ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित मंगलबार एकजनालाई पक्राउ गरेको छ । नियमित चेकजाँचको क्रममा बा ७३ प ८९५४ नम्बरको २२० सिसीको कालो–निलो पल्सर मोटरसाइकलसहित मेलम्ची–३, हैबुङका २५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको सिन्धुपाल्चोक जिल्लाका ट्राफिक प्रहरी प्रमुख उपेन्द्र बुढाथोकीले जानकारी.....
सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा मंगलबार राति भएको आगलागीमा चार लाख रूपैयाँबराबरको क्षति भएको छ । स्थानीय घोपा पाल र सेवन पालको घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । घुरबाट अचानक आगलागी हुँदा पालद्वयका चार अाेटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा.....
महानगरीय अपराध महाशाखाले क्यासिनोमा जुवा खेल्ने र खेलाउने दुई जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेको अवस्थामा टुसाल बस्ने ६६ वर्षीय सोते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । गैरकानूनी.....
लमही नगरपालिका–३ वनगाउँमा कुचो उद्योग स्थापना गरिएको छ । स्थानीयवासी दुई जनाले आफ्नै लगानीमा ‘सन्जु आरती कुचो उद्योग’ स्थापना गरेका हुन् । वनगाउँका रामचरण चौधरी र भोजराज भुसालले ५० लाख रूपैयाँको लगानीमा सो उद्योग स्थापना गरेका हुन् । बजारमा भारतीय कुचोले ठाउँ लिएका कारण उद्योग सञ्चालन गरेको सञ्चालक.....
एनआईसी एसिया बैङ्क लिमिटेडले सहरी तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणका लागि शाखारहित बैङ्किङ सेवा प्रदान गर्ने क्रममा सिरहा जिल्ला कल्याणपुर नगरपालिकाको भोक्राहामा आठांै शाखारहित बैङ्किङ सेवा जेठ ६ गतेबाट सञ्चालनमा ल्याएको छ । सो शाखारहित बैङ्किङ सेवाको प्रदेश २ का सभासद सुरेश.....
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशी प्यासाफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को गभर्नमेन्ट डेस्टिनेसन बोर्डको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । उनले भने-पर्यटनको स्थायित्व लाभको साझेदारी र पर्यटनका गन्तव्यहरुको साझा हेरविचारबाट सम्भव हुने पनि बताए । दक्षिण कोरियाको वाङहोङमा भएको पाटाको.....
रङ्गेली नगरपालिकाले तरकारी खेतीअन्तर्गत चार टन ओलको तरकारी बीउ किसानलाई वितरण गरेको छ । कृषिको व्यावसायीकरण गर्न र किसानलाई आत्मनिर्भर बनाउनका बीउ वितरण गरिएको हो । ओलको तरकारी लगाइने र त्यसको महत्व बुझ्नका लागि उक्त नगरपालिका अन्तर्गतका प्रत्येक वडाका किसानलाई तालिम दिएपछि बीउ वितरण गरिएको हो.....
रघुगंंगा गाउँपालिका–२ भगवतीमा आज बिहान आगलागी हुँदा २५ लाखबराबरको धनमालको क्षति भएको छ । भगवतीको खड्कमारेस्थित जगिन्द्र भण्डारीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अन्नपात, काठ, नगद, गहना, लत्ताकपडा, भाँडाकुँडालगायतका सामान जलेर नष्ट भएको भगवती प्रहरी चौकीले जनाएको छ । चार लाख नगद, १३ तोला सुनलगायतका.....
कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यका बारेमा अनुगमन थालेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा महाशाखाका डा हेमन्त ओझाको नेतृत्वमा आएको पाँच जनाको प्राविधिक टोलीले त्यहाँका बासिन्दाको.....