काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्सिर १२ गते दुर्घटना गराएर फरार रहेका चालकलाई सोमबार पक्राउ गरेको छ । परिसरको टोलीले मङ्सिर १२ गते बिहान ४ बजे कञ्चनपुर घर भई कीर्तिपुर बस्ने १९ वर्षीय जीवन सिंहलाई टेकुमा ठक्कर दिई फरार रहेका चालक काभ्रेका ३६ वर्षीय कुमार श्रेष्ठलाई काभ्रेबाट पक्राउ गरेको.....
उर्लाबारी : मोरङको उर्लाबारी नगरपालिका– ६ उर्लाबारी–मधुमल्ला सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । को१९प ४४७५ नं को मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार उर्लाबारीका २५ वर्षीय अमित धिमालको मृत्यु भएको हो । गम्भीर घाइते अमितको उर्लाबारीस्थित अरनिको.....
सप्तरी : भारतबाट लागुऔषध ओसारिरहेका तीन जनालाई प्रहरीले भारतीय सीमा नजीक छिन्नमस्ताबाट सोमबार पक्राउ गरेको छ । छिन्नमस्ता गाउँपालिका–३ बाट पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ फत्तेपुरका २० वर्षीय विजय देव, राजविराज नगरपालिका–६ का ३० वर्षीय सुनिल गुप्ता र वडा नं ८ का २१ वर्षीय सागरकुमार मण्डल छन् ।.....
बैतडी : ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जिपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य छन् । सवारीसाधन सञ्चालकले नियमविपरीत जिपमा पछाडि सिट थपेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लामा चल्ने ८०.....
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्सिर १६ गते सहसचिव डा. तारानाथ पौडेललाई घुससहित पक्राउ गर्यो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख रहेका डा. पौडेलले लोक सेवा आयोगमा नाम निकालिदिने भन्दै एक जनाबाट एक लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारका प्रवक्ता.....
प्रहरीले सिराहाबाट अवैध भन्सार छलीको अगरबत्ती तथा खाध्यान्न बरामद गरेको छ । भारतीय बजारबाट भन्सार छली नेपालतर्फ ल्याइएको करिब १ लाख १३ हजार १ सय ९० रुपैयाँबराबरको विभिन्न खाद्य सामग्री र अगरबत्तीसहित भारत बिहार ग्रामपञ्चायत बेल्हा भाला सदर टोल रामसालाका १८ वर्षीय पङ्कजकुमार यादवलाई आइतबार दिउसो पक्राउ.....
काठमाडाैं : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । विमानस्थलको सुरक्षामा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोमबार बिहान फ्लाई दुबईको उडानद्वारा नेपाल आएका भारतीय नागरिक राजेश गोविन भाई सगपरियालाई अवैध भन्सार छलीको सुनसहित पक्राउ गरेको विमानस्थल.....
डा.स्वर्णिम वाग्लेलाई कमुनिकेसशन अवार्ड २०१८बाट सम्मानित भएका छन् । प्रकारको पुरस्कार पहिलो पटक गैर टोस्टमास्टर सदस्यलाई प्रदान गरिएको हो । कार्यक्रममा प्यानलिस्ट चाँदनी जोशी, रितु सिंह वैद्य र सुमना श्रेष्ठको साथ महिलाहरूको पुस्तैनि नेतृत्वकाविषयमा प्यानल बहस भएको थियोे । छलफल कार्यस्थलमा महिलाहरूद्वारा.....
लमही : दाङको राजपुर गाउँपालिका–४ जहरेघाटमा छ अाेटा मोटरसाइकलमा आगजनी गरिएको छ । गोरु तस्करी र स्थानीयबीच विवाद हुँदा स्थानीयले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । स्थानीयवासीका अनुसार गोरु तस्करी भइरहेका बेला गाउँलेले रोक्न खोजेपछि भएको विवादपश्चात् स्थानीयले.....
काभ्रेपलाञ्चोक : धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्री वाइफाइ सेवा शुरु गरेको छ । आइतबार सरस्वती बजार परिसर (पार्क)बाट फ्री वाइफाइ सेवा शुरु गरिएको हो । नगरप्रमुख अशोक ब्याञ्जूले नगरको अन्य १२ पर्यटकीय क्षेत्रमा फ्री वाइफाइ सेवा विस्तार गरिने जानकारी दिँदै भने, “धुलिखेल पर्यटकीयस्थल हो, पर्यटक.....