सियोल । संयुक्तराष्ट्र सङ्घले उत्तर कोरियामा गत वर्ष खाद्य उत्पादनमा दशककै सबैभन्दा न्यून भएको जनाएको छ । प्राकृतिक प्रकोपका साथै खेतीयोग्य जमिनको अभाव तथा परम्परागत कृषिका कारण खाद्य उत्पादनमा व्यापक कमी आएको हो । अन्तर्राष्ट्रिय नाकाबन्दीका कारण आर्थिक रुपमा कमजोर बनेको उत्तर कोरियामा बर्सेनि.....
एजेन्सी । फोब्र्स म्यागेजिनले सन् २०१९ को विश्वका धनाढ्यहरुको सूची प्रकाशित गरेकोे छ । अमेजन कम्पनीका संस्थापक जेफ बेसोज र माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स सूचीको पहिलो र दोस्रो स्थानमा परेका छन् । तेस्रो स्थानमा बर्कसायर कम्पनीका वारेन बफेट छन् भने फेसबुकका संस्थापक मार्क जुकरबर्ग यो सूचीको.....
लण्डन । फेब्रुअरी महिनामा बेलायती कार बिक्रीमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा पुनः वृद्धि आएको मङ्गलबार सार्वजनिक एक तथ्याङ्कमा देखाइएको छ । बेलायती कारको लगातार पाँच महिनासम्मको कारोबारमा देखिएको गिरावटले निराश बनाएको कार कम्पनीहरूलाई फेब्रुअरीमा कारोबारमा आएको सुधारले निकै राहत मिलेको.....
पेरिस । प्राणघातक रोग एड्स लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन् । अनुसन्धाताहरुले उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन् । पेरिसमा आयोजना गरिने एक चिकित्सा सम्मेलनमा मङ्गलबार यस अद्भूत कार्यका बारेमा घोषणा गरिँदैछ । एचआईभी–सङ्क्रमित ती व्यक्तिलाई दश वर्षपछि.....
नयाँदिल्ली । संयुक्तराज्य अमेरिकाले भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ । तर, भारतले अमेरिकी सहुलियत कटौतीबाट दुई देशबीचको व्यापारमा असर नपर्ने स्पष्ट गरेको छ । संयुक्तराज्य अमेरिकातर्फ भारतबाट वार्षिक करिब ८० अर्ब डलर बराबरका सामान निर्यात हुने गरेको छ । भारतका वाणिज्य सचिव.....
एजेन्सी । अमेरिका र चीन व्यापार सम्झौताको सम्भावनाको निकट पुगेका छन् । दुई मुलुकको व्यापार छलफलबारे जानकार दुई स्रोतका अनुसार चीनले वैद्धिक सम्पत्ति अधिकारको संरक्षण र अमेरिकाबाट उल्लेखनीय मात्रामा वस्तु खरिद गर्ने आफ्नो बाचामा अडिएसम्म अमेरिकाले चीनमाथि लगाएको सम्पूर्ण भन्सार कर रद्द गर्न सक्ने.....
नयाँ दिल्ली/ सिन्ह्वा । भारत र पाकिस्तानबीचको विवादका कारण केही दिन अवरुद्ध भएको दुई देश बीचको रेल सेवा सोमबारदेखि फेरि सुरु भएको छ । दुई देशबीचको महत्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको अधिकारीहरूले जानकारी दिएका हुन्। पछिल्लो दुई देशीय तनावपछि पाकिस्तानको लाहोरदेखि भारतको.....
इस्लामाबाद/एएनआई । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन्। स्थानीय जनताको चाहना अनुसार काश्मिर समस्या समाधान गर्ने व्यक्ति सो पुरस्कारका लागि योग्य हुने उन स्पष्ट पारे। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म नोबेल शान्ति पुरस्कार पाउन योग्य छैन.....
एजेन्सी । पाकिस्तानले व्यावसायिक उडानका लागि सीमितरुपमा आफ्नो हुवाई क्षेत्र खुला गर्न सुरु गरेको छ । गत सप्ताह भारतसँग सीमा क्षेत्रमा हवाई हमलासँगै तनावग्रस्त अवस्था सृजना भएपछि उसले धेरै उडान रद्द गर्नुका साथै अन्य देशलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अस्थायीरुपमा रोक लगाएको थियो । पाकिस्तान नागरिक.....
बेइजिङ् । चीनमा अनलाइन शिक्षाको लोकप्रियता तीव्ररुपमा बढ्दै गएको अध्ययनहरुले देखाएका छन् । गत वर्ष मात्रै अनलाइन शिक्षामा जोडिनेको संख्या २९.७ प्रतिशतले बृद्धि भएर २० करोड १० लाख पुगेको छ । चीनमा समग्र अनलाइनमा पहुँच रहेकामध्ये यो २४.३ प्रतिशत हिस्सा हो । चीनका झण्डै १९ करोड ४० लाखले मोबाइलको प्रयोगमार्फत.....