बागलुङमा विगत १७ वर्षदेखि अलपत्र रहेको बागलुङ बसपार्क निर्माणले पूर्णता पाउने भएको छ । शुक्रबार बागलुङ नगरपालिकाका तर्फबाट नगरप्रमुख जनकराज पौडेलले नगर विकास कोषसँग एक वर्षभित्र बसपार्क निर्माण सम्पन्न गर्ने गरी अन्तिम सहमति हस्ताक्षर गरेका छन् । अनुदान र ऋण सम्झौता गरी झन्डै सवा १० करोडको लागतमा.....
पहिलो किस्ता पाएर पनि आवास निर्माण नबनाउने भूकम्पपीडितलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको निर्णयअनुसार पहिलो किस्ता बापतको रकम लिइसकेका लाभग्राहीहरुले दोस्रो किस्ताको समयसीमाभित्र आवास निर्माणको जग नबसाले कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने.....
नेपाल उद्योग वाणिज्य महासङ्घको रिक्त जिल्ला र नगर उपाध्यक्षको शुक्रबार भएको निर्वाचनमा किशोर प्रधान निर्वाचित भएका छन् । प्रधान यसअघि महासङ्घमा शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए । प्रधानले आफ्ना प्रतिद्वन्द्वी निरक केसीलाई हराउँदै उपाध्यक्षमा निर्वाचित भएका हुन् । प्रधानले ६५ र.....
उद्योगको सुरक्षा र औद्योगिक वातावरणका लागि सुरक्षा स्टिकर टाँस्न सुरु गरिएको छ । चितवन उद्योग सङ्घले उद्योगको सुरक्षाका लागि सशस्त्र प्रहरीसँगको सहकार्यमा चितवन र नवलपुरका ठूला उद्योगमा औद्योगिक सुरक्षा स्टिकर टाँस्ने अभियान सुरु गरेको हो । बिहीबार रत्ननगरबाट सुरु भएको सो अभियानअन्तर्गत आज भरतपुर.....
काठमाडौंदेखि वीरगञ्जसम्म रेल निर्माणको सम्भाव्य अध्ययन गर्न सरकारले अर्काे साता विदेशी कम्पनीलाई छनौट गर्ने भएको छ । काठमाडौंदेखि सबैभन्दा नजिकको नाका वीरगञ्जसम्म इलेक्ट्रिक रेल लाइन निर्माण गर्नका लागि सरकारले त्यसको सम्भाव्य अध्ययन गर्न छओटा विदेशी कम्पनीलाई सर्टलिस्ट गरेको थियो । रेल विभागले.....
निजी घर निर्माण सुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने भूकम्प पीडित लाभग्राहीको संख्या तीन लाख नाघेको छ । बिहीबार अपरान्ह प्राधिकरणको सूचना संयन्त्रमा प्रविष्ट तथ्यांकअनुसार ३ लाख १ हजार ८४ भूकम्प पीडितले दोस्रो किस्ता पाउन निवदेन दिएका हुन् । पहिलो किस्ता लिएका लाभग्राहीले मापदण्डअनुसार जग तहसम्म.....
सोलुखुम्वु जिल्लमा निर्माणाधीन सोेलुखोला(दुधकोशी) जलविद्युत आयोजनामा टनेल निर्माणको काम सुरु भएको छ । साहस उर्जा लिमिटेडले निर्माण गर्न लागेको आयोजनाले निर्माण स्थलसम्म पुग्ने बाटो, आवास निर्माण, क्याम्प, कडा भुभाग विस्फोटन लगायतका कामहरु सम्पन्न भइसकेकोे जनाएको छ । ८६ मेगावाट क्षमताको उक्त आयोजनाले.....
देशको कान्छो जिल्ला नवलपुर त्यो बेला नवलपरासी थियो । प्रदेश नम्बर ४ को तराई छुने यो जिल्लाको देवचुली दुम्कौलीको हाइवेमा जति तुफानमा गाडी कुदे पनि त्यहाँभित्र रहने यात्रु र चालकको एकपटक आँखा छेवैको खजुरावान शैलीको मन्दिरमा ठोक्किन्छ । एक वर्षअघि निर्माण भएर उद्घाटन भएको चौधरी गु्रपले निर्माण गरेको शाश्वस्तधाम.....
राष्ट्रिय अर्थतन्त्रलाई उकास्दै नेपाली वस्तु तथा सेवालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि यहाँ पाँच दिवसीय सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला सुरू भएको छ । नेपालसहित भारत, चीन, बंगलादेश र पाकिस्तानका औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्रीको व्यवस्था मिलाइएको उक्त मेलाको स्थानीय.....
पटकपटकको विद्युत् आपूर्ति बन्दले खोटाङ र ओखलढुङ्गाका उपभोक्ता हैरान भएका छन् । लामो दूरी, जंगलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जाने गर्दा पटकपटक विद्युत् आपूर्ति बन्द हुन्छ । यो समस्याबाट दुई जिल्लाका हजारौँ सेवाग्राही हैरानीमा परेका हुन् । अहिले ३३ केभी प्रसारण लाइन विद्युत् विस्तार गरिएका.....