सिभिल बैङ्क लिमिटेडले जीवन बिमा सेवालाई विस्तार गर्ने उद्देश्यले युनियन नेपाललाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सिभिल बैङ्ककातर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र युनियन नेपाललाइफ इन्स्योरेन्सकातर्फबाट प्रमुखकार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरे । युनियन.....
गोरखा नगरपालिका–१२ स्थित दशकिलोका कुलु समुदायले मादल बनाएर बिक्री गरी मनग्य आम्दानी गर्दै आएका छन् । कुलु समुदायका चार घरपरिवारले मादल बनाएर बिक्री गरी प्रतिपरिवार वार्षिक सात लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । स्थानीय ५८ वर्षीय साने कुलुका तीन छोरा र एक छोरीले बाबुको पुर्खौली पेशालाई पछ्याउँदै.....
गुणस्तरहीन पानी उत्पादन तथा बिक्री गर्ने ३ ओटा पानी उद्योगमा सिलबन्दी गरिएको छ । बिहीबार टोखा नगरपालिका—३ क्षेत्रमा सञ्चालनमा रहेका ४ पानी उद्योगको अनुगमनका क्रममा ३ ओटा पानी उद्योगमा सिलबन्दी गरिएको हो । कृषि तथा पशपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीको संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण.....
चार्डपर्वमा सुनको भाउ बढ्दै गएको छ । निरन्तर उकालो लागिरहेको सुनको मूल्य नेपाली बजारमा आज बिहीबार प्रतितोला ६० हजार चार सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएअनुसार छापावाल सुनको मूल्य हिजोे बुधबार प्रतितोला ६० हजार एक सय थियो । हिजोको तुलनामा आज प्रतितोला तीन सय रुपैयाँ बढेको.....
पश्चिम नवलपरासीको परासीमा आगामी मङ्सिर १३ देखि २३ गतेसम्म चौथो नवलपरासी औद्योगिक व्यापार मेला–२०७५ हुने भएको छ । उद्योग वाणिज्य सङ्घ नवलपरासीको आयोजनामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत् प्रदर्शनी सहितको मेला हुन लागेको हो । मेलामा विविध प्रकारका करीब २०० भन्दा बढी व्यावसायिक.....
नेपाल बङ्गलादेश बैङ्क र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानीमा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बङ्गलादेश बैङ्कका डेपुटी सीईओ सुरेन्द्रभूषण श्रेष्ठ र खल्तीका डाइरेक्टर अमित अग्रवालले बुधबार हस्ताक्षर गरेका हुन् । सम्झौतापछि नेपाल बङ्गलादेश बैङ्कका ग्राहकले मोबाइल बैङ्किङ तथा.....
तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । बागलुङका घरेलु उद्यमीहरुले तयार गर्ने झिनियाँ रोटीको माग बागलुङलगायत अन्य ठाउँबाट पनि आउन थालेपछि झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ भएको हो । नेपाली समाजमा तिहारको भाइटीकामा.....
चितवन जिल्लाका २६७ अाेटा सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्न लागिएको छ । भरतपुर महानगरपालिका–१० वाइपास रोडमा सहकारीको छाता संस्था जिल्ला सहकारी सङ्घ चितवनको नेतृत्वमा पम्प सञ्चालनमा आउन लागेको हो । सङ्घका अध्यक्ष टीकाराम भट्टराईका अनुसार पम्प निर्माणको काम सम्पन्न भएको र सकेसम्म.....
हिमालय एअरलाइन्सले चीनमा पनि व्यावसायिक उडान सुरु गर्ने भएको छ । चीनको प्रमुख पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान भर्दै हिमालय एअरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको छ । हिमालय एअरलाइन्सले आफ्ना सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौंसम्मको चार्टर्ड सेवा उपलब्ध.....
भोजभतेर, पार्टी, सभासमारोहमा रक्सी पिउने चलन नेपाली समाजमा अब कुनै नौलो कुरा भएन । जुनसुकै क्षेत्रमा गएर बसे पनि मदिराकै कुरा आउँछ भने मदिरा पिउने संस्कृति नै बनिसकेको छ, नेपालमा । चाहे सुखको क्षणमा होस् अथवा दुख पीरको क्षणमा स्वदेशी तथा विदेशी मदिरा सबैको रोजाइमा परिसकेको छ । मदिराको उपभोग बढ्दै गएपछि.....