राजनीति


जनताले धान्न सक्ने कर लगाउनुपर्छ : प्रम

जनताले धान्न सक्ने कर लगाउनुपर्छ : प्रम

५ भाद्र २०७५, मंगलवार १६:३२

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कर लगाउने अधिकार भए पनि जनताले धान्न सक्ने गरी कर लगाउनुपर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालमा लगाइएको कर संसारमै सस्तो भएकोे बताए । उनले राजस्व र करका विषयमा अपव्याख्या गरेर जनतालाई भ्रम फैलाउन नहुने बताउँदै.....

निवृत्तिभरण कोष विधेयक स्वीकृत

निवृत्तिभरण कोष विधेयक स्वीकृत

३० श्रावण २०७५, बुधबार १६:०७

प्रतिनिधिसभाको आजको बैठकले  ‘निवृत्तिभरण कोष विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त विधेयकको सैद्धान्तिक पक्षमा सदनमा आफ्ना अभिमत प्रस्तुत गर्दै.....

कुपन्डोलमा बम आतङ्क, सर्वसाधारण त्रसित (फोटोफिचर)

कुपन्डोलमा बम आतङ्क, सर्वसाधारण त्रसित (फोटोफिचर)

२९ श्रावण २०७५, मंगलवार १३:५८

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको बन्दका दिन कुपन्डोलमा बम फेला परेको छ । सडकबीचमै बम भेटिएपछि सर्वसाधारण त्रसित बनेका छन् । घटनाका विषयमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना घटनास्थलमा पुगेका थिए । बम निस्तेज.....

कर वृद्धिका कारण सङ्घीय व्यवस्था बदनाम

कर वृद्धिका कारण सङ्घीय व्यवस्था बदनाम

२८ श्रावण २०७५, सोमबार १६:५१

जथाभावी रुपमा स्थानीय तहले कर लगाउँदा सङ्घीय व्यवस्था नै बदनाम भएको सांसदहरुले बताएका छन् । सोमबारको संसद बैठकमा सांसदहरुले जथाभावी कर लिँदा देशव्यापी आन्दोलन सुरु भएको भन्दै सरकारलाई सचेत गराए । सत्तारुढ सांसद हृदयश त्रिपाठीले करको भार बढिरहँदा एउटा समूह खुसी भएको भन्दै करविरुद्धको आन्दोलनले सङ्घीय.....

प्रधानमन्त्री ओलीको पाँच महिने प्रगति, हवाई सेवादेखि तुइन प्रतिस्थापनसम्म

प्रधानमन्त्री ओलीको पाँच महिने प्रगति, हवाई सेवादेखि तुइन प्रतिस्थापनसम्म

२८ श्रावण २०७५, सोमबार १६:४२

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पाँच महिने प्रगति सार्वजनिक गरेका छन् । पाँच महिनाको अवधिमा हवाई सेवादेखि पेट्रोलियम चुहावट रोक्न लकिङ प्रणाली जडानसम्मलाई मुख्य प्रगतिका रुपमा राखिएको छ । प्रधानमन्त्री कार्यालयले सोमबार ७४ पृष्ठको प्रगति विवरण सार्वजनिक गर्दै पाँच महिनाको अवधिमा यातायात.....

विराटनगरमा मेयर कार्यालयमा बम विस्फोट

विराटनगरमा मेयर कार्यालयमा बम विस्फोट

२७ श्रावण २०७५, आईतवार १५:३६

विराटनगरमा मेयरको कार्यलयमा कुकर बम विस्फोट भएको छ । मोरङको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै आइतबार दिउँसो २ बजे बम विस्फोट भएको हो । मोरङका एसपी मनोज केसीले बम विस्फोट भएको पुष्टि गर्दै विस्फोटमा संलग्न समूहको खोजी भइरहेको बताएका छन् । बम विस्फोटबाट मेयरको गाडीमा क्षति पुग्नुको.....

भारतद्वारा सीमामा सडक निर्माण

भारतद्वारा सीमामा सडक निर्माण

२३ श्रावण २०७५, बुधबार १०:५७

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक सीमाक्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ । नेपाल–भारत सीमाक्षेत्रमा मुख्य सीमास्तम्भ नं ३ नजिक आफ्नो भूमि दाबी गर्दै भारतले पक्की सडक निर्माण गरिरहेको छ । भारतले टनकपुर ब्यारेजदेखि उत्तरतर्फको ब्रह्मदेव बजार छेउसम्म करिब एक.....

उद्योगी व्यवसायीका अगाडि प्रचण्डले भने— नेपालबाहिर ककसको लगानी छ, हामीलाई थाहा छ

उद्योगी व्यवसायीका अगाडि प्रचण्डले भने— नेपालबाहिर ककसको लगानी छ, हामीलाई थाहा छ

२२ श्रावण २०७५, मंगलवार १४:०७

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालबाहिर ककसले कति लगानी गरिरहेका छन् भन्ने विषयमा आफूहरू जानकार रहेको बताएका छन् । मङ्गलबार वीरगन्जमा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य सङ्घको राष्ट्रिय भेलामा दाहालले युरोप, मध्यपूर्वलगायतका.....

बन्दले जनजीवन प्रभावित

बन्दले जनजीवन प्रभावित

२२ श्रावण २०७५, मंगलवार १०:२९

बन्दका कारण इलामसहित पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ । राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान राष्ट्रिय क्रन्तिकारी पार्टी र कोचिला एकता मोर्चाले बन्दको आह्वान गरेका हुन् । बन्दमा लिम्बूवान जनता पार्टी नेपाल, खम्बुवान मुक्ति मोर्चा संघीयवादी, संघीय खम्बुवान.....

जापानको हिरोसिमामा बम हमलाको स्मरण गरिँदै

जापानको हिरोसिमामा बम हमलाको स्मरण गरिँदै

२१ श्रावण २०७५, सोमबार १५:५६

जापानको हिरोसिमा शहरमा आजभन्दा ७३ वर्षअघि दोस्रो विश्वयुद्धका क्रममा विश्वमै पहिलो पटक भएको आणविक बम हमलाको सोमबार स्मरण गरिँदैछ । सोमबार बिहान हिरोसिमा शहरमा घण्टा बजेर उक्त नरसंहारको स्मरण गरिएको थियो । जापानभर आज उक्त नरसंहारको स्मरण गरिएको छ । हिरोसिमामा सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले गरेको.....