भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणका निम्ति नेपाललाई अनुदान रकम दिएको छ । नेपालका लागि भारतका राजदूत मञ्जीभसिंह पुरीले अर्थ सचिव डा. राजन खनाललाई २ अर्ब १० करोड ४३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । अनुदान रकम हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थिति थियो । भारत सरकारले.....
नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो संसदीय दललाई आज जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले सो सहमतिबारे जानकारी गराएका हुन् । बैठकमा सहमतिपछिको.....
विगत २७ दिनदेखी आमरण अनसनमा रहेका डा. गोविन्द केसी र सरकारबीचको वार्ता सफल भएको छ । सरकारी वार्ता टोली र डा. केसी पक्षको वार्ता टोलीविच वार्ता निष्कर्षमा पुगेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । केसी राखेका माग पुरा गराउन सरकार सहमत भइ दुवै पक्षबीच सहमति हस्ताक्षर भएको छ । वार्ता सफल.....
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आज कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा यही साउन १५ गते हुने संसदीय निर्वाचनको पर्यवेक्षण गर्न उनी कम्बोडिया गएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । । नेपालसँगै नेकपाका नेता तथा सांसद भानुभक्त ढकाल र काङ्ग्रेसका नेत्री तथा सांसद सुजाता.....
पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको जारी मतगणनाको प्रारम्भिक नतिजामा पूर्व क्रिकेटर इमरान खानको पार्टीलाई बहुमत प्राप्त हुने सङ्केत देखिएको छ । पूर्व प्रधानमन्त्री नवाज शरिफ नेतृत्वको सत्तारुढ दल पाकिस्तान मुस्लिम लीग–नवाजले मतदानमा सेनाको सहयोगमा व्यापक धाँधली भएको आरोप लगाउँदै हालसम्मका.....
नेपालको अध्यागमन सुरक्षा सम्बन्धमा अमेरिकी सरकार सहयोग गर्न तयार रहेको नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिट्जले बताएकी छन् । बुधबार गृहमन्त्री रामबहादुर थापासँगको भेटमा उनले अमेरिकी नागरिकबाट लिइने प्रवेशाज्ञा शुल्क पुनरवलोकनका लागि नेपाल सरकारको ध्यानाकर्षणसमेत गराइन् । गृहमन्त्री.....
भरतपुर महानगरपालिकाको चितवनमा गोली चलेको छ । अटो रिक्सा तथा ट्याम्पो व्यवसायी सङ्घले प्रहरी बिटमा आगो लगाएपछि प्रहरीले हवाई फाएर गरेको जनाइएको छ । महानगरपालिकाले अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने निर्णयको विरुद्ध आन्दोलन गरिरहेका छन् । केन्द्रीय बस टर्मिलन चोकमा मजदुर एवम् व्यवसायी.....
पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् । पाकिस्तानमा आज भइरहेकाे राष्ट्रव्यापी आम निर्वाचनमा करिब १० करोड ६० लाखले मतदान गर्दैछन् । मतदान केन्द्रमा प्रवेश गर्न लागेका.....
अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा वार्ता र सहमतिका लागि सरकारी वार्ता टोलीले विज्ञ र सम्बन्धित पक्षसँग परामर्श थालेको छ । सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष.....
चिनियाँ राष्ट्रपति सि चिनफिङ सोमबार दक्षिण अफ्रिका पुगेको समाचार छ । उनी सोमबार दक्षिण अफ्रिकाका पुग्दा त्यहाँका उच्चस्तरीय अधिकारीहरुले प्रिटोरिया विमानस्थलमा विशेष तथा भव्य स्वागत गरेका थिए । दक्षिण अफ्रिकासँगको सम्बन्ध विकास र द्विपक्षीय हितका विभिन्न एजेन्डाहरुमा छलफल गर्नका लागि उनी दक्षिण.....