चितवन–भरतपुर महानगरपालिका–१७ की अनिता थापाले बङ्गुर पालन र अदुवाखेतीबाट मासिक करिब ६० हजार रूपैयाँ आम्दानी गर्छिन् । दलित महिला उत्थान सङ्घ (एड्वान) को आर्थिक सहयोगमा अनिताले बङ्गुर पालन व्यवसायसँगै भुइँकटहर, अदुवा, बेसार र मौसमअनुसारका तरकारी खेतीसमेत गर्दै आएकी हुन् । “बङ्गुर मासुको लागि बिक्री.....
विश्वबजारमा प्रविधिले निकै ठूलो फड्को मारेको सर्वविदितै छ । त्यसैअन्तर्गत प्रविधि डिजिटलाइजेसन हुने क्रममा आएको एउटा पाटो हो — ‘पेमेन्ट गेटवे’ अर्थात् डिजिटल पेमेन्ट । हालको अवस्थामा कार्ड अथवा अनलाइनका माध्यमबाट यो सञ्चालन हुन्छ र केही हदसम्म मोबाइल पेमेन्ट पनि आइसकेको छ । विश्वव्यापी रुपमा चाहिँ.....
जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले विभिन्न १५ ओटा जलविद्युत् आयोजनामा झन्डै साढे ८ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । ६ वर्षअघि स्थापना भएको उक्त कम्पनीले नेपालका विभिन्न जलविद्युत् आयोजना निर्माणका लागि पुँजी तथा लगानी गरेको हो । ५ सय ७८ मेगावाट क्षमताका १५ आयोजना बनाउन आवश्यक ऋण लगानी गरेको कम्पनीले.....
कैलाली जिल्लामा गएको आर्थिक वर्ष २०७४/७५ मा दर्ता भएका ९०३ नयाँ उद्योगमा झण्डै एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएकामध्ये साना उद्योगमा झण्डै एक अर्ब पाँच करोड र लघु उद्योगमा ३३ करोड रूपैयाँ लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएका साना उद्योगको स्थिर पुँजी ६८ करोड र चालु पुँजी ३७ करोड रहेकामा.....
तीन महिनाअघि छुट्टै भन्सार कार्यालयको मान्यता पाएको भद्रपुर भन्सारले असोज महिनामा दुई करोड ६६ लाख राजस्व सङ्कलन गरेको छ । सरकारले साउन १ गतेदेखि भद्रपुरको छोटी भन्सारलाई मेची भन्सार कार्यालय मातहतबाट स्तरोन्नति गर्दै छुट्टै भन्सार कार्यालयको मान्यता दिएको थियो । यस कार्यालयले असोज महिनामा दुई करोड.....
पछिल्लो समय पहेँलो धातुको मूल्यमा वृद्धि भएसँगै यसको कारोवारमा कमी आएको छ । गत वर्ष बडादसैंमा दैनिक ५० किलो सुनको कारोवार भएकामा यस पटक दैनिक करिब ३० किलोको कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो वर्ष घटस्थापनादेखि फूलपातीसम्म सुनको दैनिक माग करिब ५० किलो भए पनि सोहीअनुसारको.....
चीनले उच्च क्षमताका प्रसारण लाइन तथा करिडोर र जलविद्युत् आयोजना निर्माणमा सहयोग गर्ने भएको छ । हालै चीन भ्रमणमा गएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ४ सय केभी क्षमताका प्रसारण लाइन र ठूला जलविद्युत् आयोजना निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएका हुन् । खासगरी नेपाल—चीनसँग.....
सुदूरपश्चिम प्रदेशको प्रमुख सहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अघिल्लो महीनादेखि १० करोड रूपैयाँभन्दा बढीको लगानीमा २५ शैय्याको सुविधायुक्त ‘माया मेट्रो’ अस्पताल सञ्चालनमा आएको छ । अस्पतालमा २४ घण्टा.....
नेपालको प्रमुख चाडपर्वमध्येको एक हो— बडादसैं । यसलाई नेपाल सरकारले पनि बर्सौंदेखि महङ्खव दिँदै आएको छ । त्यसैले दसैं मनाउनकै लागि सरकारले र अन्य रोजगारदाताले कर्मचारीलाई एक महिनाको थपेर एकै पटक दुई महिनाको तलब दिन्छन् । यसले दुई महिनाको तलब एक महिनामा जान्छ वा त्यही आधारमा खर्च हुन्छ । यस आधारमा हेर्दा.....
यस वर्षको तिहारमा गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १७ लाख मालाको माग रहेको बताइएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ । अघिल्ला वर्षको तुलनामा.....