काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुँजी बढाएर ४ अर्ब रुपैयाँ पुर्याउने भएको छ । कम्पनीले पुँजी बढाउनका लागि आउँदो चैत १५ गते हुने ३१ औं वार्षिक साधारणसभामा विशेष प्रस्ताव लैजाने भएको छ । भविष्यको अवाश्यकतालाई मध्यनजर गर्दै पुँजी वृद्धिको प्रस्ताव गर्न लागिएको कम्पनीले जनाएको छ ।.....
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित माउन्टेन हाइड्रो नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) आज बिहीबारदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दाले आवेदन नदिएको ५ करोड ६६ लाख ११ हजार रुपैयाँ समेत थप गरी १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपीओ निष्कासन.....
काठमाडौं । सेयरधनीलाई दिने लाभांश घोषणापछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य उकालो लागेको छ । आइतबार गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई साढे ४८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेपछि उसको सेयर मूल्य निरन्तर उकालो लागेको हो । सेयर बजार घटिरहेका बेला नेपाल लाइफका लगानीकर्ताले कमाइरहेका.....
गाईघाट । कुनै समय राम्रो मूल्यमा बिक्री हुने नगदेबाली अलैँची खेतीमा हौसिएका उदयपुरका कृषक अलैँचीले अहिले उचित बजार मूल्य पाउन छाडेपछि निराश बन्न थालेका छन् । प्रत्येक वर्ष तीन हजारदेखि तीन हजार ५०० प्रतिकिलो मूल्यमा बिक्री हुने गरेको अलैँची अहिले प्रतिकिलो ५०० रूपैयाँ भएपछि अलैँची उत्पादक कृषक निराश.....
पर्वत । लप्सी उत्पादनको पकेटक्षेत्र मानिएको यहाँबाट यस वर्ष अमेरिकामा मात्रै १० टन लप्सी निर्यात भएको छ । लप्सी सङ्कलन, प्रशोधन र व्यापारको काम गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगले प्रशोधन गरेर तयारी अवस्थामा रहेको १० टन लप्सी अमेरिका पठाएको हो । फलेवास नगरपालिकाको मुडिकुवामा रहेको उद्योगले.....
काठमाडौं । उद्योगी शशिकान्त अग्रवालका बुबा तथा एमएस ग्रुपका अध्यक्ष शिवकुमार अग्रवालको निधन भएको छ । भारतको चेन्नाईमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । स्रोतका अनुसार उनको ७६ वर्षको उमेर निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा नेपालस्थित नर्भिक अस्पतालमा उपचार गराइएको.....
चितवन । भरतपुर महानगरपालिकामा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी नमुना बन्दै गएको छ । विसं २०४२ सालमा स्थापना भएको उक्त सहकारी दूध सङ्कलन गरी उच्च प्रविधिको प्रयोग गर्दै दुग्धजन्य पदार्थका उत्पादन आफै प्रशोधन गरी गुणस्तरीय दूध उत्पादन गरिरहेको छ । अहिले दैनिक ६ हजार लिटर दूध सङ्कलन हुने उक्त सहकारीमा.....
काठमाडौ । एलपिजी ग्याँस लगाएत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको मार्गचित्र तय गर्न उच्च स्तरीय समिति गठन गर्ने सहमति पछि ग्यास उद्योगीको आन्दोलन स्थगित भएको छ । आन्दोलनरत ग्याँस उद्योगी र नेपाल आयल निगमबीच भएको ३ बुदे सहमति पछि मंगलबारबाटै आन्दोलनका कार्यक्रमहरु फिर्ता लिइएको जनाएको.....
काठमाडौं । सरकार र नेपाल ग्यास बिक्रेता सङ्घसँगको अनौपचारिक वार्ता सहमति उन्मुख देखिएको छ । ग्यासको कमिसन बढाउनुपर्ने तथा नेपाली ग्यास उद्योगको नेपाली नम्बरका निजी बुलेट सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका व्यवसायीसँग सम्बन्धित सरकारी निकायसँग अनौपचारिक वार्तामा निकास निकाल्ने तयारी भएको हो.....