काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले प्रदेश १ औद्योगिक हब बन्न सक्ने बताएकी छन् । कृषि, पर्यटन तथा जलविद्युत् क्षेत्रको ठूलो सम्भावना रहेकाले त्यसतर्फ लगानीकर्तालाई आकर्षण गर्न सके औद्यौगिक हब बन्ने बताएकी हुन् । नेपाल भारत क्रस बोर्डर सिम्पोजियमको उद्धघाटन कार्यक्रममा बोल्दै.....
विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महीनाको अवधिमा रु १६ अर्ब ४० करोड ५२ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले दिएको जानकारी अुनसार सो अवधिमा रु १६ अर्ब १६ करोड २१ लाख ३० हजार राजस्व असुल गर्ने लक्ष्यमा रु २४ करोड ३० लाख ८८ हजार बढी राजस्व सङ्कलन भएको हो । आर्थिक वर्ष २०७४र७५ मा सो.....
बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ । विश्व बैंकले शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङलगायत देशभरका २१ वटा नगरपालिकामा करिब १६ अर्ब लगानी गर्न लागेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । यसका.....
काठमाडौं : गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा म्याग्दी जिल्लामा २५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । आयोजनाको महिला बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र धौलागिरि कालीका हाइड्रोपावर कम्पनीका अध्यक्ष विनोद कुवँरले संयुक्त रूपमा शिलान्यास गरेका.....
काठमाडौं : चालू आर्थिक वर्षमा सार्वजनिक निजी साझेदारीमा साना तथा ठूला १८ आयोजना सम्पन्न भई प्रणालीमा २३६ मेगावाट बिजुली थप हुने भएको छ । सार्वजनिक क्षेत्रअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको १४ मेगावाटको कुलेखानी तेस्रो र बाँकी निजी क्षेत्रबाट १७ आयोजना सम्पन्न भई २२२ मेगावाट बिजुली थप हुने.....
वासिङ्टन, संयुक्त राज्य अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक (फेडरल रिजर्भ) लाई ब्याजदर बढाएर ‘अर्को गल्ती’ नगर्न आग्रह गरेका छन् । “मलाई लाग्छ फेडरल बैंकका अधिकारीले अझ अर्को गल्ती गर्नु पहिले आज (मङ्गलबार) को ‘वाल जर्नल’ पत्रिकाको सम्पादकीय हेर्नेछन्,”उनले ट्वीटर सन्देशमार्फत्.....
बेइजिङ,चीन : यूरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन हुने विषयले बेलायती भूगोलमा पक्ष विपक्षमा चर्चा चलिरहेका समय पनि चीनमा रहेका बेलायती कम्पनीहरू भने ब्रेक्जिटको निर्णयले आफ्नो एसियाली विशाल अर्थतन्त्रसँगको कारोबारमा कुनै फरक नपार्ने देखिएको मङ्गलबार सार्वजनिक एक सर्वेक्षण प्रतिवेदनले देखाएको.....
काठमाडौं । कपडा उद्योगमा प्रख्यात प्रगति टेक्सटाइले नेपालमा पहिलो पटक लगेज फ्याब्रिक उत्पादन गर्ने भएको छ । हालसम्म कपडा उत्पादन गर्दै आएको प्रगति टेक्सटाइलले निकट भविष्यमै लगेज फ्याब्रिक उत्पादन गर्ने योजना बनाएको कम्पनीका प्रवन्ध निर्देशक जितेन्द्रकुमार लोहियाले जानकारी दिए । ‘चालू आर्थिक वर्षको.....
बनियानी : झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादनको गरेको कुखुराको उचित मूल्य नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । विभिन्न सरोकारवाला निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर.....
काठमाडौं : गण्डकी प्रदेशको राजधानी पोखरामा हाउजिङ निर्माण हुने भएको छ । बी एन्ड बी हाउजिङ कम्पनी प्रालिले पोखरा महानगरपालिका वडा नं १८ सेदीको करिब ३८.५ रोपनी क्षेत्रफलमा हाउजिङ निर्माण गर्न लागेएको जनाएको छ । हाउजिङ १५ तलाको हुने छ । हाउजिङमा २४० ओटा बेड हुने छन् भने ८ ओटा लिफ्ट रहने छन् । यस्तै ३ तला पार्किङसहितको.....