस्टेलका ४, मनाङ एयर हेलिकोप्टरका ३, सिम्रिकका ३, अल्टिच्युट हेलिकोप्टरका २ र प्रभुका ३ हेलिकोप्टरले सेवा दिइरहेका छन् ।

कैलाश हेलिकोप्टर सर्भिसेज प्रालिका प्रबन्ध निदेर्शक प्रतापजङ्ग पाण्डेले अहिले नेपालीहरु पनि धेरै ठाउँमा घुम्न जाने भएकाले साना हेलिकोप्टरहरुको माग धेरै भएको बताए । ‘सडकमार्ग नपुगेका ठाउँमा पनि हेलिकोप्टर सेवा पुग्ने भएकाले सुत्केरी र गम्भीर घाइतेहरुको उद्धारका लागि हेलिकोप्टर प्रयोग हुने गरेको छ,’ पाण्डेले भने, ‘आन्तरिक उडान बढी नै भएकाले अर्को हेलिकोप्टर पनि थप्ने तयारीमा छौं ।’ नेपालको पर्यटन उद्योग र अत्यावश्यकीय सेवाका क्षेत्रमा योगदान पु¥याउन सकिने अपेक्षा आफूहरुको रहेको बताए ।

नेपालमा बिरामीको तत्काल उपचारका लागि गन्तव्यसम्म पु¥याउने, कर्पोरेट लाइट, ह्युमन÷कार्गो स्लिङ अपरेसन्स, हाई अल्टिच्युड अपरेसन, एरियल सर्भे, दृश्यावलोकन, माउन्टेन फ्लाइट, स्पेसल एडभेन्चर मिसन, फिल्मिङ, स्काई डाइभिङ, प्राकृतिक प्रकोप उद्धारलगायतमा हेलिकोप्टरले सेवा दिने गरेका छन् । तर अहिले धेरै हेलिकोप्टर आपत्कालीन उद्धार र चार्टरमा प्रयोग भइरहेका छन् ।

हेलिकोप्टर सेवा आफैंमा पर्यटन सेवा भएकाले यसले समग्र पर्यटनलाई टेवा पु¥याएको पर्यटन व्यवसायी गणेश शर्माले बताए । ‘हिमाल हेर्नेदेखि लिएर ट्रेकिङमा गएर अलपत्र वा बिरामी भएका पर्यटकलाई उद्धार गर्नसमेत हेलिकोप्टरको प्रयोग भएको छ,’ उनले भने । तर, कतिपय हेलिकोप्टर सञ्चालक र टुर गाइडहरु मिलेर पर्यटकलाई बिरामी बनाउने र उद्धार गरेर पैसा कमाउने माध्यम बनाएकाले हेलिकोप्टर व्यवसायलाई पनि असर गर्न थालेको उनले बताए ।

हेलिकोप्टर व्यवसायमा हेलिकोप्टरका लागि इन्धन भर्ने समस्या रहेको व्यवसायी बताउँछन् । पर्याप्त हेलिप्याड छैनन् । काठमाडौंमा एयरपोर्टबाट मात्र उड्नुपर्ने बाध्यताले एयरपोर्ट व्यस्तताले व्यवस्थित हुन नसकेको उनीहरुको भनाई छ । ‘सरकारले केही क्षेत्रलाई प्रतिबन्धित गरेको छ, त्यहाँ पुग्न सरकारी अनुमति लिने प्रक्रियासमेत झन्झटिलो छ,’ व्यवसायीको गुनासो छ ।