‘हुकिङ हटाऊ महसुल उठाऊ’ अभियान शुरु गरेको नेपाल विद्युत् प्राधिकरण ललितपुरले गत साउनदेखि यही माघ २० गतेसम्म ३७८ ठूला ग्राहकको लाइन काटेको छ । प्राधिकरणका ललितपुर प्रमुख जयकृष्ण यादवका अनुसार ती ग्राहकले रु ९० लाख ६४ हजार बराबरको महसुल तिर्न बाँकी छ । लतितपुरका एक दर्जनभन्दा बढी स्थानमा संगठित रुपमा.....
नेपाल खुल्ला बजेट सर्वेक्षण, २०१७ मा दक्षिण एसियामै अग्रस्थानमा देखिएको एक विश्वव्यापी अध्ययनले देखाएको छ । सन् २००६ देखि नेपाल खुल्ला बजेट छलफलमा सहभागी हुन थालेको हो । जसअनुसार नेपालले २००६ मा ३६ अङ्क, २००८ मा ४३, २०१० मा ४५, २०१२ मा ४४, २०१५ मा २४ र यस वर्ष (२०१७) मा ५२ अङ्क प्राप्त गरेको छ । सर्वेक्षण प्रत्येक.....
थाहा अभियानका प्रणेता रुपचन्द्र विष्टले थालनी गरेको कृषि करले सञ्चालित जनकल्याण माध्यमिक विद्यालयले अहिले आर्थिक सङ्कट बेहोरिरहेको छ । तीसको दशकसम्म स्थानीय कृषकबाट उत्पादित तरकारीमा लगाइने करको केही हिस्सा पाउँदै आएको विद्यालयले अहिले आम्दानीका अन्य स्रोतमा भर पर्नु परेको छ । विद्यालय सुरुआतका.....
पूर्व पश्चिम जोड्ने पुष्पलाल (मध्य पहाडी) लोक मार्गअन्तर्गत अछाम र दैलेखको सीमा कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा सहज हुने भएको छ । मध्य पहाडी लोकमार्गमा निर्माण हुने ८० पक्की पुलमध्ये अछाम र दैलेखको सीमा कर्णाली नदीको बेलखेतमा निर्माण भएको पुल सबैभन्दा लामो दुई सय मिटरको छ । लोकमार्गका ४८ पक्की.....
धनकुटाको लेगुवाघाट हुँदै सङ्खुवासभाको मुढे शनिश्चरे बजार जोड्ने १२ किलोमिटर ग्रामीण कृषि सडक सञ्चालनमा आएसँगै स्थानीयवासी हर्षित भएका छन् । ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना परियोजनाले दुई वर्षअघि निर्माण थालेको पाँच मिटर चौडा १२ किलोमिटर लम्बाइको सडकमा यात्रुवाहक र ढुवानीका साधन सञ्चालनका लागि.....
नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा व्यावसायिक भेटवार्ता सम्पन्न भएको छ । ग्वाङ्गजाओका लागि नेपाली महावाणिज्यदूत रवि भट्टराईको समन्वयमा चीनबाट व्यावसायिक भेटवार्ताका लागि नेपाल आएको ६ सदस्यीय प्रतिनिधिमण्डललाई महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले एक कार्यक्रमबीच स्वागत गरे । वरिष्ठ उपाध्यक्ष.....
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि दुई अर्ब ६३ करोड ८५ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण सेयर बिक्री गर्न.....
भारत सरकारले चिनी आयातमा शतप्रतिशत भन्सार शुल्क लगाउने तयारी गरेको छ । विदेशबाट सस्तो भन्सार दरमा चिनी आयात भएपछि त्यहाँका किसान निरन्तर मर्कामा परेपछि सरकारले शतप्रतिशत शुल्क लगाउने तयारी गरेको हो । हाल भारतले चिनी आयातमा ५० प्रतिशत शुल्क लगाउँदै आएको छ । भारतको वाणिज्य मन्त्रालयमा चिनीको भन्सार.....
जाजरकोटको सदरमुकाम खलङ्गामा केन्द्रीय प्रसारणको विद्युत् लाइन जडान गरिएको छ । विगत लामो समयदेखि अँध्यारोमा बस्दै आएका यहाँका बासिन्दा घरमा विद्युत् लाइन पुगेपछि खुसी भएका छन् । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले पहिलो चरणमा भेरी नगरपालिका–४ बोहरागाउँ, मूलपानीबाट विद्युत् जडानको काम सुरु गरेको.....